सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका ६ अध्यादेशमध्ये भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश तत्काल संसद्बाट स्वीकृत नहुने भएको छ। अन्य पाँच अध्यादेशलाई भने संघीय संसद्का दुवै सदनबाट स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गरिँदै छ। माघ १८ गते अध्यादेशहरू संसद्मा पेस भएकाथिए। त्यसको एक महिनापछि भूमिबाहेकका अध्यादेशलाई प्रतिनिधिसभामा बुधबार र राष्ट्रियसभामा बिहीबार स्वीकृतिका लागि निर्णयार्थ पेस हुने बताइएको छ।
प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको मंगलबार बसेको बैठकले भूमिबाहेक पाँच अध्यादेशलाई कार्यसूचीमा राख्न सहमति जुटाएको उक्त समितिका सदस्यसमेत रहेका राज्य व्यवस्था तथा सुशासन समिति सभापति तथा कांग्रेस सांसद रामहरि खतिवडाले जानकारी दिए।
अर्कातर्फ मंगलबार नै राष्ट्रियसभाका अध्यक्षसँग दलका नेता र प्रमुख सचेतकसँगको अनौपचारिक बैठकले बिहीबार बस्ने राष्ट्रियसभा बैठकमा भूमिबाहेक पाँच अध्यादेश स्वीकृतका लागि कार्यसूचीमा राख्ने निर्णय गरेको छ। राष्ट्रियसभातर्फ कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले बिहीबार भूमिबाहेक पाँच अध्यादेश कार्यसूचीमा राख्ने निर्णय भएको बताए।
भूमिसम्बन्धी अध्यादेश फिर्ता नलिए अन्य अध्यादेशको पक्षमा पनि मतदान नगर्ने पूर्वसर्त राखेको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) पाँच अध्यादेश अघि बढाउने सरकारको तयारीलाई समर्थन गर्ने वा नगर्ने भनी अन्योलमा छ। भूमिबाहेक अन्य पाँच अध्यादेश कार्यसूचीमा राख्ने भएपछि बुधबार बिहान जसपा नेपालले संसदीय दलको बैठक बोलाएको छ। प्रतिनिधिसभामा कांग्रेस र एमालेको बहुमत पुगे पनि राष्ट्रियसभामा निर्णायक भूमिकामा रहेको जसपा नेपालले अब के गर्ने भन्ने विषयमा संसदीय दलको बैठकले निर्णय गर्ने सोही पार्टीका सांसद प्रकाश अधिकारीले बताए।
बुधबारको प्रतिनिधिसभामा अनिवार्य रूपमा उपस्थित हुन नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख सचेतकले सांसदहरूलाई एसएमएस पठाएर ह्विप जारी गरे । ‘फागुन २१ गते दिउँसो १ बजे बस्ने संसद् बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने हुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो ह्विप जारी गरिन्छ’ भन्ने व्यहोरा म्यासेजमा उल्लेख छ।
उपत्यकाबाहिर रहेका सांसदहरू मंगलबार राति र बुधबार बिहानसम्म काठमाडौं आउने तयारीमा रहेको कांग्रेस र एमाले संसदीय दलका स्रोतहरूले जानकारी दिएका छन्। राष्ट्रियसभाका कांग्रेस र एमालेका सांसदलाई पनि अनिवार्य उपस्थितिका लागि बिहीबार ह्विप जारी हुँदै छ।
पाँच अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएपछि राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने विधेयक दर्ता गरेपछि मात्र भूमिसम्बन्धी अध्यादेशलाई कार्यसूचीमा राख्न खोजेको स्रोतले बतायो। यो विधेयकमा एउटा दलसँग फुटेर बनेको पाँच वर्षसम्म पार्टी फुटाउन नपाउने व्यवस्थालाई हटाउने र पार्टी फुटाउन सहज हुने व्यवस्था राख्ने गरी विधेयक दर्ता हुन लागेको स्रोतको भनाइ छ।
राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फास्ट ट्र्याकमा पारित गर्ने सरकारको तयारी रहेको पनि स्रोतले बताएको छ। विधेयक दर्ता गरेपछि भूमिसम्बन्धी अध्यादेशलाई निर्णयार्थ प्रस्तुत गर्ने, यो अध्यादेशको स्वीकृत गराउन फ्लोरक्रस गर्ने वा अनुपस्थित हुने सांसदलाई सम्बन्धित पार्टीले कारबाही गरेर दल फुटाउन लगाउनेजस्ता नीति पनि हुन सक्ने अनुमान गरिएको छ।
भूमिसहित ६ अध्यादेश राष्ट्रपतिबाट पुस अन्तिम र माघको सुरुमा जारी भएका थिए भने माघ १८ बाट सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो दिनमा पेस भएका थिए तर पेस भएको एक महिनामा पनि स्वीकृत गराउन नसकेपछि सरकार नैतिक संकटमा परेको छ।
प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८८ र नेकपा एमालेका ७८ सांसद छन्। त्यहाँ दुवै पार्टीका सांसदले मात्रै पनि अध्यादेश स्वीकृत हुन सक्छन्। दुई सय ७५ सदस्यीय संसद्मा एक सय ३८ मतको आवश्यकता पर्छ। तर विधेयक वा अध्यादेश पारित वा स्वीकृतका लागि गणपूरक संख्या पुगे उपस्थित सदस्य संख्याको बहुमत पुगे पारित गर्ने गरिन्छ।
प्रतिनिधिसभामा कांग्रेस–एमालेको बहुमत भए पनि राष्ट्रियसभामा भने कांग्रेस एमालेको बहुमत पुग्दैन। माओवादी केन्द्रका १७, कांग्रेसका १६, एमालेका १०, नेकपा एकीकृत समाजवादी (नेकपा एस) का आठ, जसपा नेपालका तीन, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का एक, राष्ट्रिय जनमोर्चाका एक र मनोनीत तीन गरी राष्ट्रियसभा ५९ सदस्यीय छ। अध्यादेशको पक्षमा कांग्रेस, एमाले र मनोनीत दुई जना वामदेव गौतम र अन्जान शाक्य छन्। जसबाट २८ मत प्राप्त हुन्छ। राष्ट्रियसभामा सबै उपस्थित भए बहुमत पुग्न ३० मतको आवश्यकता पर्छ। निर्णायक मत जसपा नेपालसँग छ।
लोसपाको अडान पनि जसपा नेपालको जस्तै सरकारको पक्षमा छैन। राष्ट्रियसभामा एक सिटको प्रतिनिधित्व रहेको उसले जसपा नेपालले जस्तै भूमि अध्यादेश फिर्ता गर्नुपर्ने अडान लिएको छ। दुवै सदनमा स्वीकृत गर्ने गरी सम्भावित कार्यसूचीमा राखिएका अध्यादेशहरूमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश छन्।