राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतृ खुश्बु ओलीले अवस्था बदल्नका लागि व्यवस्था परिवर्तन अनिवार्य रहेको बताएकी छन्।
उनले युवाहरूलाई व्यवस्था परिवर्तनको अभियानमा जोडिनका लागि आह्वानसमेत गरेकी छन्। 'यो देशमा अब बहानाको गाथा होइन, अब समाधानको युग चाहिन्छ। र, समाधान यतिकै आउँदैन, समाधान साहस माग्छ, सत्य माग्छ र सङ्कल्प माग्छ। राप्रापले एउटा यस्तो कार्यक्रम ल्याउँदैछ, जसले एउटा प्रश्न सोध्नेछ- व्यवस्था परिवर्तन भए पनि के अवस्था परिवर्तन भयो त ? हामी भन्छौँ, अवस्था बदलन व्यवस्था बदल्नैपर्छ। र, युग परिवर्तन सडकबाट मात्रै होइन, चेतनाबाट सुरु हुन्छ,' शुक्रबार (आज) फेसबूकमार्फत उनले भनेकी छन्।
ओलीले हिन्दू अधिराज्य स्थापना नै राष्ट्रिय पहिचान भएको पनि बताएकी छन्। वर्तमान व्यवस्थामा भ्रष्टाचार व्याप्त भइरहेको, युवाहरू विदेश पलायन भइरहेको उल्लेख गर्दै उनले भनेकी छन्, 'व्यवस्था परिवर्तनको अवस्था के हो ? किन भ्रष्टाचार यसरी फैलिरहेको छ ? किन युवाको श्रम विदेश जान्छ ? किन जनताले शोषण भोगिरहेका छन् ? यी तमाम प्रश्नको जवाफ हामी दिन्छौँ।'
राप्रपाले जेठ १२ गते 'राप्रपासँग युवा' कार्यक्रम राखेको छ। जहाँ अध्यक्ष राजेन्द्र लिङ्देनले ४० वर्षमुनिका युवाहरूसँग संवाद गर्दैछन्।
उक्त कार्यक्रममा यी तमाम प्रश्नको जवाफ दिने उल्लेख गर्दै ओलीले भनेकी छन्, 'हिन्दू अधिराज्य पुनर्स्थापना किन राष्ट्रिय पहिचानको सवाल हो ? सङ्घीयता किन फेरि समीक्षा गर्नुपर्छ ? यस्तै थुप्रै प्रश्नहरू तपाईंको मनमा हुन सक्छ। हामीले हाम्रो एकतालाई कसरी नयाँ दिशामा लान सक्छौँ ? भ्रष्टाचारको मूलमुनि बसेका तत्त्वहरूलाई हटाउनका लागि हामीले कुन बाटो रोज्नुपर्छ ? यी प्रश्नहरूको जवाफ हामी दिनेछौँ।'