बुधबार (आज) नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक जारी छ। तर, यो सन्दर्भ भने मङ्गलबार (हिजो)को हो। मङ्गलबार एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बसेको थियो। बिहान ११ बजे सुरु हुने भनिएको बैठक नेताहरू ढिलोगरी पुगेपछि अलि ढिला नै सुरु भयो।
बैठक अझ ढिला त्यतिबेला भयो, जतिबेला सम्मानित नेता झलनाथ खनालले मञ्चमा जानै मानेनन्। सुरुमा नेताहरूले बुझेनन्, किन नेता खनाल मञ्चमा जान मानेनन्। जबकि अरु बैठकहरूमा उनी सिधै मञ्चमै गएर बस्ने गरेका हुन्।
झलनाथ खनाल असन्तुष्ट विधानको व्यवस्था।तर, मङ्गलबार भने उनी पुगेर स्थायी कमिटी सदस्यहरूको कुर्सीमा बसे। त्यसपछि नेताहरूले मञ्चमा आउनका लागि भने। तर, उनी मानेनन्। त्यसपछि महासचिव घनश्याम भुसाललगायतका नेताहरूले उनलाई मञ्चमा त पुर्याए। तर, उनको असन्तुष्टि भने कायमै रह्यो। पछि बुझ्दा थाहा भयो, नेता खनालको असन्तुष्टि भर्खरै छापिएको विधानमा रहेछ। विधानको धारा ४० मा सम्मानित नेता केन्द्रीय कमिटीले तोक्ने भन्ने व्यवस्था छ। नेता खनालको असन्तुष्टि त्यहीँ रहेछ।
उनीनिकट एक नेताले भने, 'उहाँलाई महाधिवेशनले नै सम्मानित नेता तोकिसकेको अवस्था छ। तर, विधानमा केन्द्रीय कमिटीले तोक्ने भन्दा उहाँले असन्तुष्टि पोखाउनुभयो। उहाँले तोकिएपछि मात्रै मञ्चमा जान्छु भनेर भन्नुभयो।'
उसो त नेता खनाललाई गत असारमा सम्पन्न पार्टीको महाधिवेशनले नै सम्मानित नेता निर्वाचित गरिसकेको हो। त्यसबेला अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालसहित सम्मानित नेता खनाल पनि निर्वाचित भएका थिए। तर, अहिले आएर पुन: केन्द्रीय कमिटीले तोक्ने व्यवस्था गरिँदा नेता खनालले असन्तुष्टि जनाएका हुन्।
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देश चौतर्फी राजनीतिक सङ्कटमा रहेको बताएका छन्। शुक्रबार (आज) काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित नेकपा एकता अभियान र एकीकृत समाजवादीबीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन्।
'चौतर्फी सङ्कट फैलिरहेको छ। देश भयावह राजनीतिक सङ्कटमा छ। सामाजिक र सांस्कृतिक सङ्कट व्यापक रूपमा बढिरहेको छ। भ्रष्टाचार उसैगरी बढिरहेको छ। क्याबिनेटमा रहेका मन्त्रीहरू मुछिरहेका छन्। देश सङ्कटमा छ,' उनले भने।
खनालले अब वैज्ञानिक समाजवादमा जान सके मात्रै समस्याहरूको हल सम्भव हुने बताए। 'आजको गरिबीको अवस्थाबाट अगाडि बढाउँदै हामीले हाम्रै देशमा उद्योगहरूको विकास गर्ने, शिक्षाको रूपान्तरण गर्ने, हाम्रा युवाहरूलाई यहीँ कायम गर्न सक्ने काम हामीले गर्न सक्छौँ। त्यसका लागि वैज्ञानिक समाजवाद हो,' उनले भने।
उनले दुईवटा ठूला दल सरकारमा भए पनि जनता र देशका लागि केही राम्रो नभएको दाबी गरे। 'दुईवटा ठूला दल सरकारमा छन्। तर, त्यो नीति र कार्यक्रम, बजेटमा जनता र नेपाल राष्ट्रको हित गर्ने कुरा एउटा पनि छैन। त्यसैले आज देश सङ्कटमा छ,' उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...