संसद् बैठक दिउँसो ३:१५ बजेका लागि सरेको छ। बैठक बुधबार (आज) नै दिउँसो १ बजे आह्वान गरिएको थियो। तर, पूर्वनिर्धारित समयमा बस्न नसकी बैठक ३:१५ बजेका लागि सारिएको हो।
भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षका बीचमा कुरा मिलिरहेको छैन। प्रतिपक्षले उक्त प्रकरणमा छानबिन समितिको माग गरेको छ भने सत्तापक्ष त्यसमा सहमत देखिँदैन। यही चेपुवामा परेको संसद् जेठ १४ गतेयता अवरुद्ध छ।
सुरक्षा निकायमा जनशक्ति अभाव भैरहेको बेला संसदीय समितिका सबै सभापतिहरुलाई नेपाल प्रहरीले निजी सुरक्षाका लागि पर्सनल सेक्युरिटी अफिसर्स (पीएसओ) प्रहरी खटाउने गरेको छ । संसद्ले बनाएको विशिष्ट व्यक्तिको सुरक्षा निर्देशिका अनुसार सबै सभापतिलाई पिएसओ खटाउने गरेको हो । लामो समयदेखि प्रहरीमा जनशक्ति कम रहेको भन्दै सरकारसँग दरबन्दी माग गरिरहेको बेला प्रहरीबाटै पिएसओ खटाउने गरिएको हो ।
तर अहिले सुरक्षा पनि समितिका सभापतिहरुले सुरक्षाका लागि गृहमन्त्रालयमा आवेदन दिइरहेका छन् । बिहीबार मात्रै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षा गार्ड उपलब्ध गराइदिन माग गरेको टिप्पणी गृहमन्त्रालयमा पुगेको छ । ‘शिक्षा स्वास्थ्य समितिका सभापतिले सुरक्षाका लागि पिएसओ माग गर्नु भएको पत्र आएको छ’, गृहमन्त्रालयका उच्च अधिकारीले भने ।
संसदीय समितिमा रहेका सभापतिहरुलाई सुरक्षा दिनका लागि संसदले छुट्टै निर्देशिका बनाएको छ । सोही निर्दैशिकाको आधारमा मन्त्रालयसँग पिएसओ माग गरेको हो । उता प्रहरी प्रधानकार्यालयले पनि संसदीय समितिका सभापति, सांसद तथा अन्य केही व्यक्तिहरुले पिएसओ माग गरेपछि निर्दैशिका बनाएर पिएसओ पठाउने गरेको छ । ‘संसदीय समितिका सबै सभापतिहरुलाई पिएसओ दिने प्राब्धान छ’, प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले भने । उनका अनुसार विशष्टि व्यक्ति सुरक्षा निर्दैशिकाको आधारमा पिएसओ खटाउने गरिएको छ ।
केही दिन अघि मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन जना सांसदहरूका पिएसओ ९पर्सनल सेक्युरिटी अफिसर० एकैपटक फिर्ता गरिएको थियो । प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पिएसओ फिर्ता भएका थिए । उनीहरुले आफ्नो पिएसओ फिर्ता गरेकोमा संसदमा समेत आवाज उठाएका थिए । २०७७ साल पुसमा मन्त्रिपरिषद्बाट स्वीकृत भएको विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिअनुसार पूर्वप्रधानमन्त्री तथा पूर्वगृहमन्त्रीबाहेक अन्य नेताको सुरक्षा कटौती गरिएको थियो । अहिले खटिएका पिएसओ पनि गृहले त्यतिबेला बनाएको कार्यविधि विपरित रहेको छ । तर संसद र प्रहरीले तयार पारेको निर्शिकाको दुरुपयोग गरेर पिएसओ खटाउने क्रम जारी रहेको छ ।
२०७७ सालको पुसपछि बनेको कार्यविधिलाई लागु गर्दै केही पूर्वमन्त्री तथा नेताहरुको घरबाट सुरक्षाकर्मी फिर्ता गरिएलगत्तै आफूहरूलाई सुरक्षा जोखिम रहेको भन्दै नेताहरूले पुनः गृहमा निवेदन दिएर फिर्ता लगेका थिए । सोही निवेदनअनुसार गृह मन्त्रालयले केहीलाई फेरि पिएसओ पठाइदिएको थियो । गृहमन्त्रालय उच्च स्रोतका अनुसार कहिले संसदको पत्र र कहिले जिल्ला सुरक्षा समितिको पत्र, कहिले गृहमन्त्रीकै आदेशमा विशिष्ट व्यक्तिको नाममा सांसद, व्यापारी र केही नेताहरुलाई पिएसओ दिइएको मन्त्रालयका एक अधिकारीले बताए । ‘दबाब थेग्न नसक्नेगरी पत्र आउने, फोन आउने गर्छन, गृहले बनाएको कार्यविधि भन्दा संसद र प्रहरीले बनाएको निर्दैशिका देखाएर पिएसओ लैजानेहरु धेरै छन्’, गृहमन्त्रालयका एक उच्च अधिकारीले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...