झलनाथको दाबीः कांग्रेसको बुई चढेर एमालेको साइज घट्यो
०३ फागुन २०८१
•
१ मिनेट पाठ
झलनाथको दाबीः कांग्रेसको बुई चढेर एमालेको साइज घट्यो
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली कम्युनिस्ट आन्दोलनको प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेस रहेको बताएका छन्। शनिवार नेकपा एस बागमतीको अधिवेशनलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन्। 




‘अहिले दक्षिणपन्थी अवसरवाद हाबी छ नेपाली कम्युनिस्ट आन्दोलनमा। अहिले हाम्रो मुख्य प्रतिद्वन्द्वी कांग्रेस हो,’ नेता खनालले भने, ‘तर कांग्रेसको बुई चढेर नेकपा एमाले चुरीफुरी गर्दै छ।’ 

अब एमालेको चुरीफुरी हराउने पनि खनालले दाबी गरे ‘अब त्यसको चुरी पनि हराउने वाला छ, फुरी पनि हराउने वाला छ,’ उनले भने। 

हरेक दिन एमालेको आकार घटिरहेको पनि उनले दाबी गरे । उनले भने, ‘हरेक दिन एमालेको आकार घट्दै छ। हरेक दिन एमालेभित्र विवाद बढ्दै छ । हरेक दिन त्यो पार्टीभित्र असन्तोष, आक्रोश, विरोध बढ्दै छ।’

कांग्रेसको बुई चढेर ०८४ बहुमत ल्याउँछु भन्ने एमालेको सपना दिवास्वप्न मात्रै रहेको खनालले दाबी गरे । 
अर्को समाचार
देश भयावह राजनीतिक सङ्कटमा छ : पूर्वप्रधानमन्त्री खनाल
०२ साउन २०८२
•
१ मिनेट पाठ
देश भयावह राजनीतिक सङ्कटमा छ : पूर्वप्रधानमन्त्री खनाल
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देश चौतर्फी राजनीतिक सङ्कटमा रहेको बताएका छन्। शुक्रबार (आज) काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित नेकपा एकता अभियान र एकीकृत समाजवादीबीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन्।




'चौतर्फी सङ्कट फैलिरहेको छ। देश भयावह राजनीतिक सङ्कटमा छ। सामाजिक र सांस्कृतिक सङ्कट व्यापक रूपमा बढिरहेको छ। भ्रष्टाचार उसैगरी बढिरहेको छ। क्याबिनेटमा रहेका मन्त्रीहरू मुछिरहेका छन्। देश सङ्कटमा छ,' उनले भने।

खनालले अब वैज्ञानिक समाजवादमा जान सके मात्रै समस्याहरूको हल सम्भव हुने बताए। 'आजको गरिबीको अवस्थाबाट अगाडि बढाउँदै हामीले हाम्रै देशमा उद्योगहरूको विकास गर्ने, शिक्षाको रूपान्तरण गर्ने, हाम्रा युवाहरूलाई यहीँ कायम गर्न सक्ने काम हामीले गर्न सक्छौँ। त्यसका लागि वैज्ञानिक समाजवाद हो,' उनले भने।

उनले दुईवटा ठूला दल सरकारमा भए पनि जनता र देशका लागि केही राम्रो नभएको दाबी गरे। 'दुईवटा ठूला दल सरकारमा छन्। तर, त्यो नीति र कार्यक्रम, बजेटमा जनता र नेपाल राष्ट्रको हित गर्ने कुरा एउटा पनि छैन। त्यसैले आज देश सङ्कटमा छ,' उनले भने।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस