दुई वर्षअघि धुमधामका साथ नेपाली राष्ट्रिय राजनीतिमा उदाएका राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको दिन निको चलिरहेको छैन ।
टेलिभिजनबाट राजनीतिमा निस्किएको छोटो समयमै उनले अनेकन् उतारचढाव भोगे । नागरिकता, पोसपोर्ट हुँदै सहकारी प्रकरणसम्म आउँदा उनले लामै प्रहरी हिरासतमा बिताउनुपर्यो ।
सहकारी ठगीसम्बन्धी प्रकरणमा अनुसन्धानका लागि गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई पोखरा, काठमाडौं, बुटवल, चितवन र पर्सा जिल्ला पुर्याएर सम्बन्धित सहकारीहरूको रकम अपचलनसम्बन्धीको बयान लिइएको छ ।
यहीअन्तर्गत बुधबार मात्रै उनलाई पर्साबाट काठमाडौं हुँदै पोखरा पुर्याइएको छ ।
पक्राउ गरेलगत्तै उनलाई पोखरा पुर्याएर जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा राखियो । त्यहाँ सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धीको बयान लिइयो ।
यसपछि उनलाई कात्तिक २७ गते पोखराबाट बुटवल पुर्याइयो । उनलाई भैरहवा विमानस्थलमा अवतरण गराइयो, बुद्ध एयरको जहाजको 'लास्ट सीट'मा बसाएर । त्यहाँ उनी चार दिन रहे, कात्तिक ३० गते उनलाई पुन: पोखरा पुर्याइयो ।
बुटवल लगिँदै रवि लामिछाने ।यसपछि उनलाई मंसिर १३ गते काठमाडौं ल्याइयो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनसम्बन्धी प्रकरणमा पनि उनी मुछिएका थिए । त्यसबारे बयानका लागि उनी बुद्ध एयरको जहाजकै अन्तिम सीटमा बसेर काठमाडौं आए । उनलाई मंसिर १७ गतेसम्म यहाँ राखियो, उनले बयान दिए ।
र, मंसिर १८ गते चितवन उडे बुद्ध एयरकै जहाजको अन्तिम सीटमा बसेर । १८ र १९ गते उनले त्यहाँको साहारा सहकारीको रकम हिनामिनाबारे बयान दिइसके । त्यहाँबाट भने उनलाई स्थलमार्ग हुँदै पोखरा पुर्याइयो । जो अहिले 'हट केक' बनेको छ ।
लामिछानेले इच्छाविपरीत उनलाई राति नै पोखरा पुर्याइयो । यस्तोमा लामिछानेको मानव अधिकारको हनन भएको बहस उठेको छ । यस सम्बन्धमा मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ ।
त्यसपछि लामिछानेलाई मंसिर २४ गते काठमाडौं हुँदै पर्सा (वीरगञ्ज) लगियो, बुद्ध एयरको जहाजको अन्तिम सीटमै राखेर । त्यहाँ तीन दिन रहेका उनले सानो पाइला सहकारीको रकम अपचलनसम्बन्धी बयान दिइसके र उनलाई पुन: काठमाडौं हुँदै पोखरा पुर्याइएको छ । त्यो पनि अन्तिम सिटमै राखेर ।
सुरक्षा जानकार भन्छन्, 'लास्ट सीटमा राख्नु भनेको सुरक्षाकाे कारण नै हो । जहाजमा उनलाई सबैभन्दा अन्तिममा बोर्डिङ गरिन्छ । अन्तिममा चढाइन्छ र सुरुमा उतारिन्छ ।'
काठमाडौं ल्याइँदै रवि लामिछाने ।दिनको हिसाबले हेर्ने हो भने लामिछाने पक्राउ परेको ठ्याक्कै ५४ दिन भयो । यसबीचमा उनले पाँचवटा सहकारी सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, साहारा र सानो पाइलाको रकम हिनामिनाबारे बयान दिए ।
उनलाई पाँचवटा जिल्ला घुमाइयो, पोखरा, बुटवल, काठमाडौं, चितवन र पर्सा । संयोग नै भन्नुपर्ला, उनी जहाँबाट जहाँ गए पनि अन्मित सीटमा बसे । तर, लामिछानेको राजनीतिक 'करिअर' र उनको रास्वपाको पछिल्लो जनमत हेर्दा भने उनको लास्ट सीट संयोग मात्र हो भन्न स्वाभाविक नहोला कि !
२०७९ को संसदीय निर्वाचन हुँदा उनको दल रास्वपा बच्चै थियो, पाँच महिनासम्म राम्रो पुगेको थिएन । तर, निर्वाचनमा २० सिट जित्दै चौथो ठूलो दल बन्यो । जुन अपेक्षा स्वयम् रविले समेत गरेका थिएनन् ।
त्यसपछि बनेका दुईवटा सरकारहरूमा रास्वपाले भाग लियो । त्यसपछि रास्वपा र त्यसका सभापति रवि लामिछानेमाथि अनेकन् तवरले समीक्षा र आलोचना हुन थाल्यो । त्यसपछि भन्न थालियो— रवि लामिछाने पुरानै पार्टीहरूसँग उठबस गर्न थाले, उनी पुरानाभन्दा खराब निस्के ।
यो 'न्यारेटिभ' एक हदसम्म ठीकै पनि थियो । किनभने उनी पुराना दल र तिनका नेताहरूलाई गाली गर्दै, 'नो नट एगेन' भन्दै स्थापित भएका थिए तर, पछि चौथो ठूलो दल बनेपछि भने उनले सरकारमा जानुलाई नै उपलब्धि मान्न थाले । उनी शेरबहादुर देउवा, केपी शर्मा ओली वा पुष्पकमल दाहाल; जोसँग पनि ठीकै भए । यसका प्रति आलोचनाहरू भएका थिए ।
उपनिर्वाचनमा रास्वपाबाट कामपा १६ मा निर्वाचित रोजिना श्रेष्ठ।त्यसबीचमा उनको प्रहरी हिरासतको बसाइ सुरु भयो । यता उपनिर्वाचनमा होमिएको उनको दल रास्वपा १ पदमा सीमित रह्यो, जबकि निर्वाचन ४४ पदका लागि भएको थियो । यसरी हेर्दा रविको लास्ट सीटको अर्थ फरक आउन सक्छ ।
जे होस्, उनी र उनको दल रास्वपा पहिलेजस्तो कहाँ छ !
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को साथ छाडेर हिँडेको छ। माओवादी केन्द्रले संसद् खुलाउनेबारे सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) सँग दुईबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दैछ।
यससँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘अब रास्वपा आफ्नै ढङ्गले जान्छ’ भनेर प्रतिक्रिया दिएका छन्। ‘रास्वपासँग मूलभूत रूपमा केही फरक छैन। तर, उहाँहरूका केही अडानका कारणले सायद केही समय उहाँहरू आफ्नै ढङ्गले जानुहुन्छ। तर, हाम्रो बीचमा विमति र आरोप-प्रत्यारोप केही छैन,’ उनले भनेका छन्।
यसपछि रास्वपाले दाहालका प्रति रोष पोखेको छ। रास्वपा केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाले दाहाललाई ‘भ्रष्टसँग मिलेको’ आरोप लगाएकी छन्। ‘माओवादीले केही समय रास्वपा सभापतिको पक्षमा बोल्दै गर्दा प्रचण्डलाई जनताले निकै विस्वास गर्दै थिए। तर, आज आएर तिनै भ्रष्टसँग मिलेर रास्वपालाई एक्लो बनाएको छ माओवादीले,’ उनले फेसबूकमा लेखेकी छन्।
उनी थप्छिन्, ‘ठिक छ, रास्वपा एक्लै लड्छ, एक्लै काफी छ। जनताको नजरबाट सबै पुराना दलहरू यसरी नै गिर्दै गएपछि बल्ल रास्वपाले देखेको यो देशको सपना पूरा हुनेछ। हामी मान्छे बेच्नेहरूसँग आज एक्लै लड्दैछौँ साथीहरू। भ्रष्ट नेताहरूले साथ छोडेर केही हुन्न, जनताको साथ छ रास्वपालाई। जनताको शक्तिभभन्दा ठूलो तिम्रो कुर्सी होइन।’
त्यसो त सुरुमा संसद्को जारी समस्याका बारेमा दाहाल आफैँले रास्वपासहित राप्रपा, एकीकृत समाजवादीलगायतका दलहरूलाई बोलाएर छलफल गरेका थिए। त्यसयता यी दलहरू संसद्मा सँगै उभिन्थे। तर, आजबाट भने माओवादी केन्द्र सदन खुलाउने पक्षमा गएको छ। यससँगै रास्वपा नेताहरू रिसाएका हुन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...