संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा उनले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा वैठक सम्पन्न भईसकेको जानकारी दिए ।
मन्त्री पाण्डे भने, 'पर्यटन क्षेत्रका समस्या देखि एयरलाइन्स सम्मका समस्या हल गर्नका लागि बृहत् रूपमा छलफलका लागि भेला गर्दै छौं,त्यसमा समितिको साथ र सहयोगको अपेक्षा गरेका छौं। पोखरा र भैरहवाको विमानस्थल नियमित संचालनका लागि हामी समीक्षा गरिरहेका छौं, केही निकायहरू त्यहाँ गएपछि दुईवटा एयरपोर्ट नियमित सञ्चालन हुनेछन ।'
उनले पर्यटन संस्कृति नीति अन्तिम चरणमा रहेको र नागरिक उड्डयन सम्बन्धि विधेयक मन्त्रिपरिषद्ले पास गरिसकेको बताए ।
मन्त्रालयका सचीव डा.गणेशप्रसाद पाण्डेयले मन्त्रालयका कामकारवाहीको बारेमा जानकारी गराउँदै पुँजी, प्रबिधि, जनशक्तिको सिमितताले अपेक्षा अनुसारको काम गर्न नसकिएको उल्लेख गरे ।