सत्ता र प्रतिपक्ष दुबै राजावादी आन्दोलन 'निस्तेज' पार्ने ध्याउन्नमा, के होला १५ गते ?
११ जेष्ठ २०८२
•
३ मिनेट पाठ
सत्ता र प्रतिपक्ष दुबै राजावादी आन्दोलन 'निस्तेज' पार्ने ध्याउन्नमा, के होला १५ गते ?
आउँदो जेठ १५ गते राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले अनिश्चितकालीन आन्दोलन सुरु गर्दैछ। राप्रपा, राप्रपा नेपाल, शिवसेना नेपाललगायतका राजसंस्थासमर्थित दल तथा सङ्गठनहरू सम्बद्ध समितिले आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण हुने दोहोर्‍याइरहेको छ।




तर, प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीदेखि प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसम्म उक्त आन्दोलनका प्रति निर्मम सुनिन्छन्। ओली-दाहालले आन्दोलनलाई 'निस्तेज' पार्न निर्देशन नै जारी गरेका छन्।

आइतबार (आज) काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले राजावादी आन्दोलनका प्रति निर्मम हुन निर्देशन नै जारी गरेका छन्।

'हामी पार्टीका सिपाही जस्ता हौँ। सिटीको भरमा हामी तयार हुनुपर्छ। हाम्रा हरेक क्षेत्रमा भोलेन्टियर तयार गर्न पर्दछ। भोलेन्टियर खाली पानी बाँड्ने मात्र होइन। देशको रक्षा गर्न पनि चाहिन्छ। लोकतन्त्रको रक्षा गर्न चाहिन्छ। संविधानको रक्षा गर्न चाहिन्छ। सरकारको र पार्टीको रक्षा गर्न चाहिन्छ। म साथीहरूलाई भन्न चाहन्छु, निर्देशन पछि आउला। यहाँबाट उठ्नेबित्तिकै १५ गतेको तयारी थाल्नुस्। १५ गते के-के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ,' ओलीले भनेका छन्।

दाहालले पनि राजावादी आन्दोलनलाई निस्तेज पार्नका लागि नेता कार्यकर्ताहरूलाई निर्देशन नै दिएका छन्। गत वैशाख २९ गते सुर्खेत पुगेका दाहालले भनेका थिए, 'पूर्वपञ्चहरू एकजुट भएर जेठ १५ देखि आन्दोलन गर्ने घोषणा गर्दै छन् । म विशेष अपिल गर्छु, उनीहरूको प्रतिक्रान्तिकारी गतिविधिलाई निस्तेज पार्न हरेक गाउँ, टोलमा पुगेर जनतालाई सचेत बनाउनुपर्छ।'

जनआन्दोलन समितिसम्बद्ध दल राप्रपा र राप्रपा नेपालले भने ओली-दाहालको अभिव्यक्तिको विरोध गरेका छन्। उनीहरूले शान्तिपूर्ण आन्दोलनमा 'डिस्टर्ब' हुन नहुने बताउँदै आएका छन्।

'जेठ १५ गतेको आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण हुनेछ। देशको प्रधानमन्त्रीले फेरि पनि हिंसा भड्काउने अभिव्यक्ति दिनुभएको छ, जुन गैरजिम्मेवार र दुर्भाग्यपूर्ण छ। आन्दोलनको अग्रमोर्चामा राजेन्द्र लिङ्देन हुनेछ, कोही विचलित हुनुपर्दैन,' ओली-दाहालको अभिव्यक्तिपछि राप्रपा अध्यक्ष लिङ्देनले नेता कार्यकर्ताहरूलाई ढाडस दिँदै भनेका छन्।

यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि उनीहरूको अभिव्यक्तिसँग विमति राखेका छन्। उनी भन्छन्, 'जेठ १५ गते काठमाडौँ नियन्त्रणमा लिन कार्यकर्तालाई आह्वान गर्ने प्रम केपी ओलीको अभिव्यक्ति पदीय गरिमा र जिम्मेवारीविपरीत छ।संविधान र लोकतान्त्रिक मूल्य मान्यताविपरीत छ। राजनीतिक दलहरू, मानवअधिकार आयोग र अन्तर्राष्ट्रिय समुदायले पक्कै पनि प्रमको यो अभिव्यक्ति नोटिसमा लिनेछन्।'

त्यसो त सरकारले यता भव्य रूपमा गणतन्त्र दिवस मनाउने योजना बनाइरहेको छ। सुरक्षा प्रशासनले शान्ति-सुरक्षा कायम राख्नका लागि आफ्नै किसिमले रणनीति बनाइरहेको छ। सुरक्षा प्रशासनले राजतन्त्रवादी र गणतन्त्रवादीका बीचमा कुनै अप्रिय घटना नघटोस् भनेर सतर्क रहेको बताएको छ। २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा घटित घटनाबाट सचेत रहेको सुरक्षा प्रशासनले यो १५ को पनि सूक्ष्म विश्लेषण र तयारी गरेको छ। 
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस