नीति तथा कार्यक्रमले महिलाको विषयमा केही कुरा छुटाएको हो कि भन्ने लागेको छ : रञ्जिता श्रेष्ठ
२९ वैशाख २०८२
•
५ मिनेट पाठ
नीति तथा कार्यक्रमले महिलाको विषयमा केही कुरा छुटाएको हो कि भन्ने लागेको छ : रञ्जिता श्रेष्ठ
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले युवालाई स्वदेशमै रोक्नका लागि सोही अनुसारको नीति ल्याउन आवश्यक भएको बताएकी छन्। सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि अपेक्षाकृत काम हुन नसक्दा युवामा नैराश्यता उत्पन्न भएको उल्लेख गर्दै उनले अब युवा केन्द्रित नीति जरुरी भएको भनाइ राखिन्।




कैलाली निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री श्रेष्ठ राससले गरेको कुराकानीको सम्पादित अंश:

सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले महिलाको विषयमा केही कुरा छुटाएको हो कि भन्ने लागेको छ। यद्यपि छिटफुटमा केहीँकतै समावेश भने गरेको छ।

त्यसबाहेक युवालाई स्वदेशमै रोक्न पनि उत्तिकै जरुरी रहेकाले त्यसका लागि पनि प्रभावकारी नीति आवश्यक भएको उनको बुझाइ छ। यसका लागि सरकारले स्पष्ट दृष्टिकोण राख्न जरुरी भएको उनले उल्लेख गरिन्। हामीले सङ्घीय सरकार भन्छौँ। तर त्यसअनुसार काम गर्न सकेका छैनौँ। हामीले गाउँगाउँमा रोजगारी दिन सकेका छैनौँ। गाउँका मानिस जति सहर केन्द्रित भएका छन् वा विदेश गएका छन्। अहिलेको आश्यकता विद्यालयस्तरबाटै सीपमूलक शिक्षा दिनु हो। सरकारले एक गाउँ, एक उद्योग सञ्चालन गर्नुपर्छ। त्यस गरियो भने युवा पलायन पनि हुँदैन र सहर केन्द्रित बसाइँसराइ पनि हुँदैन।

वास्तवमा जनताले राजसंस्था चाहेको होइन। अहिलेका राजनीतिक पार्टी र सरकारप्रतिको असन्तुष्टि राजसंस्थाको पक्षमा रहेकोजस्तो देखिएको मात्रै हो। सरकारले जनतालाई रोजगारी, सुशासन, स्वास्थ्य सेवा, राम्रो शिक्षा दियो भने सडकमा कोही पनि आउनुपर्दैन। तर राजनीतिक दलहरुले आफूलाई समीक्षा गर्दै देश र जनताको पक्षमा काम नगर्ने हो भने व्यवस्था परिवर्तन हुँदैन भन्न सकिँदैन। सुशासनको निम्ति सरकारले भ्रष्टाचारमा लागेको व्यक्तिलाई ढाकछोप गर्नुहुँदैन। प्रधानमन्त्री, मन्त्रीहरु र कर्मचारीले अब नतिजामुखी, जनतालाई पक्षत्य लाभ हुनेगरी काम गर्नुपर्छ। सरकारले युवालाई आकर्षण गर्ने नीति ल्याउनुपर्छ। बैंकले पनि युवालाई व्यवसाय सञ्चालन गर्न बिना धितो ऋण दिने व्यवस्था गर्नुपर्छ। त्यसको लागि सरकारले पहल गर्न आवश्यक छ।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालगायत राज्यको हरेक निकायमा हुने नियुक्तिमा पारदर्शीता हुनुपर्छ। निष्पक्ष र जनमुखि नियुक्ति हुनुपर्ने हो, तर भएको पाउन सकेका छैनौँ। संवैधानिक निकायको नियुक्तिमा पनि पारदर्शीता हुनुपर्छ। हाम्रोमा सङ्घीय, प्रदेश र स्थानीय सरकार गरी तीन तहको सरकार छ।

तर सङ्घीयता अझै पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। सङ्घले प्रदेशलाई दिनुपर्ने अधिकार दिएको छैन। प्रदेश सरकारलाई आवश्यक पर्ने शिक्षा ऐन, निजामती ऐन र प्रहरीसम्बन्धी एने ल्याउन ढिला भइरहेको छ। संविधान संशोधन गरेर प्रदेश र स्थानीय तहको अधिकारको सवालमा थप स्पष्ट गर्नुपर्छ। दलित, आदिवासी जनजाति, महिला, मधेसी र थारुलगायत समाजबाट पछाडि पारिएको समुदायको सवालमा समान अधिकारको व्यवस्था गरी व्यवहारिक रुपमै कार्यान्वयन गर्नुपर्छ। यी समुदायको कतिपय अधिकार संविधानमा उल्लेख छ। तर व्यवहारमा कार्यान्वयन छैन। महिला अधिकार र लैङ्गिक समानता पनि हुन जरुरी छ।  

महिलाको सवालमा व्यवस्थापिका–संसद्मा सहभागिताको कार्यान्वयन भएको छ। संसद्मा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्ने संवैधानिक अधिकार कार्यान्वयन भएको छ। तर महिलासँग जोडिएका अन्य अधिकार सुनिश्चित भएको छैन। सबै ठाउँमा महिलाको ५० प्रतिशत सुनिश्चित हुनुपर्छ। यो हरेक राजनीतिक पार्टीभित्र पनि हुनुपर्छ। सरकारमा हुनुपर्छ। न्यायालयमा पनि हुनुपर्छ। महिलालाई आरक्षणमा होइन, समान अधिकार स्थापित गर्नका लागि प्रत्यक्षमा निर्माचन टिकट दिनुपर्छ। स्थानीय तहमा महिलाको सहभागिता छ। तर उपाध्यक्ष, उपमेयर र सदस्यमा छन्। कार्यकारी र निर्णायक पदमा महिला पुग्न नसकेको अवस्था छ। त्यसको अनिवार्य ५० प्रतिशत लागू गर्नुपर्छ।

सङ्घीयतालाई अझै सुदृढ बनाउन पहिला कुरा प्रदेश र स्थानीय तहको अधिकारको सम्बन्धमा संविधानमा स्पष्ट हुन जरुरी छ। तीन तहको सरकारको साझा अधिकारको सवालमा पनि स्पष्ट हुनुपर्छ। प्रदेश र स्थाीय सरकारलाई कर उठाउने अधिकार दिनुपर्छ। राजस्व बाँडफाँटमा मापदण्ड बनाएर पारदर्शी बनाउनुपर्छ। सङ्घीयतालाई बलियो बनाउन मुख्य कुरा तीन तहको सरकारबीच समन्वय, सहकार्य र सहयोगको आवश्यकता छ।  

संविधान निर्माण भएको लगभग दश वर्ष हुन लागेको छ। तर यो दश वर्षको समीक्षा गर्दा प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। संविधानमा उल्लेखित जनताका सामान्य गाँस, बाँस, कपासको समस्या पनि समाधान हुन सकेको छैनजस्तो लाग्छ। संविधानमा उल्लेखित जनताका आधारभूत अधिकार पनि कार्यान्वयन हुन सकेको छैनजस्तो लाग्छ। अहिले पनि कतिपय जनतासँग जमिन छ, तर लालपुर्जा छैन। कतिपय जनताको हातमा लालपुर्जा छ, तर जमिन छैन। संविधानमा थारु समुदायका केही सवाललाई सम्बोधन गरिएको छ। तर, जति हुनुपर्ने थियो त्यति भएको छैन। संविधानमा उल्लेख थारु समुदायको अधिकारको व्यवहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन। नयाँ संविधान संशोधन विषय पनि उठिरहेको छ। त्यतिबेला थारु समुदायको थप अधिकार समावेश गर्नका लागि हाम्रो पार्टीले सक्दो पहल गर्नेछ।  

निर्वाचनको समयमा हाम्रो पार्टीले २०७२ सालको कैलाली घटनाका क्रममा जेल परेका व्यक्तिलाई जेलमुक्त गर्छौं भनेका थियौँ। जुन कुरा पूरा भएको छ। मैले कैलालीबाट निर्वाचनमा भाग लिँदै गर्दा जनतासामु गरेका केही प्रतिबद्धता सकेसम्म पूरा गरेकी छु। कतिपय अझै पूरा हुने क्रममा छन्। मैले चुनावको समयमा गर्छु भनेको बाटो निर्माण, पुल निर्माणको काम पूरा गरेकी छु।

पछिल्लो समय जनमत पार्टी र हाम्रो नागरिक उन्मुक्ति पार्टीबीच एकता गर्ने भनिएर एकता घोषणा कार्यक्रमको आयोजना गरिएको थियो। त्यो दिन एकता बिथोलियो। जनमत पार्टीका अध्यक्ष पार्टीको कामले अहिले जिल्ला बाहिर हुनुहुन्छ। उहाँ काठमाडौँ आएलगत्तै एकता प्रक्रिया आगाडि बढाउने कुरा भएको छ।
अर्को समाचार
प्रतिपक्षी बेञ्चमा बसिसकेको नागरिक उन्मुक्ति किन सरकारमै ?
२६ असार २०८२
•
३ मिनेट पाठ
प्रतिपक्षी बेञ्चमा बसिसकेको नागरिक उन्मुक्ति किन सरकारमै ?
गत असार २३ गतेको संसद्‌बाट नागरिक उन्मुक्ति पार्टी (नाउपा) प्रतिपक्षमा बसिसकेको छ। गत वर्षको असारमा संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सरकार बनाउने सहमति भएको थियो, त्यसमा नागरिक उन्मुक्ति पनि जोडिएको थियो। नागरिक उन्मुक्ति सरकारमै पनि सहभागी भएको थियो। अहिले पार्टीका तर्फबाट अरूणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन्।




तर, सरकारको एक वर्ष बित्दा-नबित्दै नागरिक उन्मुक्तिले सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ। कांग्रेसकै नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारबाट पार्टीका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका रामेश्वर चौधरीलाई बर्खास्त गरिएपछि नागरिक उन्मुक्तिले सङ्घीय सरकारबाट पनि बाहिरिने निर्णय गरेको हो। नागरिक उन्मुक्तिले गत असार २१ गते नै सरकारबाट बाहिरिने निर्णय गरिसकेको हो। तर, मन्त्री चौधरी भने सरकारमै छन्।

नागरिक उन्मुक्ति एकातिर, सरकारबाट बाहिरिने निर्णय गरिसकेको र संसद्‌मा प्रतिपक्षी बेञ्चमा बसिसकेको र अर्कोतिर, सरकारमै बसिरहेको अवस्थामा छ। यसबारे पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ भन्छिन्, ‘अरूणजी (मन्त्री अरूणकुमार चौधरी) ले पनि संरक्षकज्यूको निर्देशनको सम्मान गर्दै आवश्यक निर्णय गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ।’

तपाईं र मन्त्रीज्यूका बीचमा केही ‘मिसअन्डरस्ट्यान्डिङ’ छ ? भनेर प्रश्न गर्दा अध्यक्ष श्रेष्ठले भनिन्, ‘त्यस्तो केही छैन।हामी पार्टीभित्र निर्णयहरूलाई व्यक्तिमा होइन, संस्थामा आधारित भएर हेर्छौँ। संरक्षकज्यू, अध्यक्षको हैसियतमा मर कार्यकारिणी समितिको संयुक्त धारणा स्पष्ट थियो-सरकारबाट बाहिरिने निर्णयसँगै सबै पदाधिकारीले पद त्याग गर्नु आवश्यक छ। अरूणजीको व्यक्तिगत निर्णयले तत्काल त्यो धारणाअनुसार नभए पनिहामी पार्टीको विधि, संवाद र संयमतामार्फत समाधान खोज्ने प्रक्रियामा छौँ। अध्यक्षको निर्देशन पालना गर्नु नीतिगत आस्था होर मलाई विश्वास छ, अन्ततः पार्टीको सामूहिक निर्णय नै मान्य हुनेछ।’

त्यसो त यसबीचमा पार्टी संरक्षक रेशम चौधरीले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका सत्तासीन दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरे। भेटमा के कुराकानी भए, त्यो सार्वजनिक गरेनन्। तर, चौधरीले राजनीतिक विषयमा कुराकानी भएको प्रतिक्रिया दिए। २३ गते बालुवाटार पुगेर प्रधानमन्त्री ओली भेटेका संरक्षक चौधरीले त्यसको भोलिपल्ट अर्थात् २४ गते बूढानीलकण्ठ पुगेर देउवा भेटेका थिए।

संयोग नै भन्नुपर्ला- त्यसपछि मन्त्री चौधरीले राजीनामा दिएका छैनन्। अब कहिलेसम्म राजीनामा दिनुहुन्छ ? भन्ने प्रश्नमा अध्यक्ष श्रेष्ठले ‘सम्भवत: आज साँझसम्म राजीनामा दिनुहुन्छ होला’ भनेर जवाफ दिन्छिन्। तर, उनलाई पनि यकिन छैन। कतिपयले संरक्षक चौधरीले मन्त्री चौधरीलाई राजीनामाका लागि अडाइरहेको बताउँछन्। तर, त्यस्तो नभएको बताउँछिन् अध्यक्ष श्रेष्ठ। पार्टीबाट बाहिरिने निर्णयमा संरक्षक चौधरी पनि सहमत भएको उनको भनाइ छ। 

उसो त अध्यक्ष श्रेष्ठ र संरक्षक चौधरीका बीचमा श्रीमाती-श्रीमान् भइकन पनि त्यति मिल्ती छैन। पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयबाट दुई वर्षअघि सुरु भएको उनीहरूबीचको ‘शीतयुद्ध’ अहिले पनि सकिएको छैन। दुईवर्ष अगाडि सुदूरपश्चिम प्रदेशमा कसले मुख्यमन्त्री बनाउने भन्ने विषयमा चर्किएको उनीहरूबीचको मुडभेद गत वैशाखमा जनमत पार्टीसँग एकता गर्ने कि नगर्न भन्ने विषयमा आएर बल्झिएको थियो। अहिले पनि कहीँ त्यही विषयले काम गरेको त होइन भन्ने आशङ्का उब्जिन थालेको बताइन्छ।

हुन पनि नागरिक उन्मुक्तिले सरकारबाट बाहिरिने निर्णय गरेको पाँच दिन बितिसकेको छ। निर्णय गर्दा प्रधानमन्त्री ओली स्पेन थिए। उनी स्पेनबाट फर्किएको तीन दिन बितिसकेको छ तर, मन्त्री चौधरीले भने राजीनामा बुझाएका छैनन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस