प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामको माग राखेर मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन्। सरकारले आगामी आर्थिक वर्षको बजेट पेस गर्नुभन्दा दुई अघिको बैठक अवरुद्ध पारेका हुन्। संवैधानिक व्यवस्थाअनुसार हरेक जेठ १५ मा सरकारले वार्षिक बजेट पेस गर्नुपर्छ।
भिजिट भिसा प्रकरणमा संलग्न रहेको आरोपमा गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने माग सत्तापक्षले राखे पनि राजीनामाभन्दा पहिला बोल्न दिन नहुने भन्दै प्रतिपक्षले अडान लिएपछि सभामुखले बोलाएको बैठक निष्कर्षविहीन बनेको छ।
सभामुख देवराज घिमिरे सत्तारूढ र विपक्षी दलका प्रमुख सचेतकसँग दिनभरिजसो छलफलमै थिए। तर कुरा नमिलेपछि बुधबारसम्मका लागि बैठक स्थगित भएको छ। गृहमन्त्रीको राजीनामा नआए बुधबार पनि संसद् बैठक चल्न नदिने प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताहरूले बताएका छन्।
संविधानको धारा ११९ को उपधारा ३ बमोजिम हरेक वर्षको जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गनुपर्ने मात्र नभएर त्यसको दुई दिनअघि अघिल्लो आर्थिक वर्षको आर्थिक सर्वेक्षणसमेत पेस गर्नुपर्छ।
मंगलबारको बैठकको कार्यसूचीमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची राखिएको थियो। बैठक नबसेपछि बुधबारको कार्यसूचीमा उक्त विषयलाई राखिएको छ।
सभामुखले बुधबारको बैठक पनि प्रतिपक्षबाट अवरुद्ध भए होहल्लाकै बिचमा पनि अर्थमन्त्रीलाई आर्थिक सर्वेक्षण पेस गर्न दिने तयारी गरेको संसद् सचिवालय स्रोतले जनाएको छ।
आर्थिक सर्वेक्षण पेस गरेलगत्तै बैठक १५ गतेसम्मका लागि स्थगित गर्ने सभामुखको तयारी छ। प्रत्येक वर्ष १५ गतेजस्तै यो वर्ष पनि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले बजेट प्रस्तुत गर्न संसद् बैठक बोलाइनेछ। सो समयसम्म गृहमन्त्री लेखकले राजीनामा नदिए पनि विपक्षीले बजेट प्रस्तुत गर्ने दिन सदन अवरोध नगर्ने तयारी गरेको छ।
प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका एक नेताले बजेट ल्याउने कुरा संविधानमा उल्लेख भएकाले उक्त दिन जसरी पनि बजेट प्रस्तुत गर्नुपर्ने बाध्यकारी व्यवस्थालाई मध्येनजर गर्दै बजेट प्रस्तुत गर्न दिने पक्षमा प्रतिपक्ष उभिने संकेत गरे। उनको भनाइअनुसार बजेट प्रस्तुत भइसकेपछि बसेका कुनै पनि संसद् बैठक गृहमन्त्रीको राजीनामा नआएसम्म चल्नेछैनन्।
पश्चिम दिशामा पठाउने गरी भिजिट भिसा प्रकरणमा मुछिएपछि गृहमन्त्री लेखकले सदनमा आफ्नो भनाइ राख्न समय माग गरेका थिए। तर प्रतिपक्षको अवरोधका कारण उनले आफ्ना भनाइ राख्न नपाउँदै मंगलबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको थियो। त्यसपछि सभामुखले सदनको अवरोध खुलाउन सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकसँगको छलफलमा सत्तापक्षले गृहमन्त्रीलाई बोल्न समय दिनुपर्ने अडान लिएको थियो भने प्रतिपक्षले सदनमा भाषण नभई सम्बन्धित निकायमा बयान दिनुपर्ने भन्दै गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने कुरा ठाडै अस्वीकार गरेका थिए।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीकै संलग्नता भएको प्रतिपक्षले आरोप लगाएकाले यसबारे छानबिन गर्न राजीनामा दिए मात्र निष्पक्ष छानबिन हुने प्रतिपक्षको भनाइ थियो। यसअघि अर्थमन्त्री जनार्दन शर्माले पनि राजीनामा दिएर कर चुहावट छानबिनमा सहयोग गरेको र पछि निर्दोष देखिएपछि पुनर्बहाली भएको उदाहरण पनि प्रतिपक्षी दलले प्रस्तुत गरेका थिए।
अन्तर्राष्ट्रिय प्रचलनअनुसार लोकतान्त्रिक मुलुकहरू अमेरिका, बेलायत, भारतमा गम्भीर आरोप लागेका मन्त्रीहरूले नैतिकताका आधारमा छानबिन हुने बेलासम्म राजीनामा दिने चलन रहेको समेत प्रतिपक्षले बताएका थिए। संविधानको धारा ७७ को उपधारा २ मा मन्त्रीले प्रधानमन्त्रीसमक्ष लिखित राजीनामा दिए, प्रधानमन्त्रीले निजलाई पदमुक्त गरे, निज प्रतिनिधिसभाको सदस्य नरहे र निजको मृत्यु भए, प्रधानमन्त्रीको पद रिक्त भए मात्रै मन्त्रीको पद रिक्त हुने व्यवस्था छ।
प्रधानमन्त्रीले मन्त्री लेखकलाई बर्खास्त गर्ने अवस्था छैन। त्यसरी बर्खास्त गरे गठबन्धन नै टुट्ने र सरकार ढल्ने भएकाले उनी आफैं राजीनामा दिनुको विकल्प नहुने एक नेताले बताए। उनका अनुसार अर्कातर्फ संविधानको धारा ७६ को उपधारा १० मा प्रधानमन्त्री र मन्त्री सामूहिक रूपमा संघीय सांसदप्रति उत्तरदायी हुनेछन् र मन्त्री आफ्नो मन्त्रालयको कामका लागि व्यक्तिगत रूपमा प्रधानमन्त्री र संघीय संसद्प्रति उत्तरदायी हुनेछन् भन्ने उल्लेख छ।
यसबाट मन्त्री लेखकले राजीनामा नदिएसम्म प्रमुख प्रतिपक्षले सदन चल्न नदिने हो भने गृहमन्त्रीलाई पदमा बसिरहन नैतिक संकट पर्ने देखिन्छ। छानबिन हुने बेलासम्म राजीनामा दिने चलन विश्वभर भएकाले पनि संसदीय संस्कृतिको विकास गर्न राजीनामा दिनु नै उपयुक्त हुने प्रतिपक्षको भनाइ छ।
बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक निर्धारित समयभन्दा आधा घण्टा पछि सुरु भएको थियो। बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आआफ्नो स्थानमा उठेपछि सभामुखले माओवादी केन्द्रका वर्षमान पुनलाई बोल्न समय दिएका थिए।
उनले आफ्नो भनाइ राख्ने क्रममा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका थिए। भिजिट भिसा प्रकरणमा गृहमन्त्री जोडिएकाले उनले नैतिक रूपमा राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरे। भिजिट भिसाका नाममा रोजगारीका लागि विदेश जान खोज्ने कार्य लुट भएको बताउँदै यसको छानबिन गर्नुपर्नेमा उनले जोड दिए। ‘अनियमितता गरेको भनेर थाहा हुँदाहुँदै सहसचिवलाई मालदार अड्डा मानिने अध्यागमनमा सक्षम भनेर पठाइयो वा केही स्वार्थ थियो?’ उनले भने।
रास्वपाका शिशिर खनालले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालय प्रत्यक्ष संलग्न रहेको र चार महिनायता चार अर्बभन्दा बढी लुट भएको भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने र संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्नुपर्ने बताए।
उनले उच्चस्तरीय छानबिन आयोग गठन गरेर यसबारे अनुसन्धान नभएसम्म सदन चल्न नदिने बताए। प्रतिपक्षले यसरी आरोप लगाइरहेका बेला गृहमन्त्री लेखक पनि सदनमै थिए। मंगलबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा पनि उपस्थित थिए।
सभामुख देवराज घिमिरेले प्रतिपक्षले आफ्नो भनाइ राखेर उठिरहेकै बेलामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई बोल्न समय दिएका थिए तर होहल्ला भई प्रतिपक्ष रास्वपाका सांसद रोस्ट्रमतर्फ अघि बढेकाले बोल्न रोकिएको थियो।
केही समय प्रतिपक्षबाट नाराबाजीसमेत भएको थियो। त्यसपछि सभामुखले गृहमन्त्री लेखकलाई बोल्न समय दिने तयारी भए पनि परिस्थिति नबनेपछि ३० मिनेटका लागि बैठक स्थगित गरेका थिए। बैठक ११ बजेर ५६ मा स्थगित भएको थियो। त्यसपछि दुई घण्टासम्म बस्न नसकेपछि २ बज्नुअघि नै समय परिवर्तनको सूचना प्रकाशित गरी मंगलबार साढे ३ मा बस्ने गरी सूचना प्रकाशित गरिएको थियो।
संसद् नियमावलीमा दुई घण्टा बैठक नबसे समय परिवर्तनको सूचना जारी गर्नुपर्ने उल्लेख छ। समय परिवर्तन गरेर बोलाइएको बैठक पनि बस्न नसक्ने भएपछि करिब साढे ३ बजे बुधबार ११ बजे बस्ने गरी सूचना प्रकाशित गरिएको थियो। बैठक सञ्चालन गर्न सभामुख घिमिरेले कार्यकक्षमा सत्तापक्ष र विपक्षी दलका नेताहरूसँग छलफल गरे पनि पहिलो सर्त राजीनामा भएकाले त्यसमा सहमति नहुँदा बुधबार ११ बजेसम्मका लागि संसद् बैठक स्थगित गरिएको बैठकमा सहभागी एक नेताले बताए।