‘पूर्वविशिष्टलाई आजीवन सुविधा अमान्य’
०३ चैत्र २०८१
•
४ मिनेट पाठ
‘पूर्वविशिष्टलाई आजीवन सुविधा अमान्य’
पूर्वविशिष्ट पदाधिकारीहरूलाई सुविधा दिन भनी सरकारले पटकपटक गरेको कानुन ल्याउने प्रयास असफल हुँदै आए पनि फेरि त्यही कानुन बनाउन लागेको भन्दै संसद्‌मा तीव्र विरोध भएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले त्यसप्रति विरोध जनाएका हुन्।




संसद्‌मा सात वर्षपछि फेरि पूर्वविशिष्ट पदाधिकारीको आजीवन सेवाको विषय बहसमा आएको हो। पछिल्लो पटक सर्वत्र विरोध भएपछि पूर्वविशिष्ट पदाधिकारीको आजीवन सेवासम्बन्धी विधेयक २०७४ कात्तिक ५ गते पुनःस्थापित संसद्को कार्यकाल सकिएसँगै निष्क्रिय बनेको थियो। त्यसपछि २०७४ देखि २०७९ सालसम्मको संसद्‌मा यो विधेयक ल्याउने प्रयास गरिएको थिएन। गृहमन्त्री विमलेन्द्र निधिका पालामा दोस्रो पटक ल्याइएको त्यससम्बन्धी विधेयक २०७३ फागुन २७ गते संसद्‌मा प्रस्तुत भएको थियो। विधेयकलाई २०७३ चैत ९ गते राज्य व्यवस्था समितिमा पठाइएको थियो।

कांग्रेस सांसद दिलबहादुर घर्ती सभापति रहेको समितिले उपसमिति नै गठन गरेर सुविधा दिने विषयमा अन्तिम टुंगो लगाउन खोजेको थियो। उपसमितिले पूर्वपदाधिकारी (पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रिपरिषद्का अध्यक्ष, प्रधानन्यायाधीश, संविधानसभा अध्यक्ष, पूर्वसभामुख र राष्ट्रियसभाका अध्यक्ष) लाई सुविधा उपलब्ध गराउने विधेयकमा सहमति जुटाएको थियो। तर पूर्वसांसदहरूले पनि आफूहरूले सुविधा पाउनुपर्ने भन्दै समितिमा दबाब दिँदै आएका थिए। २०७४ असार १२ देखि २०७४ असोज ३१ सम्म गृहमन्त्री बनेका तत्कालीन गृहमन्त्री जनार्दन शर्माले पूर्वसांसदलाई सुविधा दिने गरी कानुन बनाउने विषयमा असहमति राखेका थिए। त्यसपछि विधेयक फेरि उपसमितिमा फिर्ता भएपछि रोकिएको थियो।

त्यसअघि तत्कालीन गृहमन्त्री वामदेव गौतमले २०७२ वैशाख २७ मा पहिलो पटक संसद्‌मा विशिष्ट पदाधिकारीको सुविधासम्बन्धी विधेयक दर्ता गराएका थिए। व्यापक आलोचना भएपछि सरकारले सोही वर्षको असार १० मा विधेयक फिर्ता लिएको थियो। एकपटक फिर्ता लिइएको विधेयकमा सुविधा घटाउनुपर्नेमा झन् थप गर्दै विमलेन्द्र निधि गृहमन्त्री भएका बेला सरकारले दोस्रो पटक विधेयक दर्ता गराएको थियो। 

त्यसअघि २०६९ साउनमा बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले पूर्वपदाधिकारीलाई आजीवन सुविधा दिने गरी अध्यादेश ल्याउन सिफारिस गरेको थियो। अध्यादेश तत्कालीन राष्ट्रपति रामवरण यादवबाट जारी भएको थियो। त्यसविरुद्ध रिट परेपछि सर्वोच्च अदालतको आदेशले त्यसको कार्यान्वयनमा रोक लगाएको थियो। अहिले फेरि सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिने गरी विधेयक ल्याउन लागेको विषयमा कडा आलोचना गर्दा सांसदहरूले त्यसलाई अघि नबढाउन सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै सत्तारूढ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले विकास निर्माण र सार्वजनिक सेवा प्रभावकारी बनाउन नसकेको भनेर आलोचना भइरहेको अवस्थामा सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने कानुन बनाउन लागेको भन्दै आपत्ति जनाए। भ्रष्टाचार नियन्त्रण हुन नसकिरहेको, युवाहरू रोजगारीका लागि विदेश जान बाध्य भएको, उपचार नपाएर जनताले ज्यान गुमाउने अवस्था देखापरिरहेको बताउँदै उनले यस्तो विधेयक नल्याउन सरकारलाई आग्रह गरेका हुन्। सांसद यादवले पूर्वराष्ट्रपति, प्रधानमन्त्री, पूर्वसभामुख, राष्ट्रियसभाका पूर्वअध्यक्ष, मन्त्रिपरिषद्का पूर्वअध्यक्षलाई आजीवन भत्ता, घरभाडा, सवारीसाधन, सचिवालयका लागि कर्मचारी र सहयोगी राख्नेसहितको कानुनको मस्यौदा बनिरहेको भन्दै त्यसको विरोध गरेका हुन्।

नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिने विषयप्रति घोर आपत्ति जनाउने बताउँदै त्यसको मस्यौदा फिर्ता लिन सरकारलाई आग्रह गरे। ‘सरकारले यस्तो धृष्टता नगरोस्, विधेयकको मस्यौदा फिर्ता लेओस्,’ उनले भने, ‘एकपटक निर्वाचित भयो भनेर कुनै पदमा गयो भने आजीवन सुविधा पाउने कुरा गर्नु उचित हुँदैन। सरकारी जागिरको पेन्सनजस्तो राजनीतिलाई बनाउनुहुँदैन। राजनीति सेवा हो। आजीवन सुविधा दिने कार्य रोकिनुपर्छ।’ वर्तमान पदाधिकारीको पनि सुविधा घटाउनुपर्नेमा उनले जोड दिए।

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले इमानको राजनीति नगरेर पूर्वविशिष्टलाई सुविधा दिने गरी कानुन बनाउन लागिएको भन्दै आपत्ति जनाए। उनले भने, ‘नेपाल ग्रे लिस्टमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनको रिपोर्टमा भ्रष्टाचार हुने मुलुकको सूचीमा नेपाल परेको छ।’ यस्तो बेलामा सरकारले पूर्वविशिष्टलाई सुविधा दिन लागेको भन्दै उनले महँगी नियन्त्रणलगायत सुधारका काम गरेर भरोसाको केन्द्रबिन्दु बन्नुपर्नेमा सुविधा दिएर राज्यको दोहन गर्न नगर्न र जनताका लागि प्रभावकारी काम गर्न आग्रह गरे।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने कानुन बनाउन आवश्यक नभएको बताए। ‘पदमा रहँदा पनि लुट्ने, नरहँदा पनि लुट्ने! जनताको करबाट आएको रकम यसरी लुट्न पाइँदैन,’ उनले भने, ‘जनता ऋणको मारमा छन् तर सरकारले यस्तो कानुन ल्याउन लागेको छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले पनि देशलाई भ्रष्टाचारले गिज्याइरहेको अवस्थामा सरकारले विशिष्ट पदाधिकारीको सुविधा बढाउने कानुन ल्याउन लागेको भन्दै विरोध जनाइन्। जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटाले पनि आर्थिक प्रणाली घातक भइरहेको अवस्थामा पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिने कानुन ल्याउनुले जनतालाई चरम निराशामा लैजाने र जसका कारण जनतामा आक्रोश बढ्ने निश्चित रहेको बताइन्। ‘सरकारले संसद्‌मा यसबारे आफ्नो धारणा प्रस्ट पार्नुपर्ने माग गर्छु,’ उनले भनिन्।
अर्को समाचार
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
७ मिनेट अघि
•
१ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।




शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रशिक्षणपछि आसपासका बस्तीमा एक्लै पुगेर नागरिकसँग कुराकानी गर्ने बताएका हुन्। 

लामिछानेले आफू जनतासँग भेट्न जाँदा पार्टीका कुनै पनि नेता तथा कार्यकर्ता साथमा नआउन आग्रह गरे।

‘म नेताहरूबाट घेरिएर होइन, जनताहरूबाट घेरिन चाहन्छु। म एक्लै जान्छु, तपाईंहरू प्रशिक्षणमा बस्नुस्,’ उनले भने।

उनले विमानस्थलदेखि विमानस्थलसम्म पुग्दा नेता तथा कार्यकर्ताले घेरिने र तिनै व्यक्तिहरू तस्बिरमा देखिने गरेको बताए।

‘धेरै भयो जनतासँग नबसेको। एयरपोर्टदेखि एयरपोर्टसम्म पुग्दा नेताहरू र कार्यकर्ताबाट घेरिन्छु। तिनै साथीहरू वरिपरि फोटोमा देखिन्छन्,’ उनले भने।

लामिछानेले यसपटक फोटो र भिडियो खिचाउनेभन्दा नागरिकका समस्या सुन्ने उद्देश्यले बस्तीमा जान चाहेको बताए।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो भ्रमणको तस्बिर देखाएर आफू सभापतिसँग नजिक रहेको वा उम्मेदवारको टिकट पाउने दाबी नगर्न पनि आग्रह गरे।

‘त्यो फोटो देखाएर म निकै नजिक छु, मैले नै टिकट पाउने हो भनेर बेच्न त पाइन्न,’ उनले भने।

लामिछानेले नागरिकसँगको भेटलाई राजनीतिक प्रचारभन्दा पनि आत्मीय सम्बन्धका रूपमा लिनुपर्ने बताए।

उनले आफू कहाँ जाने भन्ने ठाउँसमेत तय नगरेको उल्लेख गर्दै आसपासका बस्तीमा पुगेर नागरिकसँग प्रत्यक्ष कुराकानी गर्ने बताए।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस