राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभाति डा. स्वर्णिम वाग्लेले सत्ता गठबन्धन बन्दाको सात बुँदे सहमति मजाक भइसकेको टिप्पणी गरेका छन्।
मंगलबार सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भइरहेको छलफलमा सहभागि हुँदै वाग्लेले यस्तो टिप्पणी गरेका हुन्।
‘दुई तिहाई बहुमतको सरकारको छ। विश्वमै यो दुर्लभ प्रयोग हो। नतिजा के छरु लगभग शून्य,’ वाग्लेले भने, ‘सात बुँदे भनिएको थियो–हामी भ्रष्टाचार गर्दैनौँ, सुशासन इत्यादी । त्यो एउटा मजाक भइसक्यो।’
टेलिभिजनका कमेडी कार्यक्रम नचले कुनै मन्त्रीलाई उभ्याएर त्यो सम्झौता वाचन गर्न लगाए पर्याप्त हुने पनि उनले दाबी गरे । ‘आजभोलि टेलिभिजनमा कमेडी कार्यक्रम चलेनन भने कुनै मन्त्रीलाई त्यहाँ उभ्याएर वाचन गर्न लगाइदिए हुन्छ। पर्याप्त हुन्छ,’ उनले भने।