यसकारण सोध्यो जनमतले उपाध्यक्ष र कोषाध्यक्षलाई स्पष्टीकरण, अब के हुन्छ ?
०२ चैत्र २०८१
•
३ मिनेट पाठ
यसकारण सोध्यो जनमतले उपाध्यक्ष र कोषाध्यक्षलाई स्पष्टीकरण, अब के हुन्छ ?
डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीले पार्टी विधानको धारा ३१ को (क) को उपधारा १, २, ३, ४, ५, ६, १० र ११ उल्लङ्घन गरेको भन्दै पार्टीका राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साह र राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादवलाई गत फागुन २१ गते ११ बुँदे स्पष्टीकरण सोध्यो।




स्पष्टीकरणमा पदाधिकारीको जिम्मेवारीमा रहेर पनि पार्टीलाई समय नदिएको, आफ्नोसमेत भोट पार्टीलाई नदिएको, पार्टी र नेतृत्वका प्रति विभिन्न सञ्चारमाध्यममा कु-प्रचार गरेको, पार्टी विस्तार तथा महत्त्वपूर्ण बैठक र कार्यक्रमहरूमा उपस्थित नभएकोलगायतका आरोपहरू छन्। पार्टीले सोधेको स्पष्टीकरणको जवाफी स्पष्टीकरण साह र यादवले समयावधिभित्रै बुझाइसकेका छन्।

तर, स्पष्टीकरण सोधेपछि पनि उनीहरूले उक्त कार्य जारी नै राखेको पार्टीका एक नेताले बताए। ती नेताले भने, 'स्पष्टीकरण त बुझाउनुभयो तर, त्यसपछि पनि उहाँहरूको पार्टी र नेतृत्वका प्रतिको कु-प्रचार रोकिएन। अब उहाँहरूको स्पष्टीकरणका बारेमा छलफल गर्नेगरी एउटा बैठक बस्छ, त्यसपछि थप निर्णय हुन्छ।'

साह र यादवले भने आफूहरूलाई हटाउनका लागि मात्रै पार्टीले स्पष्टीकरण सोधेको प्रतिक्रिया दिएका छन्। साहले भने, 'उहाँहरूलाई अरु मान्छे म्यानेज गर्नु छ, त्यसैले हामीलाई स्पष्टीकरण सोधेको मात्रै हो। हामीलाई हटाउन खोजेको हो, अरु केही होइन। जति पनि आरोपहरू छन्, ती आरोप मात्रै हुन्, अरु केही होइनन्।'

यादवले पनि त्यसको विरोध गर्दै आफूले पार्टी र नेतृत्वका लागि विदेशमा बसेर पनि निकै सङ्घर्ष गरेको बताएका छन्। तर, यहाँ आएर आफूहरूको योगदानलाई बेवास्ता गर्ने काम पार्टीबाट भएको उनले दुखेसो पोखेका छन्।

खासगरी साहले पार्टीले स्पष्टीकरण सोधेर आफूहरूको मानमर्दन गरेको पनि बताएका छन्। त्यसो त साह पार्टीको केन्द्रीय अनुशासन आयोगका संयोजकसमेत हुन्। उनले यसअघि पार्टीका राष्ट्रिय सचिवद्वय भूपेन्द्र यादव, बीपी साहलगायत दर्जनौं नेताहरूलाई स्पष्टीकरण सोधेका थिए।

उनले राष्ट्रिय सचिवद्वय भूपेन्द्र यादव र बीपी साहलई तीन महिनाका लागि पार्टीबाट निलम्बनसमेत गरेका थिए। त्यसबेला अध्यक्ष डा. चन्द्रकान्त राउतसहित अरु नेताहरूले भने 'अहिल्यै निलम्बन गरिनहालौँ' भनेर सुझाव दिएका थिए। तर, संयोजक साहले निलम्बन गरे।

अहिले भूपेन्द्र र बीपी पार्टीमा फर्किसकेका छन्। उनीहरूले पार्टीको पक्षमा राम्रो काम गरिरहेको एक नेता बताउँछन्। 'उहाँहरूले राम्रो काम गरिरहनुभएको छ पार्टीको हितमा। उहाँ (दीपक कुमार साह) ले दुईजना राष्ट्रिय सचिवलाई निलम्बन गर्दा चाहिँ उहाँहरूको मानमर्दन भएन र ? तर, उहाँलाई चाहिँ पार्टीले के स्पष्टीकरण सोध्नै नहुने होर ?'

ती नेताले अरु कसैलाई पार्टीमा 'म्यानेज' गर्नका लागि नभइ पार्टीको लोकतान्त्रिकरणका लागि साह र यादवलाई स्पष्टीकरण सोधेको जिकिर गरे। उनले भने, 'पार्टी एउटा अनुशासनमा चल्नुपर्छ। जो अनुशासन समितिको संयोजक हो, उही अनुशासन बाहिर जान्छ भने पार्टीले स्पष्टीकरण सोध्नुपर्छ कि पर्दैन ?'

के साह र यादवमाथि कारबाही हुन्छ ?

त्यसो त साह र यादव आफूहरूलाई पार्टीबाट हटाउन खोजिएको आरोप लगाउँछन्। तर, यो सत्य नभएको नेताहरू बताउँछन्।

थप कारबाही हुन्छ ? भन्ने जिज्ञासामा ती नेताले भने, 'उहाँहरूको स्पष्टीकरणमाथि समेत छलफल हुनेगरी बैठक बस्छौँ। त्यसपछि निर्णय हुन्छ। तर, स्पष्टीकरण सोधेपछि पनि उहाँहरूले पार्टी र नेतृत्वविरुद्धका गतिविधि रोक्नुभएको छैन। विरोध मिडियामा लेखाउने, केही विरोधीहरूले लेखेको स्टाटसहरू श्यर गर्ने काम गरिरहनुभएको छ। यसर्थ, यी सबै कुराको समीक्षा गरेर निर्णय लिने काम हुन्छ।'
अर्को समाचार
जनमतकै सरकारको बजेटसँग सिकेको विमति, मुख्यमन्त्रीले निर्देशन नमानेको आरोप
१२ असार २०८२
•
१ मिनेट पाठ
जनमतकै सरकारको बजेटसँग सिकेको विमति, मुख्यमन्त्रीले निर्देशन नमानेको आरोप
मधेस प्रदेश सरकार जनमत पार्टीको नेतृत्वमा छ। जनमत पार्टीकै सांसद सतिशकुमार सिंह मुख्यमन्त्री छन्। तर आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि मधेस सरकारले ल्याएको बजेटमा स्वयं जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले असन्तुष्टि जनाएका छन्। 




राउतले बजेट जनमत पार्टीको नीति, सिद्धान्त र भिजनलाई बेवास्ता गरेर आएको भन्दै गम्भीर असन्तोष प्रकट गरिरहेका छन्। राउतले बिचौलिया र अन्य पार्टीमार्फत आएका कार्यक्रममा बढी बजेट र जनमत पार्टीले प्रत्यक्ष जनतासँग संवाद गरेर आएका योजनामा कम बजेट परेको भन्दै असन्तुष्टि जनाइरहेको उनको सचिवालयले जनाएको छ। 

राउतको असन्तुष्टि त्यत्तिमा सीमित छैन। उनले आफ्नो निर्वाचन क्षेत्र सप्तरी–२का योजनाहरूलाई बेवास्ता गरी राजनीतिक प्रतिशोध साँधिएको आरोप समेत लगाएका छन्।

राउतले मधेस सरकारले गरेका राजनीतिक नियुक्तिमा पनि असन्तुष्ट रहेको स्रोतले बतायो। विशेष गरी मिडिया काउन्सिल, चलचित्र विकास बोर्ड, खेलकुद परिषद् जस्ता निकायमा गरिएको दुई दर्जनभन्दा बढी राजनीतिक नियुक्तिमा समेत जनमत पार्टीको उपेक्षा भएको दाबी गरेका छन्। 

मुख्यमन्त्री सिंहले पार्टीको निर्देशनको पनि अवमूल्यन गरेकामा राउतको चित्त दुखाई छ। यस विषयमा राउतले पार्टीको संसदीय दल र सचिवालयमा छलफल गरिरहेका छन्।  
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस