नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्व राजा ज्ञानेन्द्र शाह अहिले भइरहेको राजावादी आन्दोलनका ‘लिडर’(नाइके) रहेको टिप्पणी गर्दै पर्दाभित्रबाट खेल्ने छुट नभएको बताएका छन्। शनिवार ‘गणतन्त्र नै सही बाटो’ विषयक संवाद कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।
‘नेपालका राजतन्त्रको लिडर ज्ञानेन्द्र शाह म चाहिँ नेपालमा राजतन्त्र ल्याउँछु भनेर लडिसकेपछि यो चकचक गरेर हुँदैन अब सिधा आउनुपर्यो,’ महामन्त्री थापाले भने, ‘मैदानमा आउनुपर्यो र जवाफ दिनुपर्यो। अहिलेका समस्याको समाधान के हो?’
तीन चार महिनामा एउटा वक्तव्य निकालेर मान्छेलाई भ्रममा पार्न नहुने पनि उनले बताए। ‘हिजो राजा हुँदा त्यो सुविधा थियो होला। आज आन्दोलनकारीलाई त्यो सुविधा छैन। सडकमा आएर त्यसको उत्तर दिनुपर्छ,’ महामन्त्री थापाले भने।
लोकतन्त्रमा जनतासँग आफ्ना कुरा प्रस्ट भन्नुपर्ने र तत्काल देखिएका समस्याको समाधानमा पनि भन्न सक्नुपर्ने उनले बताए। उनले भने, ‘हामी चाहिँ यहाँ प्रतिस्पर्धा गर्नुपर्ने, प्रश्नको सामना गर्नुपर्ने। अनि म नेपालमा राजतन्त्र ल्याउँछु भन्नेको नाइके चाहिँ यी कुनै पनि प्रश्नको सामना गर्नु नपर्ने? आम नागरिकले पनि प्रश्न गर्न नपाउनुपर्ने? नेपालको मिडियाले पनि प्रश्न गर्नु पाउनु नपर्ने?’