नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकी सहयोग रकम दुरुपयोग भयो भन्ने चर्चाबारे सरकारले श्वेतपत्र जारी गर्नुपर्ने माग गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद खतिवडाले यस्तो माग गरेका हुन्।
‘अमेरिकाले दिएको सहयोग दुरुपयोग भयो भन्ने बारम्बार चर्चापरिचर्चा सुनिन आएको छ,’ सांसद खतिवडाले भने, ‘यस्तो रकम कति नेपालमा आएको हो र कसकसले प्रयोग गरे ? त्यो नेपाल सरकारले, अर्थमन्त्रालयले कसले श्वेतपत्र जारी गर्नुपर्ने हो ? त्यो जारी गरियोस्।’
एनजिओ र आइएनजिओमा आएका र अन्य प्रयोगमा आएका रकम कति छन् ? त्यसको दुरुपयोग भएनभएको विषय श्वेतपत्रमार्फत सार्वजनिक गर्नुपर्ने उनको माग छ। ‘सारा नेपाललाई नै बद्नाम गर्ने गरी प्रचार भइरहेको छ। यदि यसो हो भने सरकारले यसलाई भएको के हो ? श्वेतपत्र जारी गरोस्,’ खतिवडा अगाडि भने।