पूर्वराजालाई मन्त्रीको चेतावनी: अन्य देशमा भए जेल हुन्थ्याे, उदारतालाई कमजोरी नठान्नुस्
२३ फागुन २०८१
•
२ मिनेट पाठ
पूर्वराजालाई मन्त्रीको चेतावनी: अन्य देशमा भए जेल हुन्थ्याे, उदारतालाई कमजोरी नठान्नुस्
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्व राजा ज्ञानेन्द्र शाह र उनको परिवार अन्य देशमा भएको भए यति बेला जेलमा हुने टिप्पणी गरेका छन्। शुक्रवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेपछि बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्।




‘यो मुलुक त धेरै उदार लोकतन्त्र भएको मुलुक हो,’ मन्त्री गुरुङले भने, ‘अरू मुलुक जस्तो भएको भए ३० वर्षसम्म अझ भनौँ २४० वर्षसम्म मुलुकलाई शोषण गर्ने, शासन गर्ने,  जनतालाई दुःख दिने त्यस्तो राजसंस्था, परिवार र त्यस्तो व्यक्तिहरूलाई त्यो शासन प्रणाली उल्टिएर नयाँ व्यवस्था आइसकेपछि ती सबै जेलमा बस्नुपर्ने हो । तिनका सम्पत्ति राज्यले हरण गर्नुपर्ने हो।’ 

‘दुनियाँमा त्यही छैन इतिहास?’ भन्दै उनले प्रश्न गरे। तर, नेपालमा भने पूर्व राजा शाह र उनको परिवारलाई ससम्मान नागार्जुन दरबारमा राखेको उनले बताए। उनले भने, ‘सुरक्षाको प्रबन्ध गरेर, हिजै राजा महाराजाहरूले समर प्यालेसका रूपमा स्थापना गरेको नागार्जुन दरबारमा राखेका छौँ।’ 

यसरी उदार भएर सम्मान दिएर राख्ने व्यवस्थाप्रति कटाक्ष नगर्न पूर्व राजालाई मन्त्री गुरुङले चेतावनी दिए। ‘त्यस्तो प्रबन्ध गर्ने राजनीतिक दलहरूलाई कटाक्ष गर्दै म फेरि फर्कन्छु भनेर जुन खालका हर्कत गरिरहेका छन्, यो चाहिँ उसले आफ्नो हैसियत भुलेको हो। हामीले गरेको उदार प्रबन्धलाई उसले बिर्सेको हो,’ मन्त्री गुरुङले भने। 

उनले पूर्व राजाका पक्षमा सडकमा नारा लगाउनेहरूलाई पनि मूर्खता नदेखाउन आग्रह गरे । ‘राजाले कसरी देश बचाउँछ ? दुनियाँमा कुन देशमा राजाले देश बचाएको छ?,’ उनले भने,‘आफ्नो ज्यानको रक्षा गर्न नसक्ने राजा, आफ्नो दरबारको रक्षा गर्न नसक्ने त्यो राजतन्त्र र आफ्नो परिवारको रक्षा गर्न नसक्ने त्यो राजसंस्थाले देश बचाउने ?’ 

आजको दिनमा सबै कानुन हातमा लिएको, जहाँ मेरिटोक्रेसीको कुनै गुञ्जायस नहुने र एउटा कुलमा जन्मिएकै कारण उसले तीन करोड जनतामध्ये सबैभन्दा योग्य मानेर त्यसको शासन हुने व्यवस्थाको कल्पना समेत गर्न नसकिने मन्त्री गुरुङले बताए। 

‘यस्तो वकालत गर्दै हिँड्नेहरू लोकतन्त्र मान्ने हुन कि नमान्ने हुन् ? साथीहरूलाई भन्न चाहन्छु यस्तो मूर्खता नगर्नुस्,’ मन्त्री गुरुङले भने। 
अर्को समाचार
पूर्वराजा शाहका संवाद सचिवलाई प्रहरीले बोलायो
२७ असार २०८२
•
१ मिनेट पाठ
पूर्वराजा शाहका संवाद सचिवलाई प्रहरीले बोलायो
पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणि राज पाठकलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बोलाएको छ।




पाठकलाई पूर्वराजाको सचिवालयको ‍औँचित्य स्पष्ट पार्न सोधपुछका लागि बोलाइएको प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। 

उनले भने, पूर्वराजाको सचिवालयको अस्तित्व स्पष्ट पार्न पाठकलाई बोलाइएको छ। कानुनले पूर्वराजा शाहको सचिवालयलाई मान्यता दिँदैन।'

एसपी बोहराले नागरिकन्युजलाई भने, 'हामी सचिवालयको अस्तित्व पछाडिको कानुनी पक्ष निर्धारण गर्न चाहन्छौं।'
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस