खुश्बु ओलीले पाइन् सफाइ
०५ जेष्ठ २०८२
•
१ मिनेट पाठ
खुश्बु ओलीले पाइन् सफाइ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य खुश्बु ओलीले चेक बाउन्स मुद्दामा सफाइ पाएकी छन्। ओलीले सोमबार (आज) सर्वोच्च अदालतबाट सफाइ पाएकी हुन्।




०७६ सालमा जिल्ला अदालत काठमाडौंले ओलीलाई सोही मुद्दामा दोषी ठहर गर्दै तीन महिना कैदको फैसला सुनाएको थियो। उनी उक्त फैसलाविरुद्ध उच्च हुँदै सर्वोच्च पुगेकी थिइन्।

ओलीविरुद्ध गोपाल कटुवालले मुद्दा हालेका थिए। आफूले ओलीबाट पाउनुपर्ने पैसा पाएको भनेपछि आज ६ वर्षपछि न्यायाधीश कुमार चुँडाल र अब्दुल अजिज मुसलमानको इजलासले ओलीलाई सफाइ दिएको हो।

कटुवालसँग आफ्नो आर्थिक लेनदेन दुई वर्षअघि नै मिलिसकेको दाबी गर्दै ओली सर्वोच्च अदालत गएकी थिइन्। 
अर्को समाचार
प्रधानमन्त्रीलाई खुश्बुको जवाफ : राजधानी कुनै दलको निजी सम्पत्ति होइन
१२ जेष्ठ २०८२
•
२ मिनेट पाठ
प्रधानमन्त्रीलाई खुश्बुको जवाफ : राजधानी कुनै दलको निजी सम्पत्ति होइन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ खुश्बु ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काठमाडौं एमालेको नियन्त्रणमा हुन्छ’ भन्ने अभिव्यक्तिलाई लोकतान्त्रिक मूल्यविपरीत र खेदजनक भन्दै कडा आलोचना गरेकी छन्। 




उनले सरकार प्रमुखबाट यस्तो पक्षपाती र उत्तेजनात्मक भाषा प्रयोग हुनु गैरजिम्मेवारमात्र नभई अधिनायकवादी प्रवृत्तिको संकेत भएको बताइन्। नेतृ ओलीले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘राष्ट्रको राजधानी कुनै दलको निजी सम्पत्ति होइन। नागरिकको अभिव्यक्ति स्वतन्त्रता र आन्दोलनको अधिकार लोकतन्त्रको आधारशिला हो। चैत १५ मा आन्दोलनकारीमाथि भएको दमन र प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले सरकारको अधिनायकवादी चरित्र उदांगिएको छ।’

उनले सबैलाई यस्तो अभिव्यक्तिको विरोध गर्न आह्वान गर्दै प्रश्न उठाएकी छन्, ‘यस्तो अभिव्यक्तिको विरोध गर्ने कि फेरि मौन बस्ने?’ साथै, उनले प्रधानमन्त्रीलाई लक्षित गर्दै सोधेकी छन्, ‘तपाईं देशका प्रधानमन्त्री हो कि कुनै दलको प्रवक्ता?’ 

राप्रपाले १५ जेठमा राजसंस्था पुन: स्थापनाका लागि काठमाडौंमा प्रदर्शन गर्न लागेको छ। त्यसको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले चेतावनीको भाषामा सो दिन काठमाडौं एमालेको नियन्त्रणमा हुन्छ भन्ने अभिव्यक्ति दिएका हुन्। 

नेतृ ओलीले असहमति लोकतन्त्रको सौन्दर्य भएको र आन्दोलन नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै यस्ता गतिविधिले लोकतान्त्रिक मूल्यहरूमाथि प्रहार भएको भनेकी छन्।

यस्तो छ ओलीको स्टाटस:
राष्ट्रको राजधानी कुनै दलको निजी सम्पत्ति होइन।
१५ गते राष्ट्रवादीहरूद्वारा घोषित आन्दोलनलाई प्रधानमन्त्रीज्यूले “काठमाडौँ एमालेको नियन्त्रणमा हुन्छ” भनेर दिएको अभिव्यक्ति अत्यन्त दुर्भाग्यपूर्ण र लोकतान्त्रिक मूल्य विपरीत छ।

सरकार प्रमुखबाट यस्तो पक्षपाती, उत्तेजनात्मक र विभेदपूर्ण भाषा प्रयोग हुनु केवल गैर-जिम्मेवार होइन, खेदजनक पनि हो। नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नु लोकतन्त्रको आधारशिला हो।

चैत १५ को घटनाले जसरी आन्दोलनकारीमाथि दमन गरियो, त्यही शैली पुनः दोहोर्‍याउने संकेतले सरकारको चरम अधिनायकवादी प्रवृत्ति उजागर गरेको छ।

हामी लोकतन्त्रमा विश्वास गर्छौं। असहमति लोकतन्त्रको सौन्दर्य हो, र आन्दोलन नागरिकको नैसर्गिक अधिकार। यस्तो व्यवहारको हामी घोर भर्त्सना गर्दछौं।
अब प्रश्न मिडिया, बौद्धिक वर्ग र नागरिक समाजतर्फ छ, यस्तो अभिव्यक्तिको विरोध गर्ने कि फेरि मौन बस्ने?

अब प्रश्न प्रधानमन्त्रीज्यू सँग छ, तपाईं देशका प्रधानमन्त्री हो कि कुनै दलको प्रवक्ता?
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस