एमालेमा गुटबन्दी स्वीकार, निराकरणको खोजी
०१ पौष २०८१
•
५ मिनेट पाठ
एमालेमा गुटबन्दी स्वीकार, निराकरणको खोजी
ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा आइतबार सुरु भएको राष्ट्रिय कार्यशालामा बोल्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर: रासस
नेकपा एमालेले दसौं महाधिवेशनपछि पहिलो पटक पार्टीभित्र गुटबन्दी रहेको स्वीकार गरेको छ। किनकि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा देशभरिबाट बोलाइएका तीन सय एक नेतालाई शनिबार सुरु भई आइतबारसम्म चल्ने कार्यशालामा गुटबन्दी रोक्न सुझाव मागिएको छ।




एमालेले पार्टी जीवनलाई चुस्तदुरुस्त राख्न ४६ वटा सुझाव माग्दै गुटबन्दीको निराकरणसम्बन्धी विषयलाई कार्यशालामा छलफलको विषय बनाइएको छ। केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले पेस गरेको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक कार्यपत्रमा छलफल केन्द्रित भएको छ।

कमिटीभित्र उत्पन्न हुने मनमुटाव, अन्तरविरोध र गुटबन्दीलाई कसरी बुझ्ने र वर्गीकरण गर्ने ? शीघ्र समाधानका प्रभावकारी उपाय के–के हुन सक्छन् ? आन्तरिक समस्या समाधानमा सम्बन्धित कमिटीका इन्चार्जले कस्तो भूमिका खेल्नुपर्ला ? यी र यस्ता प्रश्न राखेर छलफल थालिनुले एमालेमा गुटबन्दी रहेको स्पष्ट संकेत देखिएको हो।

पार्टी अनुशासन र पद्धतिसँग सम्बन्धित रहेर गरिएको सुझावमा यो विषय समेटिएको छ। तहगत कमिटीमा चेन अफ कमान्ड कसरी व्यवस्थित गर्न सकिएला ? पार्टीको अनुशासन र आचार–संहिता पालनामा पार्टी सदस्यहरूलाई कसरी सचेत र गम्भीर बनाउने? अनुशासनहीनता र संगठनात्मक अराजकताका विषयमा कमिटी बैठकमा एजेन्डा बन्ने गरेको छ कि छैन ? कसरी परास्त गर्न सकिएला? तपाईंहरूको सुझाव के छ ? गुटबन्दीलाई परास्त गर्ने उद्देश्यले सुझाव संकलनका लागि उल्लिखित प्रश्न गरिएका हुन्। कार्यशालामा सहभागी भएका सबैलाई यी प्रश्नहरू सोधिएका हुन्।

‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक कार्यशालामा प्रदेश कमिटी र सोसरहका कमिटीका १२ जना इन्चार्जहरूको सहभागिता छ। त्यसैगरी केन्द्रीय संगठन विभागका १७ जना र प्रदेश कमिटीका अध्यक्ष, सचिव, संगठन विभाग प्रमुख, उपप्रमुख, पदाधिकारी महिलासहित थप एक महिलासमेत गरी प्रदेश कमिटीबाट ४४ जना कार्यशालामा सहभागी छन्।

त्यसैगरी कमिटीगत विषयहरूमा पनि समस्या रहेको जनाउदै अरू विभिन्न प्रश्न सोधिएका छन्। पार्टी कमिटीका अधिवेशनका बेला खासगरी प्रतिनिधि छनोट र नेतृत्व निर्माणका सम्बन्धमा उत्पन्न हुने समस्याहरू कसरी समाधान गर्नुपर्ला ? अधिवेशनलाई औपचारिकता निर्वाह गर्ने थलो मात्र नभएर नयाँ स्तरमा पार्टी निर्माणको थलो कसरी बनाउन सकिएला ? किन पार्टी कमिटीका बैठक विधानबमोजिम नियमित बस्न सक्दैनन् ? कमिटीले गरेका निर्णयहरू तदारुकता र गम्भीरताका साथ किन कार्यान्वयन हुँदैनन् ? किन निर्णय कार्यान्वयनको नियमित समीक्षा हुँदैन ? हरेक व्यक्ति आफ्नो पद र प्राप्त जिम्मेवारी प्रति जवाफदेही हुनुपर्ने होइन ? किन भइरहेको हुँदैन ? कम्युनिस्ट पार्टीमा निर्देशन अकाट्य हुन्छन् भनेर पार्टी सदस्यहरूलाई कसरी सम्झाउन सकिएला ? टोलस्तरका कमिटी निर्माण तथा तिनको नियमित परिचालनमा पर्ने गरेको अप्ठेरो के हो ? प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा गठन भएका समन्वय कमिटीको भूमिकालाई कसरी प्रभावकारी बनाउने ? माथिल्ला कमिटीका निर्णय तथा निर्देशनका परिपत्र कसरी टोल कमिटीसम्म पुग्छन् ? कामका प्रतिवेदन कसरी क्रमशः उपल्ला कमिटीमा पठाइन्छन् ? लगायतका प्रश्न पनि सोधिएका छन्।

जिल्ला कमिटीका अध्यक्ष, सचिव र संगठन विभाग प्रमुखसमेत एक सय ७६ जना कार्यशालामा सहभागी छन् भने २३ वटा जनसंगठनका अध्यक्ष र सचिवसमेत ४६ जनालाई कार्यक्रममा निम्त्याइएको छ। एमालेबाट निर्वाचित महानगर र उपमहानगरबाट निर्वाचित ६ जनालाई पनि कार्यशालामा सहभागी गराइएको छ।

यो कार्यशालामा सोधिएका प्रश्नले एमालेभित्र गुटबन्दी रहेको प्रस्ट संकेत गरे पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र कुनै पनि प्रकारको गुटबन्दी नरहेको स्पष्ट पारेका छन्।

उनले पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको नाम लिएरै गुट नरहेको भन्दै दुवै नेता आफ्ना लागि बराबर रहेको बताएका थिए। केन्द्रीय संगठन विभागले आइतबार आयोजना गरेको राष्ट्रिय कार्यशाला गोष्ठीमा प्रशिक्षण दिने क्रममा अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल आफ्ना लागि एउटा नजिक र अर्को टाढा नभएको बताउँदै उनीहरू दुवै जनाको गुटबन्दी नभएको संकेत गरेका थिए। ‘पार्टीमा ईश्वर पोखरेल गुट, विष्णु पौडेल गुट र शंकर पोखरेल गुट भनेर विभिन्न हल्ला आइरहेका छन्। हामीमाझ कुनै पनि गुट छैनन्। उहाँहरू मेरा लागि बराबर हुनुहुन्छ,’ ओलीले भने।

यतिबेला गुट गर्ने समय नभएको बताउँदै ओलीले भने, ‘अहिले एकढिक्का भनेको एमाले मात्रै छ। यस पार्टीमा मैले गुट गर्ने कुरै भएन। अरू सबै मेरा साथीहरू हुन्। सबैतिर सबैले मलाई सहयोग गरेको पाएको छु। पार्टीका सबै नेता कार्यकर्ता मेरा लागि सबै बराबर हुन्। बाहिर कसले के भन्छन् तर एमालेमा अहिले विशेषगरी पार्टी पुनर्गठनपछि कसैको गुट छैन।’

उनले पार्टीभित्र विमति राख्ने तर समाधान दिन नसक्ने प्रवृत्ति देखिएकाले विचार र नेतृत्वको पक्षमा दृढतापूर्वक उभिँदा मात्र पार्टी बलियो बन्ने र नेताहरू पनि बलियो बन्दै जाने बताएका थिए। अध्यक्ष ओलीले स्थानीय तहका जनप्रतिनिधि र पार्टी कमिटीबीच जनताको हितमा काम गर्ने सन्दर्भमा नियमित छलफल गर्न निर्देशनसमेत दिएका थिए।

त्यसैगरी अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा ल्याउन उपयुक्त नहुने धारणासमेत राखेका थिए। ‘उहाँलाई पार्टीले नै राष्ट्रपति बनाएको हो। अब पार्टीको जिम्मेवारीमा फर्काउने काम पनि पार्टीकै हो। अहिलेसम्म पार्टीको भूमिमा फर्किने र फर्काउने विषयमा कुनै छलफल भएको छैन,’ उनले भने।

ओलीले यसबारे धारणा राख्दा पार्टीको केन्द्रीय कार्यालय च्यासलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेल विशिष्ट अतिथि बनेर बसेका थिए। कार्यशालामा महासचिव पोखरेलले पार्टी केन्द्रले पारित गरेको वार्षिक कार्ययोजनाका विषयमा अभिमुखीकरण गरेका थिए। कार्यशालामा उपस्थित सदस्यहरूलाई १० वटा समूहमा विभाजन गरेर सुझाव संकलन गरिएको संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
१५ मिनेट अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस