अहिले दिल्लीको विधानसभा निर्वाचनको नतिजा आउने क्रम सुरु भएको छ। सो क्रममा आम आदमी पार्टी (आप) का संस्थापक तथा संयोजक अरविन्द केजरीवालले नयाँ दिल्ली सिटबाट पराजय भोग्नु परेको छ।
यसै प्रसंगलाई लिएर नेकपा एमालेका नेता महेश बस्नेतले टिप्पणी गरेका छन्। बस्नेतले शनिबार सामाजिक सञ्जालमा केजरीवाल र रास्वपा सभापति रवि लामिछानेको तस्बिर सेयर गर्दै पपुलिष्ट व्यक्ति र पार्टीको हार निश्चित रहेको बताएका छन्।
उनले भारतमा लामो समयदेखि पपुलिस्ट नारा दिएर दिल्लीको शासन सम्हालेको केजरीवाल र आम आदमी पार्टी पराजित हुन पुगेको बताउँदै नेपालमा पनि पपुलिस्ट नारा दिएर उदाउँदै गरेका व्यक्ति र पार्टी हराउने कुरा निश्चितै भएको बताएका हुन्।
केजरीवालको उदय भ्रष्टाचारको मुद्दा र विलय इन्डियामा नेपालमा रवि लामिछानेको उदय सहकारी ठगीको मुद्दा र विलय उस्तै उस्तै हुने बस्नेतले टिप्पणी गरे।
उनले लेखेका छन्, 'इन्डियामा लामो समयदेखि पपुलिस्ट नारा दिएर दिल्लीको शासन सम्हालेको केजरीवाल र आम आदमी पार्टी पराजित हुन पुगेको छ। नेपालमा पनि पपुलिस्ट नारा दिएर उदाउदै गरेका ब्यक्ती र पार्टी हराउने कुरा निश्चितै छ। केजरीवालको उदय भ्रष्टाचारको मुद्दा र विलय इन्डियामा नेपालमा रवि लामिछानेको उदय सहकारी ठगीको मुद्दा र विलय उस्तै उस्तै हुनेछ। बालेन्द्र हर्केको कुरै नगरौँ।'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठले रास्वपालाई 'चट्टानको घर बनाउँदै गरेको शक्ति' का रूपमा अर्थ्याएका छन्। सोमबार (आज) साँझ एक फेसबूक लेख्दै उनले यसो भनेका हुन्।
उनले सिसाको महलमा बस्नेहरूले निहुँ खोजिरहेको पनि बताएका छन्। उनी भन्छन्, 'सिसाको महलमा बस्नेहरूले सानै भए पनि दृढताका साथ चट्टानको घर बनाउँदै गरेकाहरूसँग निहुँ नखोजे कै राम्रो।'
रास्वपाले पार्टी सभापति रवि लामिछानेविरुद्ध राज्यले प्रतिशोध साँधिरहेको जिकिर गर्ने गरेको छ। त्यही आशयको स्टाटस लेख्दै श्रेष्ठले 'अहङ्कारको अन्त्य' हुने बताएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...