गृहमन्त्री रमेश लेखकले लागू औषध नियन्त्रणका लागि छुट्टै लागू औषध नियन्त्रण विभाग गठन गर्ने घोषणा गरेका छन्।
बिहीबार काठमाडाैमा आयोजित लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताए।
“हामी लागूऔषध नियन्त्रण गर्नका लागि आगामी आर्थिक वर्षमा गृह मन्त्रालय अन्तर्गत लागूऔषध नियन्त्रण विभाग स्थापना गरिनेछ” गृहमन्त्री लेखकले भने,“ गृह मन्त्रालयले लागू औषध नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम, रोकथाम र सजायलगायतका कार्यक्रमहरू अघि बढाएको छ ।”
लागू औषध सेवन दुर्व्यसनकै कारण सडक दुर्घटना, आत्महत्या, साइबरक्राइम लगायतका घटनाहरू हुने गरेको बताए। “मुख्य विषय भनेको यसको रोकथाम हो । जनचेतना महत्वपूर्र्ण विषय हो । लागू औषधको दुरुपयोगले समाजलाई समाजलाई भयावह ढंगले प्रभावित गरेको छ” लेखकले भने,“ लागूऔषध नियन्त्रणका लागि समाज, घर, टोल र विद्यालयसम्म पुगेर सचेतनामूलक कार्यक्रम आवश्यक छ।”
लागूऔषध नियन्त्रणको अभियानमा सहयोग गर्न आग्रह गर्दै मन्त्री लेखकले सरकारको प्रयासले मात्रै नियन्त्रण कठिन रहेको बताए। “एक लाख ३४ हजार जना लागूऔषध सेवनकर्ता रहेको तथ्याङ्क छ । समाज नराम्रोसित प्रभावित हुदैछ” उनले भने,“मुलुकभरका कारागारका कैदीबन्दीहरु मध्ये दोस्रो ठुलो संख्यामा लागूऔषध दुर्व्यसन, ओसारपसार, भण्डार गर्नेहरूको संख्या छ । यसबाट पनि यसको अवस्था प्रष्ट हुन्छ।”