चितवनमा भट्टराईको गुनासाेः जनताले ठगलाई नेता माने, रास्वपामा धेरै त्यस्ता छन्
१९ माघ २०८१
•
१ मिनेट पाठ
चितवनमा भट्टराईको गुनासाेः जनताले ठगलाई नेता माने, रास्वपामा धेरै त्यस्ता छन्
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले नेपाली जनता भ्रमित भएर ठगलाई नेता मान्न पुगेको बताएका छन्। शनिवार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले यस्तो दाबी गरेका हुन्। 




‘तपाईँ मूल्याङ्कन गर्नुस् हामीले दिएको ठिक कि रवि लामिछाने ठिक ? हामीले दिएको उम्मेदवार ठिक कि हरि ढकाल ठिक?,’ चितवनका जनतालाई सोध्दै भट्टराईले भने,‘मान्छेहरू कहाँ पुगे भने एउटा ठगलाई नेता मान्न पुगे।’ 

अन्तर्राष्ट्रिय स्तरमा ठग्दै हिँडेको व्यक्ति भन्दै भट्टराईले आरोपित गरे। ‘७/८ वटा बैङ्क ठगेको। अमेरिकामा दुई वटा श्रीमती छोडेको, बालबालिकालाई बिचल्ली बनाएको। अनि अरबबाट एक दुई अरूको बच्चा गरिदिए वाह !,’ भट्टराईले भने। जसले आफ्नो बालबच्चाको बिचल्ली बनाएर अमेरिकाबाट आएको छ त्यो मान्छे यहाँ लोकप्रिय भएको भन्दै उनले आश्चर्य प्रकट गरे। 

‘यो कुरा पनि हामीले बुझ्नुपर्छ। एउटा गोजीमा नेपाली पासपोर्ट छ, अर्को गोजीमा विदेशी पासपोर्ट बोकेको छ। एउटा खल्तीमा ग्रिन कार्ड छ, अर्कोमा नेपाली नागरिकता छ। एउटामा पिआर छ, अर्कोमा नेपाली नागरिकता छ,’ उनले भने, ‘एउटा गोडा विदेशमा छ, अर्को नेपालमा छ। आज रास्वपामा भएका धेरैको अवस्था त्यो छ।’ 

चितवनमै सहारा सहकारी ठगिएको उदाहरण दिँदै भट्टराईले अगाडि भने, ‘सात आठ हजार ठगिएका छन्, एउटा निर्वाचित सांसदले भन्छ–प्रबन्ध निर्देशकले चेक नकाटेर घाँस काट्ने हो भन्छ। कसको पैसाको चेक काट्यो ? उसलाई थाहा हुँदैन रे, जान्ने पार्टी नजितेसम्म जान्ने रहेछ, जितिसके पछि खान मात्र जान्ने।’ 

अनि यसरी जनताको पैसाको चेक काटेर हिनामिना गरेको मान्छेलाई अनुसन्धान गर्दा अन्याय भएको भन्ने भाष्यबारे पनि उनले आश्चर्य प्रकट गरे । उनले भने, ‘हामीहरू अन्याय भयो, पाँच ठाउँमा लैजाने ? घुमाउने भन्छौँ। ए बाबा एउटा सहकारीमा मात्र जोडिएको भए पो एक ठाउँमा बयान हुन्छ।’  
अर्को समाचार
'सिसाको महलमा बस्नेहरूले चट्टानको घर बनाउँदै गरेकाहरूसँग निहुँ नखोजेकै राम्रो'
१६ असार २०८२
•
१ मिनेट पाठ
'सिसाको महलमा बस्नेहरूले चट्टानको घर बनाउँदै गरेकाहरूसँग निहुँ नखोजेकै राम्रो'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठले रास्वपालाई 'चट्टानको घर बनाउँदै गरेको शक्ति' का रूपमा अर्थ्याएका छन्। सोमबार (आज) साँझ एक फेसबूक लेख्दै उनले यसो भनेका हुन्।




उनले सिसाको महलमा बस्नेहरूले निहुँ खोजिरहेको पनि बताएका छन्। उनी भन्छन्, 'सिसाको महलमा बस्नेहरूले सानै भए पनि दृढताका साथ चट्टानको घर बनाउँदै गरेकाहरूसँग निहुँ नखोजे कै राम्रो।'

रास्वपाले पार्टी सभापति रवि लामिछानेविरुद्ध राज्यले प्रतिशोध साँधिरहेको जिकिर गर्ने गरेको छ। त्यही आशयको स्टाटस लेख्दै श्रेष्ठले 'अहङ्कारको अन्त्य' हुने बताएका हुन्। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस