नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा संसदीय समितिको सुझाव
१४ वैशाख २०८२
•
३ मिनेट पाठ
नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा संसदीय समितिको सुझाव
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले आगामी आर्थिक २०८२र८३ का नीति तथा कार्यक्रम मुलुकको दिशा स्पष्ट गर्ने र जनता विश्वस्त हुने किसिमले तय गर्नुपर्ने विषयमा सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।  




समितिको आइतबारको बैठकले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व राज्य सञ्चलानको मार्ग निर्देशन हुने र तिनको कार्यान्वयनका लागि आवश्यकतानुसार स्रोतसाधन राज्यले परिचालन गर्ने गराउँनेछ भन्ने उल्लेख भएकाले उक्त व्यवस्थालाई दृढतापूर्वक कार्यान्वयनका लागि सुझाव दिने निर्णय गरेको हो । समितिले नीति कार्यक्रम तर्जुमा गर्दा बजेट तथा कार्यक्रमबाट सम्बोधन हुनसक्ने यथार्थमा आधारित भएर प्रस्तुत गर्न सरकारलाई अनुरोध गरेको सभापति ठाकुरप्रसाद गैरेले बताए ।  

सुरुङमार्ग, केवलकार, विद्युतीय रेललगायत आधुनिक यातायातका साधन सञ्चालनका लागि आवश्यक उच्चस्तरीय र मध्यमस्तरीय जनशक्ति उत्पादनको ठोस् योजना तय गर्न तथा विदेशबाट फर्किएका नेपाली कामदारको अनुभवको भरपुर उपयोग गरी आफ्नै जनशक्ति र साधनस्रोतबाट पूर्वाधार विकासमा जोड दिन पनि सरकारको ध्यानाकर्षण गराइएको उनले बताए ।  

दिगो विकासका लक्ष्य हासिल गर्न आवश्यक मार्गदर्शन नीति तथा कार्यक्रममा समावेश गर्न तथा जलवायु परिवर्तनका असरलाई मध्यनजर गरी योजना निर्माण तथा कार्यक्रम सञ्चालन गर्न पनि समितिले सरकारलाई सुझाव दिएको छ । बैठकले फलाम, तामालगायत धातुजन्य उद्योगलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न विश्वविद्यालयलाई पाठ्यक्रमसहित अध्ययन-अध्यापन गर्न-गराउन र उत्खननको ठोस् खाका प्रस्तुत गर्न पनि सुझाव दिने निर्णय गरेको छ ।  

समितिले वन पैदावारको उचित उपयोग गर्न व्यवधान गर्ने कानुन तत्काल संशोधन गर्ने विषयमा नीतिमा उल्लेख गर्ने, मूलतः वन ऐन र राष्ट्रिय निकुञ्ज ऐनमा भएका व्यवधानजन्य कानुनलाई संशोधन र परिमार्जन गर्न तथा वनको वैज्ञानिक प्रयोग, काठ कटान गरी आयात प्रतिस्थापन र कटानको अनुपातमा वृक्षरोपणको व्यवस्था गर्दै तत्काल काठ र फर्निचरजन्य वस्तु आयात कम गर्ने नीति लिन पनि भनेको छ ।  

वन पैदावर क्षेत्रलाई आन्तरिक रोजगारीको मूलक्षेत्र बनाउन तथा रुख कटानसम्बन्धी वर्तमान व्यवस्था, सो व्यवस्थाले पारेको असर र प्रभावको गम्भीर समीक्षा गर्ने नीति लिन सुझाव दिइएको छ । समितिले विकास पर्यावरणीय तथा पर्यटनमैत्री हुने गरी नीति तथा कार्यक्रममा समावेश गर्न तथा। कुनै एक वा दुई कृषि बालीमा आत्मनिर्भर हुने नीति यही नीति कार्यक्रममा घोषणा गर्न भनेको छ ।

कृषि उपज आयातलाई न्यूनीकरण गर्दै उच्चदरको आयात करमार्फत स्वदेशी कृषि उपजलाई संरक्षण गर्न तथा खेतीयोग्य कुनै पनि जग्गा बाँझो नराख्ने नीति उद्घोष गर्न पनि सरकारलाई सुझाव दिइएको सभापति गैरेले बताए । जलविद्युत् आयोजना सञ्चालनमा जलाशययुक्त आयोजनालाई उच्च प्राथमिकता दिने, यस्ता आयोजनालाई ‘रन वे रिभर’ आयोजनाभन्दा बढी कर, दस्तुरलगायत सुविधा दिने र सार्वजनिक निजी सझेदारीलाई पहिलो प्राथमिकता दिने नीति लिन पनि सुझाइएको उनले उल्लेख गरे । 

बैठकले शिक्षा नीतिमा सुधार गरी शिक्षालाई वैज्ञानिक, व्यवहारिक, सीपमूलक, रोजगारमूलक एवं जनमुखी बनाउन तथा नयाँ शिक्षा ऐन तत्काल जारी गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यालय शिक्षकको समस्या तत्काल समाधान गर्ने नीति लिन र समग्र विश्वविद्यालयका समस्या समाधान गरी स्वतन्त्र कार्य वातावरणको नीति उद्घोष गर्न पनि भनेको छ ।  

समितिले राष्ट्रिय गौरवका आयोजना कति आव भित्र पूरा गर्ने हो ? तिनको ठोस् कार्यतालिका तय गर्ने नीति लिन तथा राष्ट्रिय महत्व भएका आयोजनालाई मात्र राष्ट्रिय गौरवका भनी नामाकरण गर्न पनि भनेको छ । आयोजना थप गर्नेभन्दा भइरहेका आयोजना पहिला पूरा गर्ने ठोस् प्रस्ताव यस नीति तथा कार्यक्रममा ल्याउन सुझाव दिइएको छ ।

बैठकले उद्योगको स्थापना तथा रुग्ण उद्योगको पुनःनिर्माण गरी मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्ने र त्यस्ता स्वदेशी उद्योगबाट उत्पादित सामग्री सरकारी निकायमा अनिवार्य प्रयोग गर्ने नीति लिन पनि सरकारलाई सुझाव दिएको छ । समितिले राज्यको दायित्व अन्तरगत राज्यका निर्देशक सिद्धान्त र नीतिको कार्यान्वयन गर्ने प्रतिबद्धता नीति तथा कार्यक्रममा जोड दिन आग्रह गरेको छ ।
अर्को समाचार
कांग्रेस मन्त्रीमाथि महामन्त्रीको प्रश्न
०१ मंसिर २०८१
•
४ मिनेट पाठ
कांग्रेस मन्त्रीमाथि महामन्त्रीको प्रश्न
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छा तामाङ) माथि उनकै पार्टी नेपाली कांग्रेसका सांसदले प्रश्न उठाएपछि नोकझोक भएको छ। शुक्रबारको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलका क्रममा त्यस्तो परिस्थिति सिर्जना भएको हो। छलफलमा सांसदहरूले बेनामी उजुरी दिन पाउने कि नपाउने भन्ने विषयमा धारणा राख्ने क्रम चलिरहेको थियो। अधिकार दुरूपयोगबारे कांग्रेस सांसदले नै प्रश्न उठाएपछि मन्त्री तामाङ बैठकमै जंगिएका थिए।




विधेयकमा संशोधन राखेकाले संशोधनकर्ताका रूपमा बोल्दै मन्त्री तामाङले विधेयकको दफा ९ मा ‘कुनै व्यक्ति वा संस्थाका विरुद्धमा उजुरी गर्दा उजुरीकर्ताको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्ने’ धारणा राखे। ‘मैले जनताले दुःख नपाऊन् भनेर संशोधन हालेको हुँ,’ उनले भने। विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दा आफू मन्त्री नभएको उनले बताए। ‘मैले अख्तियार आयोग नहुँदै विशेष प्रहरी हुँदैदेखि दुःख पाएँ, अहिलेसम्म पाइरहेको छु। बेनामी उजुरीले गर्दा अहिले कर्मचारी, जनता, व्यापारी सबैले दुःख पाएका छन्। उजुरीमा नागरिकताको फोटोकपी मात्र अनिवार्य गरे अख्तियारमा ७० प्रतिशत उजुरी घट्छ,’ मन्त्री तमाङले भने, ‘बेनामी उजुरी दिन मिल्ने भएर उजुरी बढेको हो। हामीले कति मुद्दा बोकेर हिँड्ने र? कहिलेसम्म भोग्ने ?’

उनले आफ्नो भनाइ राखिसकेपछि कांग्रेस महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले राज्यमन्त्री तामाङलाई प्रश्न गरे, ‘तपाईंको कन्स्ट्रक्सन कालोसूचीमा परेको रहेछ, के भन्नुहुन्छ र?’ सो विषयमा स्पष्ट पार्न भन्दै सांसद शर्माले तामाङकै कम्पनी कालोसूचीमा रहेको विषयमा कारण मागे। महामन्त्री शर्माले नै प्रश्न उठाएपछि मन्त्री तामाङलाई तनाव भयो। त्यसपछि राज्यमन्त्री तामाङले जंगिँदै आफू सांसद हुनुभन्दा केही समयअघि नै कन्स्ट्रक्सन छाडिसकेको जबाफ दिए। ‘सांसदको टिकट पाउनुभन्दा साढे दुई वर्षअघि नै हात उठाएर कम्पनीबाट बाहिर निस्केको हुँ,’ ठेकेदार पृष्ठभूमिका मन्त्री तामाङले भने, ‘अहिले कानुनले गलत ठहर गरे एक मिनेट पनि पदमा बस्दिनँ।’  

कम्पनीमा आफू रहँदाको सबै जिम्मेवारी लिने भन्दै उनले कानुनले गलत ठहर गरे एक मिनेट पनि पदमा नबस्ने र राजनीतिबाटै सन्न्यास लिने बताए। ‘गलत ठहरिए माननीयबाट मात्रै होइन, राजनीतिबाटै बाहिर निस्कन तयार छु, सबै छाडेर पुरानै काममा फर्कन्छु,’ उनले भने।  

त्यसपछि एमाले सांसद रघुजी पन्तले अहिलेसम्म के भएको हो, त्यसमा राज्यमन्त्री जिम्मेवार रहनुपर्ने बताए। ‘मेरो क्षेत्रमा पनि काम अपुरो छ, तपाईंका बारेमा प्रश्न उठेको हिजो काम बीचैमा छाडेकाले हो,’ पन्तले भने, ‘विभिन्न जिल्लामा प्रश्न उठेका छन्, यसमा जबाफ चाहिएन ? तपाईं अलग्गिए पनि काम छिटो गर्न भन्दिनुहोला।’ जबाफमा राज्यमन्त्री तामाङले आफूहरूले राज्यको नीतिनियमअनुसार करोडौं सम्पत्ति धरौटीमा राखेर काम गरिराखेको बताए। ‘राज्यले ज्वाइँ पाले जस्तो होइन, करोडौंको सम्पत्ति धरौटीमा छ,’ उनले भने, ‘तलमाथि गरे कानुनबमोजिम जरिबाना तिर्न तयार छु। गैरकानुनी काम गरेको रहेछु भने धरौटी पनि जफत गरे हुन्छ।’ सार्वजनिक खरिद अनुगमन कार्यालयले यही कात्तिकको तेस्रो साताअघि राज्यमन्त्री तामाङको कान्छाराम कन्स्ट्रक्सन, एनबी कन्स्ट्रक्सन, कञ्चनजंगा कन्स्ट्रक्सन र बिरुवा कन्स्ट्रक्सनलाई दुई वर्षका लागि कालोसूचीमा राखेको छ।  

समितिको बैठकमा मुख्य गरी बेनामी उजुरी व्यवस्थित गर्नुपर्नेमा सांसदहरूले जोड दिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारका अधिकांश उजुरी बेनामी आउने गर्छन्। ती उजुरीका आधारमा आयोगले छानबिन सोधपुछ गर्ने गरेको छ। आयोगमा आउने उजुरी चिठी, इमेल, फ्याक्स, टेलिफोनलगायत माध्यमबाट आउने गरेका छन्। कतिपय बेनामी उजुरीले विकास निर्माणलाई प्रभावित बनाएको छ भने कतिपय निर्दोष मान्छेले पनि जबाफ दिन अख्तियार धाउनुपरेको छ। यस्तो अवस्थामा बेनामे उजुरी लिने क्रम हटेको छैन। प्रतिनिधिसभाको बैठकमा पनि सांसदहरूले बेनामे उजुरी लिने क्रम हटाउनुपर्ने आवाज पनि उठाएका थिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि केही सांसदले बेनामी उजुरी लिन नहुने प्रस्ताव दर्ता गरेका छन्।

सरकारले ल्याएको मूल विधेयकको दफा १३ मा भ्रष्टाचारका सम्बन्धमा कुनै उजुरी परी वा कुनै स्रोतबाट प्राप्त भएको जानकारीका आधारमा आयोगले यस ऐनबमोजिम अनुसन्धान र तहकिकात गर्न वा अन्य कारबाही चलाउन सक्ने व्यवस्था छ। यसबाट जुनसुकै उजुरीलाई पनि मान्यता दिने विधेयकको व्यवस्था छ। तर यसले हरेक ठाउँमा उजुरी परेपछि अख्तियारले हात हाल्ने र काम हुन नदिने भएकाले यसले निर्दोषलाई पनि हैरानी गरेको भन्दै हटाउनुपर्ने माग केही सांसदले राखेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सुमना श्रेष्ठले बेनामी उजुरी नलिने हो भने अख्तियारमा उजुर नै पर्न छाड्ने बताइन्। कतिपय संवेदनशील विषयमा नामसहितको उजुरी दिन कसैले पनि नसक्ने उनको भनाइ थियो। उजुरी दिने प्रणालीलाई व्यवस्थित गर्नुपर्ने तर बेनामी उजुरी लिने व्यवस्थालाई हटाउन नहुनेमा उनले जोड दिइन्।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस