नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी पार्टीलाई जनतासँग अझ नजिक ल्याउने अभियानमा सक्रिय रहेको बताएका छन्। उनले पूर्वदेखि पश्चिमसम्म ‘जनतासँग माओवादी’ अभियानलाई विशेष महत्वका साथ सञ्चालन गर्ने घोषणा गरे।
कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिले आयोजना गरेको नेता-कार्यकर्तासँगको संक्षिप्त भेटघाट कार्यक्रममा बोल्दै दाहालले माओवादीप्रति जनताको विश्वास कायमै रहेको दाबी गरे।
उनले विगतका अभियानहरूमध्ये ‘जनतासँग माओवादी’ अभियानलाई उत्कृष्ट बनाउन विशेष रणनीति तयार गरिएको जानकारी दिए।
दाहालले पार्टीलाई सुदृढ बनाउन हजारौं नेता-कार्यकर्तालाई पार्टीमा प्रवेश गराउने योजना अघि सारे। यसले माओवादीलाई जनताको थप नजिक पुर्याउने विश्वास व्यक्त गर्दै, पछिल्लो १८ महिनामा माओवादी नेतृत्वको सरकारका सुशासन, भ्रष्टाचारविरोधी कदम, र सामाजिक विभेदविरुद्धका क्रियाकलापले सकारात्मक प्रभाव पारेको सुनाए।
उनलेले मधेसी-मुस्लिम समुदायको अधिकार सुनिश्चित गर्न विशेष प्रस्ताव पारित भएको उल्लेख गर्दै, पार्टीले समाजका सबै तहका जनतालाई समेट्दै अघि बढ्ने बताए। उनका अनुसार अहिले देशभर माओवादीमा प्रवेश गर्नेको लहर चलेको छ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल ‘बलदेव’ ले वर्तमान सरकार नागरिकमैत्री बन्न नसकेको र भ्रष्टाचारमा लिप्त भएकाले देश संकटतर्फ उन्मुख रहेको आरोप लगाए। उनले माओवादीले विभेद र विकृतिमुक्त समाज निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा जिल्ला इन्चार्ज रुद्र बन्जाडे, जिल्ला संयोजक विष्णु बेल्वासे लगायतका नेताहरूले पनि जनताको भावना समेट्दै माओवादीलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता जनाए।