धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले नयाँ पार्टी खोल्ने संकेत गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले ८४ मा बहुमत दिने भए पार्टी खोल्ने इच्छा व्यक्त गरेका हुन्। उनले लेखेका छन्, 'म बुझ्न चाहन्छु यदी ८४ मा बहुमत दिने भए म पार्टी खोल्छु!'
मिसन ८४ स्वरुप पार्टी खोलेमा भ्रष्टाचार गरी ठगी गरेर खर्बौं रुपैयाँ विदेशमा लगानी गर्नेहरू सबैलाई छानीछानी जेल कोच्ने यसको मूल एजेण्डा हुने मेयर हर्कको भनाइ छ। 'पार्टीको एजेण्डा एउटै हुने छ भ्रष्टाचार गरेर ठगी गरेर खर्बौं रुपैयाँ विदेशमा लगानी गर्नेहरू सबैलाई छानीछानी घोक्रे ठ्याक लाएर जेल कोच्ने!'
सोही क्रममा उनले विदेशमा पलायन भएको पैसा फिर्ता गर्ने उद्देश्यसहित सबैको साथ समेत खोजेको जनाएका छन्। उनले भने, 'पलायन भएको पैसा फिर्ता गर्ने! दिने हो साथ?'
यस्तै मेयर हर्कले यो देशको फोहोरी राजनीतिलाई सफा गर्ने हो र देशको फोहोर तह लगाउने नै हो भने माथि मूहानबाटै सफा गर्नु पर्ने बताएका छन्। उनले तल तल मात्रै सफा गरेर नहुने भन्दै मुहान नै दुषित भएको व्यंग्य समेत गरेका छन्।
धरान उपमहानगरपालिका परिसर तनावग्रस्त छ। मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाका समर्थिकबीच कुटाकुट भएपछि उपमहानगरपालिका परिसर तनावग्रस्त बनेको हो।
मङ्गलबार (आज) मेयर साम्पाङ र उपमेयर बेघाका समर्थिकबीच कुटाकुट भएको हो। उपमहानगरका प्रवक्ता सूर्यबहादुर भट्टराईका अनुसार मेयर साम्पाङले समर्थकहरूलाई बोलाएर उपमेयर बेघामाथि हुलहुज्जत गर्ने निर्देशन दिएपछि तनाव सृजना भएको हो।
‘मेयरसाबले समर्थकहरू बोलाएर उपमेयरमाथि दुर्व्यवहार गर्न खोज्नुभयो। त्यसपछि उपमेयरले पनि समर्थकहरू बोलाएर त्यसको प्रतिरोध गर्नुभयो, यसो हुँदा तनाव सृजना भयो,’ प्रवक्ता भट्टराईले नागरिकसँग भने।
उनका अनुसार मेयर साम्पाङका एक समर्थक घाइते भएका छन्। ‘मेयरसाबका एकजना समर्थक घाइते पनि हुनुभएको छ। यो अलिक पहिल्यैदेखिको विषय थियो,’ प्रवक्ता भट्टराईले भने।
भएको के हो ?
मेयर साम्पाङ र उपमेयर बेघाका बीचमा धेरै यस्ता विषयहरू छन्, जसले आपसी सम्बन्ध बिगारेका छन्। जसमध्ये यो स्थिति सृजना गर्ने एक विषय हो, नयाँ बजेटको सिलिङ निर्धारणका लागि सोमबार बसेको बैठक।
बैठक चलिरहँदा मेयर साम्पाङका समर्थकहरू ठूलो सङ्ख्यामा नगर परिसरमा देखिएका थिए। उनीहरूले सोमबार नै उपमेयर बेघामाथि हातपात गर्ने प्रयास गरेको दाबी गरिएको छ। यसपछि आज समर्थकहरूबीच कुटाकुट भयो।
यस्तै धरान १६ मा बनेको बहुभाषिक पाठशाला पनि यो तनावको अर्को विषय हो। त्यहाँ मेयर साम्पाङले श्रमदानबाटै तारजाली हालेका थिए। तर, काम सकिपछि उनले योजनाको रि-इस्टिमेट गराए र धरान १६ बाहिरका मान्छे राखेर उपभोक्ता समिति बनाए, त्यसको बिलसमेत नगरमा पेस गरे। यसमा उपमेयर बेघाले अडान लिए, उनको तर्क थियो- श्रमदानबाट पहिल्यै बनिसकेको काममा नगरबाट भुक्तानी गर्न मिल्दैन।
यसमा नगरले भुक्तानी दिएन। यसपछि थप सृजना उत्पत्ति भयो। उक्त समितिमा पनि आफूनिकट मात्रै मान्छे राखेको आरोप मेयर साम्पाङमाथि छ। ‘भुक्तानी रोकिँदा उहाँहरू आक्रामक बन्नुभयो,’ प्रवक्ता भट्टराईले भने, 'यी सबै विषयहरू थपिँदै आउँदा हुलहुज्जतसम्मको काम भयो।'
अर्कोतिर, श्रमदानका लागि भेला भएका श्रमदाताहरूले मजदुरका रूपमा ‘डोर हाजिरी’समेत गरेको भेटियो। यसपछि झन् तनाव सृजना भयो। यसमा पनि उपमेयर बेघाले भुक्तानी रोकेका थिए।
मेयर साम्पाङले भने यसलाई अफवाह भनेका छन्। श्रमदानबाट कति काम भयो भनेर रेकर्डका लागि अभिलेखिकरण राख्ने चलन भएको र त्यसका लागि मात्रै लेखिएको भनाइ उनको छ। उनले उपमहानगरकै लेखामा हेर्नसमेत चुनौती दिएका छन्।
'त्यो एउटा प्रक्रिया हुन्छ, प्रक्रिया के हुन्छ भनेदेखि यति बराबरको योगदानचाहिँ श्रमदाताले गरे भन्ने कुरा; जस्तै १७ लाखको योजना हो, १० लाखको श्रमदान र ७ लाखको तारको जाली किन्यो भन्ने कुराको मूल्याङ्कन गर्ने त ? त्यो बिना भनेर चाहिँ त्यो उठाइएको हो। त्यसमा चाहिँ टिप्पणीमा लेखिएको छ कि श्रमदाताले भुक्तानी नलिने भन्ने कुरा लेखिएको छ। त्यसैले यो कुरालाई उनीहरूले खाली अफवाहका रूपमा फैलाइरहेका छन्। यसरी श्रमदानबाट गरिएका अरु पनि कामहरू हाम्रा थुप्रै छन्। जसमा चाहिँ यति रकम बराबरको काम चाहिँ श्रमदानबाट गरियो अथवा जनसहागिताबाट गरियो भनेर रेकर्ड राख्नका लागि गरिएको हो त्यो,' उनले भनेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...