शनिवार नेकपा एकीकृत समाजवादीको पहिलो अधिवेशन चलिरहेको छ। अधिवेशको उद्घाटन सत्रमा अक्सर सबैजसो केन्द्रीय नेताले निकै लामा लामा भाषण दिइरहेका छन्। अहिले अध्यक्ष माधवकुमार नेपाल मन्तव्य गर्दै छन्।
नेपालअघि सम्मानित नेता झलनाथ खनालले लामो मन्तव्य दिएका छन्। उनले भाषणका क्रममा कम्युनिस्टको प्राचीन दर्शन, सिद्धान्त, नेपालको वर्तमान अवस्था, कम्युनिस्ट आन्दोलनबारे फेहरिस्त धारणा सार्वजनिक गरे। सोही क्रममा उनी कहिले एमाले त कहिले कांग्रेसमाथि आक्रामक धारणा राखे। वर्तमान अवस्थामा कम्युनिस्ट आन्दोलनको प्रमुख प्रतिद्वन्द्वी कांग्रेस नै रहेको करार पनि गरे। कांग्रेसको बुई चढेर एमालेले सत्ता चलाउँदा उ कमजोर बनिरहेको पनि उनले दाबी गर्न भ्याए।
अहिलेको अवस्थामा नेपाली कम्युनिस्ट आन्दोलनको प्रमुख गन्तव्य वैज्ञानिक समाजवाद रहेको पनि खनालले धारणा राखे। सोही दिसामा दौडिन पनि कार्यकर्तालाई आह्वान गरे।
‘सबै प्रकारका शोषण, विभेद, अन्याय, अत्याचार, सारा समाप्त भएको समाज वैज्ञानिक समाजवाद हो,’ खनालले भने, ‘त्यतातिर कम्मर कसेर, सामान्य स्पिडले होइन, एकदम दौडिएर अघि बढौँ कमरेडहरू।’
त्यसपछि भने उनी वर्तमान व्यवस्थाको ख्याल राख्न भुले, अथवा आफ्नो अल्प ज्ञानमा छचल्किए । उनी बागमती प्रदेशलाई प्रदेश भन्न भुलेर अञ्चल भनिदिए।
‘र, बागमती अञ्चलका ११ जिल्लाहरू...’ उनले यत्ति भनेपछि हलमा होहल्ला गुन्जियो ‘अञ्चल होइन, प्रदेश’ । झलनाथ अलमलिएर सोधे ‘होइन..?’
फेरि हलबाट ‘बागमती अञ्चल होइन, प्रदेश’ भन्ने हल्ला सुनिन्छ। त्यसपछि खनाल ‘ए.बागमती प्रदेश’ भन्छन्। लगत्तै हलबाट ११ जिल्ला होइन, १३ जिल्ला भन्ने सुनिन्छ । खनाल राम्रोसँग सुन्दैनन्, अनि ‘कति ?’ भनेर प्रश्न गर्छन्। हलबाट ‘१३’ भन्ने उत्तर आएपछि खनाल अगाडि बढ्छन्।
‘तेह्रै जिल्लालाई १३ जिल्ला लाल किल्ला बनाउने दिशामा अगाडि बढाऔँ। मेरो भाषण समाप्त..,’ खनालले आफ्नो भाषण सके।