नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस–एमालेले सात बुँदे सहमति गर्दा गरेको संविधान संशोधनको वाचा भुलेको स्वीकार गरेका छन्। मङ्गलवार बाँके क्षेत्र नम्बर–२ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अब भने संविधान संशोधन प्रक्रिया सुरु गर्नुपर्ने बताएका हुन्।
‘सात बुँदामा कांग्रेस र एमालेले हामी संविधान संशोधन गर्छौँ भनेर बाचा गरेका थियौँ। तर आज हामी हाम्रो वाचा पूरा गरिरहेका छैनौँ,’ महामन्त्री थापाले भने, ‘सरकार चलाउँदै गर्दा हामी यति मस्त भएका छौँ कि संविधान संशोधनको मुख्य वाचा हामीले बिर्स्यौँ हामीले ।’
त्यसैले अब यो अलमलबाट बाहिर निस्किएर संविधान संशोधनका लागि अघि बढ्नुपर्ने बताए। उनले भने, ‘अब कांग्रेस र एमालेले सात बुँदामा गरेको वाचाअनुरूप संविधान संशोधनका लागि तत्काल गर्नुपर्ने काम गर्नुपर्नेछ।’
संविधान संशोधनमार्फत नागरिकमा भरोसा दिलाउनुपर्ने दायित्व कांग्रेस–एमालेकै काँधमा रहेको पनि महामन्त्री थापाले बताए। ‘नागरिकलाई भरोसा दिलाउनुपर्ने छ–यही व्यवस्था नै हो, संघीय लोकतान्त्रिक गणतन्त्र नै हो। यही व्यवस्था टिक्छ, यही व्यवस्था टिकाउँछौँ, यही व्यवस्थामा केही कमजोरीहरू छन्, यो कमजोरी हामी सुधार्छौँ,’ उनले भने।