प्रसाईं तराई वा भारतमा लुकेको प्रहरीको आशंका
१९ चैत्र २०८१
•
४ मिनेट पाठ
प्रसाईं तराई वा भारतमा लुकेको प्रहरीको आशंका
नेपालमा व्यवस्थाविरोधी आन्दोलनलाई हिंसात्मक रूप दिएर फरार दुर्गा प्रसाईंलाई पक्राउ गर्न सुरक्षा निकायलाई कठिन भएको छ। शुक्रबार साँझदेखि फरार उनलाई प्रहरीका चार वटा टोलीले खोजी गरिरहे पनि फेला पार्न सकेका छैनन्। आइतबार र सोमबार उनले सामाजिक सञ्जालबाट आफू नेपालमै रहेको भन्दै सुरक्षा निकायलाई चुनौती दिइरहेका छन्।




‘दुर्गा प्रसाईंले सार्वजनिक गरेको भिडियोमा देखिएको दृश्यलाई नेपाल प्रहरीले सूक्ष्म ढंगले हेरेको छ तर यस्तो दृश्य काठमाडौंको जस्तो देखिँदैन। तराई वा आसपासको ठाउँ हुन सक्छ। हाम्रो ध्यान त्यता पनि गएको छ,’ खोजीका लागि खटिएका एक प्रहरी अधिकृतले भने। गृह मन्त्रालयका एक अधिकृतका अनुुसार प्रसाईंलाई कानुनी रूपमा विदेश यात्रा गर्न नपाउने व्यवस्था पनि गरिसकिएको छ।

राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कमान्डर रहेका प्रसाईंलाई रोक्न विमानस्थलको अध्यागमनलगायत सबैतिर निगरानी गरिएको थियो। राजा फर्काउने आन्दोलन गरिरहेका प्रसाईं फरार रहँदा उनका सहयोगीहरू भने धमाधम पक्राउ परिरहेका छन्।

पाँच दिनदेखि प्रहरीको सबै युनिटले निगरानी बढाउँदा पनि उनी भने फेला पर्न नसकेका हुन्। यता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), विशेष ब्युरो, उपत्यका अपराध अनुसन्धान कार्यालय, उपत्यका प्रहरी कार्यालयको ‘टास्क फोर्स’ले उनको खोजी गरिरहेका छन्। सबै नाकामा प्रहरी परिचालन पनि गरिएको छ। केही प्रहरी अधिकारीले उनी भारत गएको आशंका गरिरहेका छन्। प्रहरीको एउटा युनिटले प्रसाईंलाई खोज्न भारतीय प्रहरीसँग समन्वयसमेत गर्दै आएको छ।

मंगलबार साँझ मात्रै प्रसाईंका एक सहयोगी पक्राउ परेका छन्। संयुक्त जनआन्दोलन घोषणासभा परिचालन समितिका संयोजक देवी संग्रौला पक्राउ परेका हुन्। झापाका संग्रौलालाई प्रहरीको विशेष टोलीले ललितपुरको भैंसेपाटीबाट पक्राउ गरेको हो। उनीसँगै विष्णुजंग बस्नेत पनि पक्राउ परेको प्रहरीले जनाएको छ। तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संग्रौला पनि संलग्न थिए। यसअघि प्रसाईंको सुरक्षा दस्ताका चार जना पक्राउ परिसकेका छन्।

प्रसाईंले आइतबार दिउँसो एक भिडियो सार्वजनिक गरेर आफू काठमाडौंको एक मन्दिरमा रहेको बताए पनि त्यो मन्दिर काठमाडौंको नभएको सुरक्षा निकायले निष्कर्ष निकालेको छ। नेपाल प्रहरीका एक अधिकारीका अनुसार उनी रातारात मोटरसाइकलमा भारत पुगिसकेका छन्।

हेटौंडा हुँदै उनी भारत पुगेको र नेपालकै मन्दिरमा भनी बनाएको भिडियो भारतकै एक मन्दिर रहेको ती प्रहरी अधिकारीको दाबी छ। तर प्रहरीको उच्च तहले त्यसलाई विश्वास गर्न सकिरहेको छैन। नेपाल प्रहरीका प्रवक्ता डिआइजी दिनेश आचार्यका अनुसार प्रहरीले उनको खोजी गरिरहेको छ। ‘पक्राउपछि सञ्चारमाध्यममा समाचार आइहाल्छ,’ उनले भने, ‘अनुसन्धानका सबै विवरण खुलाउन आवश्यक छैन।’

आइतबार साँझ प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापाले प्रसाईंलाई कुनै पनि हालतमा पक्राउ गर्न मातहतका सुरक्षा अधिकारीलाई ‘कडा’ निर्देशन दिएका थिए।

मातहतका सबै निकाय उत्तिकै सतर्कतामा पनि बसेका छन्। उनी भागे पनि प्रहरीले प्रदर्शनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र पार्टी महामन्त्री एवं सांसद धवलशमशेर जबरालाई सोही शुक्रबार राति नै पक्राउ गरेको थियो।  

मिश्र र जबरासहित ११ जनाविरुद्ध राज्यविरुद्धको कसुर, संगठित र उपद्रव कसुरमा मुद्दा चलाइएको छ। आइतबार काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध अनुसन्धान गर्न  प्रहरीलाई पाँच दिनको अनुमति दिएको छ। उनीहरूसहित  पक्राउ परेका ४१ जनालाई पनि थुनामा राखेर अनुसन्धान गर्न  अदालतले तीन दिनको अनुमति दिएको छ। प्रसाईंको खोजीमा रहेका एक प्रहरीका अनुसार उनको अन्तिम ‘लोकेसन’ इमाडोलमा देखिएको थियो। इमाडोलबाट एउटा ट्याक्सी लिएर हिँडेका उनी त्यहाँबाट कता गए भन्ने बारेमा कतै पनि थाहा हुन सकेको छैन। इमाडोलमा पुष्कर खतिवडाको घरमा स्याउ र केरा खाएर प्रसाईं फरार भएका थिए।

तीनकुनेमा गत शुक्रबार (चैत १५) मा राजावादी समर्थकको आन्दोलनमा अराजक गतिविधिमा संलग्न रहेको आरोपमा राणा र मिश्रलाई प्रहरीले नियन्त्रणमा लिएको छन्। शुक्रबार साँझ पक्राउ परेका राणा र मिश्रमाथि अनुसन्धान गर्न प्रहरीलाई आइतबार जिल्ला अदालत काठमाडौंले थप पाँच दिनको म्याद दिएको छ।

राजावादीहरूको हिंसात्मक प्रदर्शनमा परी एक पत्रकारसहित  दुई जनाले ज्यान गुमाएका छन्। प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका–४ का सविन महर्जन र राजावादी समर्थकबाट भएको आगजनीमा परी पत्रकार सुरेश रजकको मृत्यु भएको छ। रजक एभिन्युज टेलिभिजनका पत्रकार हुन्।

राजावादीका नाममा भएको हिंसात्मक आन्दोलनबाट सञ्चार गृह, निजी सम्पत्ति र व्यवसायीहरूले अर्बौंको नोक्सानी बेहोरेका छन्। प्रदर्शनकारीले तीनकुने, बानेश्वर, कोटेश्वर, बालकुमारी क्षेत्रमा निजी भवन तथा सवारीसाधनमा तोडफोड तथा आगजनी गरेका थिए। उनीहरूले कोटेश्वरमा रहेको भाटभटेनी सुपर मार्केटमा समेत लुटपाट मच्चाएका थिए। त्यही दिन नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयका साथै अन्नपूर्ण पोस्ट र कान्तिपुर टेलिभिजनको कार्यालयमा तोडफोड भएको थियो।
अर्को समाचार
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
८ घण्टा अघि
•
१ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।




पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा यही शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण आयोजना गरिनेछ।

अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने उनले बताए।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्नेछन्। कार्यक्रममा पार्टी उपसभापति सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्यलगायत पदाधिकारी तथा नेताहरू सहभागी हुनेछन्।

दुईदिने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, मूल्यमान्यता, अनुशासन र राजनीतिक संस्कारबारे प्रशिक्षण दिइनेछ।

साथै, क्यान्डिडेट क्लब तथा लिडरसिप एकेडेमीको अवधारणा र कार्यदिशा, पार्टी संगठनको सशक्तीकरण, परिचालन, विस्तार तथा संरचनागत सुदृढीकरणका विषयमा छलफल हुनेछ।

प्रशिक्षणको पहिलो दिन जिल्ला तथा पालिका तहका पार्टी नेतृत्वसँग संगठनको अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र निर्वाचन तयारीबारे केन्द्रीय नेतृत्वले छलफल गर्ने कार्यक्रम छ।

दोस्रो दिन स्थानीय तथा प्रदेश निर्वाचनको रणनीति, पार्टीको भूमिका, वाचापत्र तथा प्रतिबद्धताको कार्यान्वयन, नीति, कार्ययोजना र परिणाममुखी कार्यसम्पादनका विषयमा प्रशिक्षण दिइनेछ।

त्यसैगरी, पार्टीको ब्रान्डिङ, प्रचारप्रसार तथा सामाजिक सञ्जालको प्रयोगबारे पनि प्रशिक्षण दिइने प्रवक्ता खरेलले जानकारी दिए।

कार्यक्रमको अन्तिम सत्रमा सभापति लामिछानेले पार्टीको राजनीतिक कार्यदिशा, प्राथमिकता र रणनीतिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस