नयाँ शिक्षामन्त्री को ?
०८ वैशाख २०८२
•
२ मिनेट पाठ
नयाँ शिक्षामन्त्री को ?
शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। शिक्षक आन्दोलनको बीसौं दिन उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएकी हुन्।




भट्टराईको राजीनामासँगै नयाँ शिक्षामन्त्रीको खोजी हुन थालेको छ। यसबारे नागरिकले नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलालाई सोध्यो। जवाफमा उनले भनेका छन्, 'नयाँ शिक्षामन्त्री को हुने भन्नेबारे टुङ्गिन केही दिन लाग्ला। त्यो प्रधानमन्त्रीज्यूले लिने निर्णय हो, आवश्यक छलफल गर्छौँ।'

विद्या भट्टराई।
भट्टराई नै पनि रहन सक्ने बर्तौलाले बताए। नयैँ ल्याउनुपर्ने अवस्था आए पनि केही दिन समय लाग्ने उनले बताए। 'एमालेबाटै हुन्छ तर, कहिलेसम्म भन्नेबारे अहिल्यै केही भन्न सकिँदैन। प्रधानमन्त्रीज्यूले आफूलाई सहज लाग्ने र आफूसँग सहकार्य गर्न सक्ने ल्याउनुहोला,' उनले भने।

एमालेबाट नयाँ शिक्षामन्त्रीमा अञ्जान शाक्य, पदम गिरीलगायतको आकाङ्क्षा रहको बताइन्छ। कतिपय एमाले नेताहरूले भने महिला नै हुनुपर्ने पनि बताएका छन्। 

प्रधानमन्त्री र सभामुखसँग सन्तुष्ट थिइनन् भट्टराई

त्यसो त भट्टराई प्रधानमन्त्री ओलीसँग सन्तुष्ट थिइनन्। २०८१ चैत २० गतेयता निरन्तर आन्दोलनरत शिक्षकहरूको मागको सन्दर्भलाई लिएर भट्टराई प्रधानमन्त्री ओलीबाट आफूलाई चाहिँदो सहयोग नभएको निष्कर्षमा पुगेकी थिइन्। 

यसअघि हिमालय टेलिभिजनमा दिएको अन्तर्वार्ताका क्रममा उनले यही आशयको अभिव्यक्ति दिँदै राजीनामा दिन सक्ने बताएकी थिइन्। 

प्रधानमन्त्री केपी शर्मा ओली।
उनले शिक्षकहरूको मागको सम्बोधनका लागि प्रधानमन्त्री ओलीसँग मात्रै होइन, सभामुख देवराज घिमिरेसँग पनि वार्ता गरिन्। तर, सभामुख घिमिरेले संसद्को यो अधिवेशनमा शिक्षकहरूको माग पूरा गर्न नसकिने ठाडो जवाफ दिए।

उता प्रधानमन्त्री ओली पनि शिक्षकहरूको मागको सन्दर्भमा सकारात्मक सुनिँदैनन्। विभिन्न सार्वजनिक मञ्चहरूमार्फत शिक्षकहरूलाई 'विद्यालय फर्किहाल्नू' आशयका निर्देशन दिने गरेका ओलीले सबै माग सम्बोधन गर्न नसकिने दोहोर्‍याउँदै आएका थिए।

शिक्षकहरूको दबाब र प्रधानमन्त्री तथा सभामुखको अड्डीको चेपुवामा परेका भट्टराईले अन्तत: राजीनामा नै दिइन्।

यो पनि पढ्नुहोस्

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
अर्को समाचार
भारतमा किन मागिँदैछ गृहमन्त्री अमित शाहको राजीनामा ?
१५ साउन २०८३
•
४ मिनेट पाठ
भारतमा किन मागिँदैछ गृहमन्त्री अमित शाहको राजीनामा ?
भारतमा संसद्को मनसुन सत्र सुरु भएसँगै राजनीतिक तनाव थप बढेको छ। लोकसभामा विपक्षी दलका नेता राहुल गान्धी र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेको नेतृत्वमा विपक्षी गठबन्धनले केन्द्रीय गृहमन्त्री अमित शाहको तत्काल राजीनामा माग गर्दै सरकारविरुद्ध सडकदेखि सदनसम्म आक्रामक मोर्चाबन्दी गरेका छन्। 




हालै भएको विद्यार्थी आन्दोलन र त्यस क्रममा सुरक्षाकर्मीले गरेको प्रहरी दमनको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री शाहले पद त्याग्नुपर्ने विपक्षी दलहरूको मुख्य माग छ। भारतको मेडिकल प्रवेश परीक्षा 'नीट' लगायतका राष्ट्रिय स्तरका प्रतिस्पर्धी परीक्षाहरूमा लगातार प्रश्न पत्र चुहावट (पेपर लिक) र अनियमितता देखिएपछि देशव्यापी रूपमा विद्यार्थीहरू आन्दोलित भएका थिए।

कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाइमा नयाँ दिल्लीको जन्तर मन्तरमा लामो समयसम्म विशाल विरोध प्रदर्शन भएको थियो। विद्यार्थीहरूले देशको शिक्षा प्रणालीमा व्यापक सुधार र तत्कालीन शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आएका थिए। चौतर्फी दबाबपछि शिक्षामन्त्री प्रधानले नैतिक आधारमा आफ्नो पदबाट राजीनामा दिइसकेका छन्। 

यो आन्दोलनले गत जुलाई २० का दिन उग्र रूप लिएको थियो। जन्तर मन्तरमा जम्मा भएका हजारौँ विद्यार्थी र युवाहरूले संसद् भवनतर्फ 'संसद् मार्च' निकालेका थिए। प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्दै अगाडि बढ्न खोजेपछि सुरक्षाकर्मी र विद्यार्थीबिच भीषण झडप भयो। 

भीडलाई नियन्त्रणमा लिन दिल्ली प्रहरी र र्‍यापिड एक्सन फोर्स (आरएएफ) ले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास र पेलेट गनजस्ता घातक बल प्रयोग गरेको आरोप लागेको छ। उक्त झडपका क्रममा दर्जनौँ विद्यार्थी र सुरक्षाकर्मी घाइते भएका थिए भने सार्वजनिक सम्पत्तिमा पनि ठुलो क्षति पुगेको थियो। आन्दोलनको नेतृत्व गरिरहेको सीजेपीका संस्थापक अभिजीत दीपकेले पनि राहुल गान्धीको मागलाई समर्थन गर्दै गृहमन्त्री शाहले तत्काल पद छोड्नुपर्ने बताएका छन्। 

बुधबार संसद्‍मा बोल्दै नेता गान्धीले गृहमन्त्री शाहको कार्यशैलीमाथि कडा प्रश्न उठाएका हुन्। उनले भने, ‘यहाँ दुई वटा मात्र अवस्था हुन सक्छ। या त गृहमन्त्रीले आफैँ विद्यार्थीहरूमाथि पेलेट गन र घातक हतियार प्रयोग गर्ने आदेश दिएका थिए, जुन अवस्थामा उनी दोषी हुन्। वा नयाँ दिल्लीको केन्द्रमा यति ठुलो दमन हुँदा पनि उनलाई यसबारे कुनै जानकारी नै थिएन, जसले उनलाई पूर्ण रूपमा असक्षम प्रमाणित गर्छ। यी दुवै अवस्थामा उनले पदमा बस्ने नैतिक अधिकार गुमाएका छन्।’

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले पनि बिहीबार सरकारको कडा आलोचना गर्दै चेतावनी दिँदै भनेका छन्, ‘जनशक्तिले एक दिन अमित शाहलाई सत्ताबाट बाहिर निकाल्नेछ र यो दमनको जबाफदेही बनाउनेछ।’ विपक्षी दलहरूले संसद्‌मा यस विषयमा बहस भइरहँदा गृहमन्त्री शाह सदनमा उपस्थित नभएकोमा चर्को आपत्ति जनाउँदै उनी जबाफदेहिताबाट भाग्न खोजेको आरोप लगाएका छन्। 

विपक्षी ‘इन्डिया’ गठबन्धनले प्रहरी बर्बरताको यस घटनामा निष्पक्षता कायम गर्नका लागि तत्काल सर्वोच्च अदालतको निगरानीमा एक स्वतन्त्र न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग राखेको छ। 

अर्कोतर्फ, सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) ले विपक्षीका यी आरोपहरूलाई पूर्ण रूपमा खारेज गरिदिएको छ। भाजपाका राष्ट्रिय प्रवक्ता तथा सांसद सम्बित पात्राले विपक्षी नेता गान्धीले राजनीतिक फाइदाका लागि सदनमा सरासर झुट बोलेको दाबी गरे। भाजपाका अनुसार प्रदर्शनकारी विद्यार्थीहरूमाथि कुनै पनि किसिमको घातक गोली वा पेलेट गन चलाइएको छैन, केवल अश्रुग्यास मात्रै छोडिएको हो। 

सरकारी पक्षले विरोध प्रदर्शनका क्रममा बल प्रयोग गर्ने वा नगर्ने भन्ने निर्णय गृहमन्त्रीले नभई घटनास्थलमा उपस्थित मजिस्ट्रेट (प्रशासनिक अधिकारी) को कानुनी अधिकार क्षेत्रभित्र पर्ने कुरा स्पष्ट पारेको छ। लोकसभाका सभामुख ओम बिर्लाले पनि गान्धीलाई गृहमन्त्रीमाथि यति गम्भीर आरोप लगाउनुअघि संसद्‌मा आधिकारिक प्रमाण पेस गर्न निर्देशन दिएका छन्। 

भाजपाले परीक्षा अनियमितताको विषयमा शिक्षामन्त्रीले राजीनामा दिइसकेको र संसदबाट सार्वजनिक परीक्षा (अनुचित साधन रोकथाम) संशोधन विधेयकसमेत पारित भइसकेको बेला विपक्षीले अनावश्यक राजनीति गरेको तर्क गरेको छ। सरकारले परीक्षा प्रणालीलाई पारदर्शी बनाउन र प्रश्न पत्र चुहावट रोक्न नयाँ कडा कानुनी ढाँचा र फास्ट-ट्र्याक (द्रुत-मार्ग) अदालतहरूको घोषणा गरेको छ। 

तर सहमति अनुसार विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूमाथि प्रहरीले एफआईआर दर्ता गरेको र सामाजिक सञ्जालका खाताहरू ब्लक गरेको भन्दै विरोध भइरहेको छ। सीजेपीले सहमति कार्यान्वयन नभए फेरि अर्को आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। भारतीय सञ्चारमाध्यमको सहयोगमा 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस