राप्रपा नेपालको जिल्ला अध्यक्षसहितको केन्द्रीय समितिको विस्तारित बैठक बस्दै छ।
बैठकमा पार्टी अध्यक्ष कमल थापाले आन्दोलन सम्बन्धी रणनीति र कार्ययोजनासहितको कार्यपत्र प्रस्तुत गर्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
‘बैठकमा सहभागी हुन अधिकांश केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरू काठमाडौं आई पुगिसक्नुभएको छ, आउन मंगलबार बिहान आई पुग्नुहुन्छ,’ बर्तौलाले भने।
अन्य समयको केन्द्रीय समितिको बैठकमा जस्तो यो बैठकमा सचिवालय, संगठन र आर्थिक लगायतका प्रतिवेदन पेस हुने छैनन्, आन्दोलन केन्द्रित विषयमा मात्र छलफल हुने पार्टीले जनाएको छ। जेठ १५ गतेको आन्दोलनलाई व्यवस्थित, प्रभावकारी र शान्तिपूर्ण बनाउन बैठकमा अध्यक्ष थापाले निर्देशनात्मक अभिव्यक्ति दिने छन्।