राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आह्वानमा निषेधित क्षेत्र तोड्ने प्रदर्शनमा सहभागी भएका प्रदर्शनकारीहरूले प्रहरीलाई फूल दिएका छन्।
यसअघि पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका प्रमुख नेताहरूलाई घर नै बोलाएर संवाद गरेका थिए। त्यस क्रममा उनले प्रहरीलाई ढुङ्गा नभई फूल दिनुपर्ने बताएका थिए।
प्रदर्शनकारी र प्रहरी।यसपछि आइतबार (आज) को प्रदर्शनमा प्रदर्शनकारीहरूले प्रहरीलाई फूल दिएका हुन्। फूल दिने क्रममा उनीहरूले 'प्रहरी हाम्रो साथी' भनेका छन्।
यसअघि २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रहरीमाथि हानथाप भएको थियो। उक्त घटनाको व्याख्या गर्दै पूर्वराजा शाहले उनीहरूमाथि त्यसरी ढुङ्गामुढा गर्नु वाञ्छित नहुने बताएका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर कानुन विपरीत गरेको बताएका छन्। बुधबार अर्थ समितिमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले नवनियुक्त गभर्नर विश्व पौडेल गभर्नर बन्न अयोग्य रहेको बताए। उनले राष्ट्र बैंक ऐनमा गभर्नर बन्न कुनै पनि राजनीतिक पार्टीको सदस्य हुन् नहुने व्यवस्था रहेको स्मरण गराए ।
गभर्नर पौडेलसँग मौद्रिक नीतिको ज्ञान समेत नभएको उनको भनाइ थियो । उनले नवनियुक्त गभर्नर पौडेलको पढाई कृषि विषयमा रहेको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...