भिजिट भिसा प्रकरण : गृहमन्त्रीको राजीनामाबारे कांग्रेसभित्रै दुई धार
११ जेष्ठ २०८२
•
४ मिनेट पाठ
भिजिट भिसा प्रकरण : गृहमन्त्रीको राजीनामाबारे कांग्रेसभित्रै दुई धार
केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएदेखि नै पक्ष र विपक्षमा विभाजित देखिएको नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप बढ्दै गएको देखिएको छ। ओली नेतृत्वको सरकारका गृहमन्त्रीसमेत रहेका पार्टी केन्द्रीय सदस्य रमेश लेखकका विषयमा पनि कांग्रेसभित्र मतभेद देखिएको हो।




कांग्रेसका नेताहरूले सरकारप्रति एकपछि अर्को प्रश्न गरिरहेका बेला प्रधानमन्त्री ओलीको कार्यशैलीले गठबन्धनभित्र अविश्वास बढ्दै गएको छ। सोही बेला  गृहमन्त्री लेखकमाथि भिजिट भिसामा सेटिङ प्रकरणमा नाम जोडिएको छ। त्यसले गठबन्धनभित्र पनि थप आशंका जगाएको छ भने कांग्रेसकै नेताहरू पनि लेखकको राजीनामाको पक्षमा देखिएपछि पार्टीभित्रको आन्तरिक विवाद छताछुल्ल हुन पुगेको छ। 

सभापति शेरबहादुर देउवासहित ओली नेतृत्वको वर्तमान सरकारको निरन्तरताको पक्षमा रहेका नेताहरू गृहमन्त्रीबाट लेखकले राजीनामा गर्नु नपर्ने पक्षमा उभिएका छन्। तर वर्तमान सरकारप्रति असन्तुष्टि जनाउँदै आएको संस्थापन इतर समूह भने लेखकमाथि प्रश्न उठिसकेको जनाउँदै राजीनामा दिनुपर्ने पक्षमा देखिएका छन्।

शनिवार विराटनगर पुगेका नेता डा. शेखर कोइरालाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने तर्क गरे । ‘नैतिकताको हिसाबले म क्लिन छु । मैले राजीनामा गरेँ, छानबिन समिति बनाउनुस् भने भइहाल्यो नि,’ कोइरालाले सञ्चारकर्मीसँग भने, ‘राजनीतिमा नैतिकता भन्ने पनि हुन्छ र त्यसले मोरल स्टाटस देखिन्छ ।’ 

त्यसको भोलिपल्ट विराटनगर पुगेका कांग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने दाबी गरे । ‘विगतमा मन्त्रीहरूमाथि नै कुरो उठेकाले राजीनामा दिएका उदाहरण रहेको जनाउँदै सिटौलाले सञ्चारकर्मीसँग भने, ‘अहिले मन्त्रीमाथि कुरा उठेको होइन । अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेको छ। अख्तियारले छानबिन गरिरहेकाले मन्त्रीमाथि आरोप लगाउन केही समय पर्खनुपर्छ, मन्त्रीले राजीनामा दिनुपर्दैन ।’ 

शनिवार नै गृहमन्त्री लेखकले आफू त्यस्ता कार्यमा संलग्न नरहेको र कुनै कर्मचारीमाथि अनुसन्धान सुरु हुँदैमा मन्त्रीले राजीनामा गर्दै हिँड्ने कुराले समाधान नदिने तर्क गरेका थिए। आफूमाथि कुनै पनि अभियोग पुष्टि भए गृहमन्त्रीबाट मात्र नभएर राजनीतिबाट नै राजीनामा गरेर हिँड्ने जनाएका छन् ।

 शर्मालाई पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गर्ने कांग्रेस नेताहरूले नै पार्टीका अर्का नेता बालकृष्ण खाण पक्राउ पर्दा भने केन्द्रीय सदस्यबाट पनि निलम्बन गर्नुपर्ने प्रस्ताव बैठकमा गरेका थिए।
शेखर र सिटाैला दुई जना मात्र होइन, कांग्रेसका अन्य नेताहरू नै उक्त विषयमा पक्ष–विपक्षमा विभाजित छन्। सांसद राजेन्द्र बजगाईँसहितका नेताहरू लेखक मात्र होइन, आफूसँग कुरा नमिलेका अन्य मन्त्रीहरूलाई पनि यही मौकामा हटाउनुपर्ने पक्षमा देखिएका छन् ।

संस्थापन र इतर समूहका केही नेता भने लेखकसहितका नेताहरूको बचाउमा जुटेका छन्। पार्टीका नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको पक्ष–विपक्षमा उभिएका बेला सोमबार बिहान सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

बैठक पार्टीको क्रियाशील सदस्यता नवीकरण र वितरणका साथै नेपाल विद्यार्थी संघ, तरुण दलसहितका भ्रातृ संगठनको महाधिवेशनका विषयमा छलफल गर्न बोलाइएको जनाइएको छ । अनौपचारिक बैठकमा गृहमन्त्री लेखकका विषयमा उठेको प्रश्न र पार्टीभित्रबाट आएका दुुईथरी मतका विषयमा पनि छलफल हुने जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भिजिट भिसामा सेटिङ भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधवार छापा हानेको थियो।

अध्यागमनका सहसचिव तीर्थराज भट्टराईसहित महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएसँगै गृहमन्त्री लेखकमाथि पनि प्रश्न उठ्दै आएको छ। 

२०८० साउन २५ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कांग्रेसका सांसद सुनिल शर्माविरुद्ध राजस्व छली, गैर कानुनी सम्पत्ति आर्जनलगायत उजुरीका आधारमा पक्राउ गरेको थियो। शर्मालाई पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गर्ने कांग्रेस नेताहरूले नै पार्टीका अर्का नेता बालकृष्ण खाण पक्राउ पर्दा भने केन्द्रीय सदस्यबाट पनि निलम्बन गर्नुपर्ने प्रस्ताव बैठकमा गरेका थिए।

खाणलाई २०८० वैशाख २७ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले निवासबाटै पक्राउ गरेको थियो । शर्मा र खाण दुवै अहिले हिरासतमुक्त भइसकेका छन्। तर उनीहरूमाथि लागेको आरोप टुङ्गो भने लागेको छैन।
अर्को समाचार
नेपाली कांग्रेसले एआईसम्बन्धी कार्यक्रम गर्दै
०६ साउन २०८२
•
१ मिनेट पाठ
नेपाली कांग्रेसले एआईसम्बन्धी कार्यक्रम गर्दै
नेपाली कांग्रेसले कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) लाई नेपालको समग्र विकासमा उपयोग गर्ने विषयमा छलफल कार्यक्रम आयोजना गर्ने भएको छ। 




नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागले आयोजना गर्न लागेको कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा रहनेछ।

कार्यक्रम ‘नेपालको विकासको लागि कृत्रिम बुद्धिमत्ता : एक समग्र दृष्टिकोण’ शीर्षकमा आगामी आइतबार दिउँसो एक बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजना हुनेछ। 

बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस