शेखर-गगनबीच तोडियो संवादहीनता, १५औं महाधिवेशनमा सँगै उभिएलान् ?
१६ जेष्ठ २०८२
•
३ मिनेट पाठ
शेखर-गगनबीच तोडियो संवादहीनता, १५औं महाधिवेशनमा सँगै उभिएलान् ?
पार्टीको १४औं महाधिवेशनमा नेपाली कांग्रेसका नेताद्वय डा. शेखर कोइराला र गगन थापा सँगै उभिए। शेखर सभापति र गगन महामन्त्रीको प्रत्याशी बने तर, शेखर भने दोस्रो चरणमा गएर शेरबहादुर देउवासँग पराजित हुन पुगे। यद्यपि, गगन भने महामन्त्री निर्वाचित बने।शेखर-गगन एउटै गुटमा आएको पनि त्यही महाधिवेशन थियो।




महाधिवेशनको २ वर्षसम्म उनीहरूबीचको सम्बन्ध ठीकठाक नै थियो। पार्टीको संस्थापन पक्षले ‘पेल्दा’उनीहरूले सँगै मुकाबिला गर्थे तर, पछिल्लो एक वर्षयता भने उनीहरूको लय त्यति मिलिरहेको छैन।

१५औं महाधिवेशनमा सभापतिका आकाङ्क्षी शेखर-गगनले पछिल्लो समय एक्लाएक्लै विभिन्न कार्यक्रमहरू गरे, एक्लाएक्लै विभिन्न जिल्लासमेत पुगे। तर, उनीहरूबीच संवाद भएको थिएन। उनीहरूबीच पछिल्लो पटक २०८१ असार ३० गते छलफल भएको थियो। त्यसयता उनीहरूबीचको बोल्ती बन्द भएको थियो।

तर, ११ महिनाको संवादहीनतालाई तोड्दै उनीहरूबीच शुक्रबार (आज) छलफल भएको छ। उनीहरूबीच आज दिउँसो बालुवटारमा भेटवार्ता भयो। त्यहाँ उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य सञ्जय कुमार गौतमसहितका नेताहरू पनि सहभागी थिए।

अन्तिममा शेखर-गगनबीच वान् अन वान् वार्तासमेत भयो। भेटवार्तामा मुख्यत: सरकार, पार्टी र पार्टीको १५औं महाधिवेशनका सन्दर्भमा छलफल भएको भेटमा सहभागी केन्द्रीय सदस्य सञ्जय कुमार गौतमले नागरिकलाई बताए। ‘उहाँहरूबीच वान् अन वान् पनि भेट भयो। हामी सबै पनि बस्यौँ। भेट भइसकेपछि विभिन्न सन्दर्भमा कुराहरू हुने भइहाल्यो। सरकार, पार्टीसँगै महाधिवेशनलगायतका विषयमा कुराकानी भए,’गौतमले भने।

११ महिनापछि संवादहीनता तोडेका शेखर-गगनबीचको वार्ता अब निरन्तर हुने उनीहरू निकटका नेताहरूले दाबी गरेका छन्।

१५औं महाधिवेशनमा सँगै उभिएलान् ?

पार्टीको विधानत: अबको ६ महिनाभित्र कांग्रेसको १५औं महाधिवेशन भइसक्नुपर्छ। तर, यही मितिभित्र महाधिवेशन हुने सम्भावना न्यून छ। पहिलो चार वर्षभित्र नसकिए विविध कारण देखाएर बढीमा ६ महिना महाधिवेशन मिति सार्न सकिने व्यवस्था विधानमा छ। उक्त मितिभित्र पनि कांग्रेसको महाधिवेशन हुनेमा शङ्का व्यक्त गर्ने गरिएको छ।

खासगरी सभापति शेरबहादुर देउवा, नेता शशांक कोइरालालगायतका नेताहरूले ०८४ को संसदीय निर्वाचनपछि गर्ने भनेर प्रस्ताव अघि सारेका छन्। तर, संस्थापन इतर पक्षका शेखर-गगनलगायतका नेताहरूले भने समयसीमाभित्रै हुनुपर्ने अडान राखेका छन्।

अधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र सभापतिको आकाङ्क्षी पनि बढ्दै गएका छन्। ११ महिनायता छुटेर एक्लाएक्लै सभापतिको तयारीमा जुटेका शेखर-गगनको अलवा पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइरालालगायतले पनि सभापतिको आकाङ्क्षा व्यक्त गरेका छन्।

१४औं महाधिवेशनमा सँगै उभिएका नेताहरू १५औं महाधिवेशनमा पनि सँगै उभिनुपर्ने भन्दै यी नेताहरूले अहिले ‘लन्च मिटिङ’गरिरहेका छन्। भनिन्छ- उनीहरूलाई सभापति देउवाले एक जनाको नाम दिनु भनेका छन् र त्यसैअनुसार उनीहरूले छलफल गरिरहेका छन्।

त्यही सेरोफेरोमा यता शेखर र गगनले पनि एक्लाएक्लै तयारीमा जुटेका थिए। तर, अरु नेताहरूले सभापति देउवालाई उत्तराधिकारी घोषणा गर्न दबाब बढाइरहेको बेलामा उनीहरू पनि जुटेका हुन्।

अब उनीहरूका बीचमा भेटघाट भइरहने उनीहरू निकटका नेताहरूले बताएका छन्। त्यसले पार्टीको १५औं महाधिवेशनमा पनि सँगै उभिने वातावरण बन्ने नेता सञ्जय कुमार गौतमले बताए। ‘यसबीचमा उहाँहरूबीच भेटवार्ता हुन सकेन। त्यसका पनि आफ्नै कारणहरू होलान् तर, अबका दिनमा उहाँहरूबीच त्यस्तो हुँदैन। त्यसका लागि हामी प्रयास गर्नेछौँ,’ उनले भने।

त्यसो त शेखर-गगन कुनै पनि हालतमा सभापतिको ‘रेस’बाट पछाडि हट्नेमा देखिँदैनन्। एउटै गुटमा भएका उनीहरूबीचमा मुख्यत: यसले गर्दा समस्या निम्तिएको हो। यस बीचको ११ महिनाको संवादहीनताको कारण पनि उही थियो। 

यो पनि पढ्नुहोस्

११ महिनापछि शेखर-गगनबीच भेटवार्ता
अर्को समाचार
भूमि विधेयक पास गर्ने एमालेको प्रस्तावले शंका उब्जायो, मन्त्रीमाथि छानबिन गरौँ: कोइराला
०७ साउन २०८२
•
१ मिनेट पाठ
भूमि विधेयक पास गर्ने एमालेको प्रस्तावले शंका उब्जायो, मन्त्रीमाथि छानबिन गरौँ: कोइराला
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भूमि विधेयक फास्ट्रयाकबाट पास गर्ने एमालेको प्रस्तावले शंका उब्जाएको बताएका छन्।




बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले एमालेको प्रस्तावले शंका उब्जाएको र मन्त्रीमाथि छानबिन गर्न पनि भनेका हुन्।

उनले लेखेका छन्,'पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुई मध्ये एक मन्त्री ९भूमिसुधार० अझै राजीनामा नदिई पदमै भईरहैको स्थितिमा भूमि विधेयक फास्ट्रयाकबाट पास गरौँ भन्ने एमालेको प्रस्तावले प्रशस्त शंका उब्जाएको छ । यो अवस्थालाई दुई छुट्टाछुट्टै नै मान्न सकिन्न । नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो हैन। पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र बिचौलिया माथि निष्पक्ष छानबिन गरौँ, भूमि विधेयकमा समितिमा गहन छलफल गरौँ ।'
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस