कांग्रेसले पार्टी सुदृढीकरणका लागि चलाएको सय दिने अभियानमा कपिलवस्तुका कांग्रेस नेता तथा कार्यकर्ताहरूले एक अर्काको अस्तित्व स्वीकार नगर्नु र दोषारोपण तथा अन्तर्घातले कांग्रेस कमजोर बन्दै गएको निष्कर्ष निकालेका छन् । २०४८ देखि २०७० साल सम्म कांग्रेस जिल्ला बलियो रहे पनि गुटगत राजनीति, दोषारोपण र अन्तर्घातले झनै कमजाेर बनेको उनीहरु भनाई छ ।
कांग्रेस कपिलवस्तुले तौलिहवा स्थित पार्टी कार्यालयमा शहीद दिवस तथा सय दिने समापन समारोहमा राखेको कार्यक्रमका बर्ताहरूले अगुवा नेताहरु कै कारण कांग्रेस विगतको तुलनामा जिल्लामा कमजोर बनेको बताए । कांग्रेस केन्द्रीय सदस्य गहेन्द्र गिरीले आरोप प्रत्यारोपका कारण कपिलवस्तुमा कांग्रेस विगतको तुलनामा कमजोर बनेको बताए । उनले एकले अर्काको अस्तित्व स्वीकार नगर्दा पार्टी कमजोर बन्दै गएको बताए । पार्टीमा त्याग र काम गर्ने भन्दा बढी काम नगर्नेले धेरै कुरा मात्र गर्दा अहिले पार्टीको स्थिति कमजोर बनेको उनी बताउँछन् । उनले कामको मूल्याङ्कन गरी एकले अर्काको अस्तित्व स्वीकार गर्नु पर्ने तथा आ– आफ्नो कमी कमजोरी सच्चाएर मेलमिलाकासाथ अघि बढ्नु पर्ने बताए ।
सो अवसरमा पार्टीको लुम्बिनी प्रदेश महामन्त्री तथा सांसद सुरेन्द्रराज आचार्यले पाका नेताहरुले सही बाटो नदेखाउँदा पार्टी विगतको तुलनामा कमजोर बनेको बताए । उनले पाका नेताहरु नै पार्टीलाई सही दिशा दिन नसक्दा अहिलेको अवस्था आएको बताए । पार्टीको स्थिति मजबुत बन्छ भने आफुले जस्तो सुकै त्याग गर्न तयार रहेको बताए । उनले विगतको कमीकमजोरीलाई आत्मआलोचना गरी अघि बढ्नु पर्ने र सबै मिलेर पार्टीलाई एक बनाउनु पर्ने बताए । उनले क्रियाशील सदस्यको अभियानलाई सही ढंगले अघि लैजानु पर्ने बताए ।
पार्टीका पूर्व केन्द्रीय सदस्य अतहर कमालले पार्टी बलियो बनाउन आफूले सबै पद त्याग गर्न तयार रहेको बताए । उनले पार्टीमा सांसदको उम्मेदवार ३ पटक भन्दा बढी बन्न नपाउने गरी अघि बढ्नु पर्ने बताए । उनले कुरा गर्दा सिद्धान्तको गर्ने तर व्यवहार ठीक उल्टा गरिने भएकाले समस्या आएको बताए । सो अवसरमा पूर्व सांसद तथा नेता दीप कुमार उपाध्यायले कांग्रेससंग अब सकिने कि सच्चिने विकल्प रहेको बताए । उनले विगतको कमीकमजोरीलाई सच्चाएर पार्टीलाई मजबुत बनाउनु पर्ने बताए । उनले व्यक्तिवादी प्रवृत्तिका कारण पार्टी कमजोर बनेकोले नेतृत्वमा बसकोहरुले यसको जिम्मेवारी लिनु पर्ने बताए । उनले पार्टीलाई चलायमान बनाउनु पर्ने बताए ।
कार्यक्रममा पार्टीका पूर्व जिल्ला सभापति राजशे आचार्यले सय दिने अभियानमा खटाइएकाहरूले समेत केही वडामा कार्यक्रम नगर्नु दुःखको कुरा भएको बताए । त्यस्ता वडाका अन्य कुनै नाम दिएर कार्यक्रम गर्नु पर्ने उनले जोड दिए । कार्यक्रममा पार्टीलाई एक ढिक्का बनाउनु पर्नेमा जोड दिइएको थियो । विगतका कमीकमजोरीलाई बिर्सिएर पार्टीलाई एक ढिक्का बनाई मजबुत बनाउनु पर्नेमा जोड दिए । बिगतमा भएको कमी कमजोरीलाई थाती राख्दै फेरी एक हुनु पर्नेमा नेता कार्यकर्ताको भनाई छ ।
पार्टी जिल्ला सभापति अब्दुल कलामले दोषारोपण र अन्तर्घात हटाई मिलेर जानु पर्ने बताए । उनले पार्टीलाई बलियो बनाउन सबै मिल्नुको विकल्प नरहेको उनी बताउँछन् । पार्टी जिल्ला अध्यक्ष कलामको अध्यक्षता, सचिव शक्ति सिंह ठकुरीको सञ्चालनमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य सुधारक पाण्डेय नेता कमलेश कुमार शर्मा, पूर्व केन्द्रीय सदस्य राजेश सिंह लगातले पार्टीलाइ एक ढिक्का बनाउनु पर्नेमा जोड दिएका थिए ।