सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐनको मस्यौदामा दलगत ट्रेड युनियनका विषयमा हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐनमा राखिएका प्रावधान कायमै राख्न कर्मचारीहरूले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापाति शेरबहादुर देउवासँग आग्रह गरेका छन्।
कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनका पदाधिकारीहरूले बुधबार देउवानिवास बुढानिलकण्ठमा गई उक्त आग्रह गरेका थिए। जवाफमा देउवाले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अब आउन लागेको कानुनमा संसद्को राज्य व्यवस्था समिति बैठकमा दलगत ट्रेड युनियन गठन गर्न नमिल्ने भनी राखेको धारणा पार्टीको आधिकारिक नभएको र व्यक्तिगत विचार भएको धारणा राखेको युनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले बताए।
‘हामीसँगको भेटघाटमा सभापतिज्यूले घिमिरेज्यूलाई टेलिफोन गर्नुभयो, तर उहाँको फोन उठेन। त्यसपछि उहाँले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई फोन गरी चाँडोभन्दा चाँडो संघीय निजामती सेवा ऐन जारी गर्न र कर्मचारीहरूका माग सम्बोधन गर्न निर्देशन दिनुभएको थियो।’
उक्त भेटमा गएका युनियनका उपमहासचिव इन्दु शर्मा पौडेलले भेटघाटमा देउवाले कर्मचारीका सम्बन्धमा युनियनले राखेका माग सम्बोधन गर्न र छलफलबाटै विधेयक अघि बढाउने आश्वासन दिएको बताए। देउवासँगको भेट गर्न युनियका अध्यक्ष गोपाल पोखरेल, यज्ञ वली, राजन खड्कालगायतका कर्मचारी नेताहरू बुढानिलकण्ठ पुगेका थिए।
केही दिनअघि बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले दलैपिच्छे ट्रेड युनियन आवश्यक नपर्ने धारणा राखेपछि यस विषयमा बहस सुरु भएको छ। संघीय निजामती सेवा ऐनको मस्यौदामाथि छलफल गर्न राज्य व्यवस्था समितिको बैठकमा बोल्दै घिमिरे र बर्तौताले धारणा राखेका थिए।
घिमिरे र बर्तौलाबाट यस्तो धारणा आएपछि विभिन्न दलनिकट पाँच कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै दम्भ नदेखाउन सांसदहरूलाई चेतावनीसमेत दिइसकेका छन्।