भौतिक पूर्वाधार मन्त्रालय खारेजीको प्रस्ताव गरेका पौडेललाई मन्त्री दाहालको जवाफ- व्यर्थ बहस
२७ माघ २०८१
•
१ मिनेट पाठ
भौतिक पूर्वाधार मन्त्रालय खारेजीको प्रस्ताव गरेका पौडेललाई मन्त्री दाहालको जवाफ- व्यर्थ बहस
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय खारेजीको प्रस्ताव गर्ने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेललाई मन्त्री देवेन्द्र दाहालले जवाफ फर्काएका छन्।




मन्त्री दाहालले मन्त्रालय खारेजीको बहसलाई व्यर्थ भनेका छन्। 'भौतिक पूर्वाधार मन्त्रालय नै खारेज गर्ने विषयको बहस व्यर्थ र औचित्यहीन छ,' आइतबार (आज) मन्त्री दाहालको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विज्ञ मानिएका व्यक्तिमार्फत नै यस प्रकारको धारणा आउँदा आफू छक्क परेको मन्त्री दाहालले बताएका छन्। 'नेपालको भौतिक पूर्वाधार मन्त्रालय नै पो खारेज गरौँ भन्नुभएछ। यसरी कुरा आउँदा मलाई अरू कुराभन्दा पनि यस्ता मान्छे पनि नेपालको थिंक ट्यांक संस्थामा नेतृत्व गर्न पुगेछन् भन्ने कुरामा पो चिन्ता लाग्यो,’ विज्ञप्तिमा लेखिएको छ।

यसअघि माघ २४ गते अर्थशास्त्रीसमेत रहेका पौडेलले अमेरिकाले यूएसएआईडी कार्यक्रम खारेज गरेको भन्दै नेपालले पनि भौतिक पूर्वाधार मन्त्रालय खारेजीको प्रस्ताव गरेका थिए।

'अमेरिकामा यूएसएआईडी खारेज गरेको देख्दा मेरो मनमा पनि नेपालमा एउटा संस्थाचाहिँ खारेज गर्नुपर्छ भन्ने लागेको छ,' पौडेलले आफ्नो आधिकारिक फेसबूकमा लेखेका थिए, 'ऊर्जा मन्त्रालयमा जस्तो प्रगति सडकमा हुनै सकेन र अब यो स्थिति लामो जानु हुँदैन। यसको प्रथम बिन्दु भनेको साविक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको खारेजी नै हो।'

यसपछि मन्त्री दाहालले उनको 'काउन्टर'मा यस्तो जवाफ फर्काएका हुन्।

यो पनि पढ्नुहोस्

भौतिक पूर्वाधार मन्त्रालय खारेज गर्न राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेलले प्रस्ताव
अर्को समाचार
आर्थिक वर्ष सकिनै लाग्दा सडक विभागमा महानिर्देशक फेरिए
१२ जेष्ठ २०८२
•
२ मिनेट पाठ
आर्थिक वर्ष सकिनै लाग्दा सडक विभागमा महानिर्देशक फेरिए
चालु आर्थिक वर्ष २०८१-८२ सकिनै लाग्दा १ खर्ब ७ अर्ब वजेट भएको सडक विभागमा नेतृत्व फेरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहालले सोमबार विभागका महानिर्देशक रामहरि पोखरेललाई मन्त्रालयमा सरुवा गरी उनको ठाउँमा डा. विजय जैशीलाई ल्याएका छन । जैशीले सोमबार नै कार्यभार सम्हालेका छन् । जैशी यसअघि विभाग मातहत बैदेशिक महाशाखाको महाशाखा प्रमुख थिए ।  




मन्त्रालय स्रोतका अनुसार मन्त्री दाहालकै चाहनामा विभागमा महानिर्देशक फेरिएका हुन् । भौतिक सचिव केशव शर्मालगायत केही उच्च कर्मचारीहरूले आर्थिक वर्ष सकिने बेला विभागमा नेतृत्व फेर्दा गलत सन्देश जाने भन्दै आर्थिक वर्ष सकिए पछि मात्र डिजी फेर्न मन्त्रीलाई सुझाव दिएका थिए । ‘तर मन्त्रीज्यू डिजी फेर्ने अडानमा अलिकति पनि लचक हुनु भएन’ मन्त्रालयका एक उच्च कर्मचारीले भने ।  

मन्त्री दाहालको सचिवालयमा कार्यरत एक कर्मचारीले भने कामको गति देखाउन आर्थिक वर्ष सकिनै लाग्दा महानिर्देशक परिवर्तन गर्नु परेको बताए । ‘मन्त्रीज्यूलाई प्रगति बढाउन दबाब आएको छ। प्रगति देखाउनकैलागि डिजि फेर्नु भएको हा’ उनले भने ।

मन्त्री दाहालले निवर्तमान महानिर्देशक पोखरेललाई मन्त्रालयमा सरुवा गरेका छन् । हाल योजना महाशखाामा कार्यरत उपमहानिर्देशक उमेश विन्दु श्रेष्ठलाई मन्त्रालयमा लगिएको छ । जैशीभन्दा उमेशविन्दु वरिष्ठ भएकोले कनिष्ठको मातहतमा वरिष्ठ बस्न नमिल्ने कारण देखाउँदै उमेश विन्दुलाई मन्त्रालयमा सरुवा गरिएको छ ।  

डा. जैशीको ठाउँमा हाल सम्भार महाशाखामा कार्यरत अर्जुन अर्याललाई लगिएको छ भने उमेश विन्दुको ठाउँमा मन्त्रालयबाट प्रभात झालाई लगिएको छ ।  

भौतिक पूर्वाधार मन्त्रालयमा कार्यरत सपुरिटेडेण्ठ इञ्जिनियर (सहसचिव सरह)मध्ये पहिलो नम्बरमा भिमार्जुन अधिकारी, दोस्रोमा सुशील बाबु ढकाल, तेस्रोमा रामहरि पोखरेल, चौथौमा उमेश विन्दु श्रेष्ठ, पाँचौमा भुवन अधिकारी (मेकानिकल) तथा छैटौ नम्बरमा वनमा नियुक्त डिजी जैशी कार्यरत छन् । जैशी र प्रभात झा एउटै व्याचका कर्मचारी हुन् । छैटौ नम्बरमा जैशी महानिर्देशक भइसक्दा पनि पहिलो नम्बरका सहसचिव अधिकारीले भने अहिलेसम्म सडकको महानिर्देशक बन्ने अवसर पाएका छैनन् ।  

मन्त्री दाहालको सचिवलायले दिएको जानकारी अनुसार दाहाल सोमबार साँझ यातायता सम्बन्धी कार्यक्रममा भाग लिन कोरिया जाने कार्यक्रम तय छ । कोरिया जानु अघि दाहालले डिजी फेरेका छन् ।

विभागले अहिलेसम्म विनियोजित बजेटको ५० प्रतिशतपनि खर्च गर्न सकेको छैन । आर्थिक वर्षको बाँकी डेढ महिनामा एकै पटक ठुलोमात्रामा बजेट खर्च हुँदैछ ।
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
यो पनि पढौँ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस