भारतलाई देखाउन ओली हारगुहार गरेर चीन गएका हुन्: वर्षमान पुन
०१ पौष २०८१
•
३ मिनेट पाठ
भारतलाई देखाउन ओली हारगुहार गरेर चीन गएका हुन्: वर्षमान पुन
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले चार महिनासम्म भारत जाने प्रयास सफल नभएपछि प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा गएको बताएका छन्।




माओवादी केन्द्र जलजला गाउँपालिका, पर्वतको तेश्रो अधिवेशन उदघाटन गर्दै पुनले  भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध कायम गरेर उनीहरुको आर्थिक विकासबाट नेपालले आर्थिक लाभ लिन सक्ने उल्लेख गरे।

प्रधानमन्त्री चीन भ्रमणमा गएको विषयमा नभई पहिला भारत जाने प्रयास असफल भएपछि उसलाई देखाइदिने मनसाय बोकेर चीन गएकामा आफूहरुले आपत्ति जनाएको पुनको भनाइ थियो। पूर्ववर्ती पुष्पकमल दाहाल सरकारले सन्तुलित परराष्ट्र नीति अपनाएर चीनसँग ठूला विकास परियोजनामा सहयोग लिएको र भारतमा १० हजार मेगावाट विद्युत निर्यातसम्बन्धी समझदारी गरेको स्मरण पुनले गरे। तर, वर्तमान सरकारले छिमेकीहरुका बीचमा असन्तुलित सम्बन्ध राख्न खोजेकाले आफ्ना अध्यक्ष प्रचण्डले खबरदारी गरेको पुनले उल्लेख गरे।

'विश्वको राजनीति बहुध्रुवीयबाट व्यवस्थातिर गइरहेका बेला मुलुकको कूटनीति सञ्चालन गर्दा कतैतिर नढल्किने गरी परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा वर्तमान सरकारले असन्तुलित नीति अपनाएको छु, पुनले भने,  'चार महिनासम्म लगातार प्रयास गर्दा पनि भारतले नबोलाएपछि हारगुहार गरेर प्रधानमन्त्री केपी ओली चीन जानुभयो । एकातिर ढल्किन खोज्ने, अनि नपत्याएपछि उसलाई देखाइदिन अर्को छिमेकीतिर ढल्किने तरिकाले हाम्रो राष्ट्रिय स्वाधिनता कमजोर बनाउँछ । चीन र भारतका बीचमा खेलेर होइन, दुवैसँग सहयोग लिने र सन्तुलन कायम गर्न जोड दिइनुपर्छ भन्ने हाम्रो मान्यता हो।'  पुनले ओलीलाई चीनले निम्ता नदिए पनि भारतलाई देखाउने नाममा पटकपटक अनुनय बिनय गरेर बोलाउन लगाएको दाबी गरे।

प्रधानमन्त्री ओलीले गत मंसिर १७ देखि २० गतेसम्म उत्तर छिमेकी चीनको औपचारिक भ्रमण गरेका थिए।

पुनले भ्रष्टाचारी जोगाउन बिचौलियाहरुले कांग्रेस र एमाले मिलाएर वर्तमान सरकार  बनाएको भन्ने आफूहरुको आरोप  घटनाक्रमहरुले पुष्टि गरेको दाबी गरे।

दायाँबायाँ आधादर्जन बढी भ्रष्टाचार र अनियमिततामा मुछिएका मन्त्रीहरुले घेरिएर आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने भाषण बन्द गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे। अगाडि फर्किएर भ्रष्टाचारीको मुख हेर्दिन भन्ने ओलीलाई दायाँबायाँ उभिएका आफ्ना मन्त्रीका अनुहार हेर्न उनले सुझाए । ओली र काँग्रेस सभापति शेरबहादुर देउवाको उठबस बिचौलिया र अनियमितता गर्नेस्वार्थ समूहसँग रहेको आरोप उनले लगाए।  

ज्ञानेन्द्र शाहले लात हानेका बेला आफूहरुले सहकार्यको हात दिएपछि जनताले तत्कालीन अवस्थामा कांग्रेस र एमालेलाई माफी दिएको भन्दै पुनले भ्रष्टाचारी चरित्र सुधार नगरे ती दुई पार्टीलाई जनताले दण्डित गर्ने टिप्पणी गरे ।

भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध खबरदारी गर्ने र पार्टीलाई परिस्कृत गरी नयाँ जीवन दिने काममा आफूहरु लागेकाले प्रतिनिधिसभाको यो कार्यकालभरि सरकार प्राथमिकतामा नरहेको उनको स्पष्टोक्ति थियो ।  

माओवादी एक्लै चुनाव लड्न सक्दैन भन्नेहरुलाई गत महिना सम्पन्न स्थानीय तहको उपनिर्वाचनले राम्रो जवाफ दिएको पुनले उल्लेख गरे । ०८४ को निर्वाचनमा वडादेखि प्रतिनिधिसभासम्म एक्लै चुनाव लड्ने गरी अहिल्यैदेखि तयारी थालिएको उनले बताए ।
अर्को समाचार
मोहन वैद्यलाई भेट्न पुगे वर्षमान र ओनसरी
१२ असार २०८२
•
१ मिनेट पाठ
मोहन वैद्यलाई भेट्न पुगे वर्षमान र ओनसरी
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्ती क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव मोहन वैद्यलाई भेटेर उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।




पुन र घर्ती दम्पतीले बिहीबार काठमाडौंको टोखा हाइटस्थित वैद्य निवास पुगेर वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो ।

वैद्य लामो समयदेखि दमको समस्याबाट पीडित छन् । पछिल्लो समय दम बढ्नुका साथै छातीमा संक्रमण देखिएपछि ७९ वर्षीय वैद्य गत १५ जेठमा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । उनलाई १० दिनसम्म त्रिवि शिक्षण अस्पतालको सघन (आइसियुमा) राखिएको थियो । लामो समय उपचार गराएर वैद्य २ असारमा अस्पतालबाट डिस्चार्ज भएका थिए ।

नेता पुनका अनुसार वैद्यको स्वास्थ्य अवस्थामा चमत्कारिक सुधार देखिएको छ । ‘स्वास्थ्य अवस्था धेरै राम्रो भएको रहेछ । पहिला नियमित अक्सिजन लगाउनुपर्नेमा अहिले अक्सिजन नलगाई बस्न सक्ने हुनुभएछ’, पुनले भने, ‘बिहान बेलुका हल्का हिँड्न पनि थालेको छु भन्नुहुन्थ्यो ।’ पुन दम्पती आफ्नो स्वास्थ्य अवस्था बुझ्न आएकोमा वैद्यले खुसी व्यक्त गरे । आफूहरूबिच राजनीतिक भन्दा स्वास्थ्य र पारिवारिक सम्बन्धबारे कुराकानी भएको पुनले उल्लेख गरे। 

वैद्य तत्कालीन नेकपा (माओवादी) को पूर्वी केन्द्रीय कमाण्डको इन्चार्ज हुँदा पुन सोही कमाण्डको दोश्रो वरियताको नेतासहित सैन्य फाँटको इन्चार्ज थिए । ०६१ सालमा पुन दम्पतीको दोश्रो सन्तानका रुपमा छोरा जन्मिँदा उनीहरु सँगै थिए । ‘हाम्रो बिचमा धेरै गहिरो भावनात्मक सम्बन्ध छ । हाम्रो छोराको नाम उत्सव उहाँले नै राखिदिनुभएको थियो । करिब ६ महिना सुष्मा भाउजू (वैद्य पत्नी) ले हाम्रो बाबुको स्याहार र संरक्षण गर्नुभएको थियो । हामीले ती कुराहरु पनि सम्झियौँ ।’
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
यो पनि पढौँ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस