डा.चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव आइतबार (हिजो) राजविराजबाट पक्राउ परे। जनमतकै नेताहरूले दिएको जाहेरीका आधारमा यादव पक्राउ परेका हुन्।
यादव पक्राउ परेपछि राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साहले भने नयाँ तथ्य बाहिर ल्याइदिएका छन्। 'करोडौं खर्चेर जनकपुरमा निर्माण गरिएको घरपछि पनि समानुपातिक सूचीमा समावेश गराउन उहाँ (सुरेन्द्र यादव) सँग रू. ५० लाख मागिनु अत्यन्तै दुखद् र अपारदर्शी व्यवहार हो,' साहले भनेका छन्। स्मरण रहोस्- साह र यादव दुबैलाई पार्टीले निलम्बन गरिसकेको हो।
साहले यादवले कतार बसेर सङ्गठन बनाउने काम गरेको, पार्टीको नाममा सम्पत्ति जोड्ने काम गरेको, अध्यक्ष डा. सीके राउतको व्यक्तिगत सहजताका लागि पनि काम गरेको उल्लेख गरेका छन्। तर, अहिले आएर व्यक्तिगत तहमा ओर्लिएर उनका प्रति नकारात्मक व्यवहार गरिएको आरोप साहको छ।
कोषाध्यक्ष भए पनि पार्टीको आर्थिक कारोबार यादवमार्फत नभएको कुरा साहले बताएका छन्। 'पार्टी कोषाध्यक्षको नाममा कुनै पनि बैंक खाता नखोली अवैध रूपमा आर्थिक कारोबार हुनु गम्भीर प्रश्नको विषय हो,' उनले भनेका छन्।
यादव पक्राउ परेपछि १० बुँदे धारणा सार्वजनिक गरेका साहले स्वयम् राउतले नै भ्रष्टाचार गरेको आरोप लगाएका छन्। उनले सांसद बनेको केही समयमा नै ललितपुरको इमाडोलमा घर बनाउन वा किन्न सकिन्छ भनेर प्रश्न उठाएका छन्।
'मधेश लोट चले भन्ने नारा दिँदै सांसद बनेपछि इमाडोलमा भव्य घर र पार्किङ्गको लागि छुट्टै जग्गा खरिद गर्नुमा भ्रष्टाचारको गम्भीर आशङ्का छ। सत्य-तथ्यको निष्पक्ष छानबिन अपरिहार्य छ,' उनले भनेका छन्।
चन्द्रकान्त राउत र दीपक कुमार साह।साहले यी यावत् आरोपहरू लगाएपछि हामीले जनमतकै अर्का एक नेतालाई सम्पर्क गर्यौँ। ती नेताले आफूसँग प्रमाण नभएको तर, राउतले सांसद पदसम्म पैसामै बेचेको आरोप लगाए।
पछिल्लो संसदीय निर्वाचनमा पार्टीका तर्फबाट समानुपातिक सांसद बनेका पाँचै जनाले ३०/३० लाखका दरले राउतलाई बुझाएको ती नेताले खुलासा गरे। सुरुमा राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव नै सांसद बन्ने तयारीमा रहेको तर,५० लाख बुझाउन नसकेपछि उनी पछि हटेको ती नेता बताउँछन्।
'उहाँ (सुरेन्द्र नारायण यादव) ले भन्दा अगाडि अनिता साहले बुझाउनुभएछ, त्यो भएर उहाँ नै सांसद बन्नुभयो,' ती नेताले भने, 'अरु सबै सांसदले पैसा बुझाएरै आउनुभएको हो। उहाँहरू सबैले हातमा दिनुभयो, त्यो भएर कुनै प्रमाण भेटिँदैन। सुरुमा ३० र पछि ५० पुर्याएका थिए।'
ती नेताका अनुसार अब्दुल खानले भने मन्त्री भएपछि बुझाएका हुन्। पुष्पकमल दाहाल नेतृत्वको सरकारमा खान खानेपानीमन्त्री थिए। उनले त्यसैबेला राउतलाई पैसा बुझाएको ती नेताको दाबी छ।
त्यसो त यसअघि अर्की समानुपातिक सांसद गोमा लाभ सापकोटाले दिएको ११ लाख रकमको बैंक स्लीप नै सार्वजनिक भएको थियो।
मधेस प्रदेश सरकार जनमत पार्टीको नेतृत्वमा छ। जनमत पार्टीकै सांसद सतिशकुमार सिंह मुख्यमन्त्री छन्। तर आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि मधेस सरकारले ल्याएको बजेटमा स्वयं जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले असन्तुष्टि जनाएका छन्।
राउतले बजेट जनमत पार्टीको नीति, सिद्धान्त र भिजनलाई बेवास्ता गरेर आएको भन्दै गम्भीर असन्तोष प्रकट गरिरहेका छन्। राउतले बिचौलिया र अन्य पार्टीमार्फत आएका कार्यक्रममा बढी बजेट र जनमत पार्टीले प्रत्यक्ष जनतासँग संवाद गरेर आएका योजनामा कम बजेट परेको भन्दै असन्तुष्टि जनाइरहेको उनको सचिवालयले जनाएको छ।
राउतको असन्तुष्टि त्यत्तिमा सीमित छैन। उनले आफ्नो निर्वाचन क्षेत्र सप्तरी–२का योजनाहरूलाई बेवास्ता गरी राजनीतिक प्रतिशोध साँधिएको आरोप समेत लगाएका छन्।
राउतले मधेस सरकारले गरेका राजनीतिक नियुक्तिमा पनि असन्तुष्ट रहेको स्रोतले बतायो। विशेष गरी मिडिया काउन्सिल, चलचित्र विकास बोर्ड, खेलकुद परिषद् जस्ता निकायमा गरिएको दुई दर्जनभन्दा बढी राजनीतिक नियुक्तिमा समेत जनमत पार्टीको उपेक्षा भएको दाबी गरेका छन्।
मुख्यमन्त्री सिंहले पार्टीको निर्देशनको पनि अवमूल्यन गरेकामा राउतको चित्त दुखाई छ। यस विषयमा राउतले पार्टीको संसदीय दल र सचिवालयमा छलफल गरिरहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...