डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीले आफ्नो समानुपातिक सांसद गोमा लाभ सापकोटालाई हटाउन खोजेको लामै समय बित्यो । जनमतले लाभलाई हटाउन पटक-पटक सङ्घीय संसद् सचिवालय (सभामुख) लाई पत्र पठायो तर, सुनुवाइ भएन ।
तेस्रो पटकको पत्रबाट पनि कारबाही नभएपछि जनमत सभामुख देवराज घिमिरेविरुद्ध खनियो, उसले सभामुख घिमिरेले आफ्नो नातेदार पर्ने हुनाले लाभलाई कारबाही नगरेकोसम्म भन्न भ्यायो । यसको जवाफ सभामुख घिमिरेले दिइसकेका छन्, उनले जनमतलाई लाभ आफ्नो नातेदार पर्ने पुष्टि गर्न चुनौतीसमेत दिएका छन् तर, जनमत थप बोलेको छैन ।
त्यसो त जनमतले लाभलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट कारबाही गरिसकेको छ । पार्टी फुटाउनेसम्मको गतिविधि गरेपछि लाभलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्नुपरेको जनमत सचिव अनिता देवी बताउँछिन् । 'उहाँले पार्टी हितविपरीतका गतिविधि गर्नुभयो, पार्टी फुटाउनेसम्मको हर्कत गर्नुभयो,' उनले भनिन् । तर, लाभले के-कस्ता गतिविधि गरिन्, यो बाहिर ल्याइएको छैन ।
लाभ भने नेताहरूको त्यो भनाइ खारेज गर्छिन् । 'मैले पार्टीकै हितमा काम गरिरहेकी छु । पार्टी फुटाउने गरी कुनै काम गरेको छैन । नेताहरूको भनाइलाई खारेज गर्दछु,' उनी भन्छिन् ।
आरोप प्रत्यारोप चलिरहँदा लाभ पैसा बुझाएर सांसद बनेको खुलेको छ । लाभले २०७९ भदौ २१ गते जनमतका कोषाध्यक्ष सुरेन्द्र नारायण यादवको नाममा ११ लाख जम्मा गरेको मेघा बैंक जनकपुर शाखाको स्टेटमेन्टनागरिकले प्राप्त गरेको छ ।
गोमा लाभले सांसद हुन बुझाएको ११ लाखको बैंक स्टेटमेन्ट ।त्यसो त चर्चा के छ भने लाभ ११ लाख मात्रै होइन, ३२ लाख बुझाउने सर्तमा सांसद बनेकी थिइन् । ३२ लाखअन्तर्गतको पैसा अहिले पनि उनले पार्टीलाई तिरिरहेकी छन् ।
लाभ आफैँ भने यो कुरा अस्वीकार गर्छिन् । पैसा बुझाएर सांसद बन्नुभएको हो ? भन्ने जिज्ञासामालाभ भन्छिन्, 'पार्टीका लागि काम गरेँ, जिल्लामा महिला सङ्घको नेतृत्व गरेर हिँडे । त्यसबापत् मलाई सांसद बनाइएको हो । मेरो योगदानको सम्मान गरेर सांसद बनाइएको हो । पैसा बुझाएर बनेको होइन ।'
पार्टीका प्रवक्ता शरदसिंह यादव स्वयम् पनि लाभबाट पैसा लिएको स्वीकार्छन् तर, उनको दाबी छ कि उक्त रकम लाभले पार्टीलाई सहयोग गरेकी हुन् । उनी भन्छन्, 'त्यसबेला केन्द्रीय सचिवालयले नै सक्नेले पार्टीलाई सहयोग गर्ने भन्ने निर्णय गरेको थियो । त्यसैले उहाँले पैसा दिनुभएको हो । त्यो चलखेल वा किनबेच होइन ।'
तर, लाभले पार्टीको खातामा नभइकन व्यक्ति (सुरेन्द्र नारायण यादव) को नाममा पैसा जम्मा गरेकी छन् । यसबारे प्रवक्ता यादव भन्छन्, 'उहाँ (सुरेन्द्र नारायण यादव) पार्टीको कोषाध्यक्ष हुनुहुन्छ । त्यसैले उहाँको नाममा जम्मा गर्नुभएको हो । अरु पार्टीले लुकाएर गर्छन्, हामीले देखाएरै गर्छौँ । सक्नेले सहयोग गर्ने भन्ने पार्टीकै निर्णय हो । त्यसअनुसार उहाँले पैसा दिनुभएको हो ।'
यो सूचना सङ्घीय संसद् सचिवालयसम्मै पनि पुगेको छ तर, यो सचिवालयको कार्याधिकार नभएको सचिवालयका एक अधिकारी बताउँछन् ।
'सूचनाहरू यहाँसम्म पनि आएको हो तर, त्यो सचिवालयको कार्याधिकार होइन । कुनै बेला केस अदालतसम्म पुग्यो भने त्यसबेला सचिवालयले कार्याधिकार नाघ्यो भन्ने हुन सक्छ । त्यसमा सभामुखज्यू र सङ्घीय संसद् सचिवालय सतर्क छ,' ती अधिकारी भन्छन् ।
उनी थप्छन्, 'निर्वाचन आयोगले सबै डकुमेन्टहरू उपलब्ध गराइसकेपछि सचिवालयले सांसद भनेर चिन्ने हो । यहाँसम्म उहाँहरू कसरी आउनुहुन्छ भन्ने कुरा सचिवालयले मात्रै हेर्ने कुरा होइन,'
उसो त यसबीचमा आफूलाई पार्टीले कारबाही गर्नका लागि सङ्घीय संसद् सचिवालयलाई तारन्तार ताकेता गरेपछि लाभ आफैँ निर्वाचन आयोग पुगेकी थिइन् । उनले त्यहाँ आफूलाई कारबाही नगर्न भनेकी थिइन् । त्यसबेला उनी पैसा बुझाएर सांसद बनेको कुरा बाहिर आइसकेको थियो । यसबारे आयोगले पनि जिज्ञासा राखेको थियो । तर, त्यसमा लाभ बोलिनन् ।
आयोगका एक आयुक्त नागरिकसँग भन्छन्, 'यसबारे उहाँ आयोग आउँदा जिज्ञासा राखिएको थियो तर, उहाँ बोल्नुभएन । थप सोध्दा उहाँले आन्तरिक कुरा हो भन्नुभयो । त्यसपछि थप प्रेसर गरिएन ।'
ती आयुक्त थप्छन्, 'त्यसबाट पनि केही क्लू त भयो तर, यसकै भरमा अगाडि बढ्नु अपरिपक्वता हुन्छ, बढ्नु पनि हुँदैन ।'
तर, प्रमुख आयुक्त दिनेश थपलिया आधिकारिक रूपमा अदालत हुँदै त्यो विषय आयोग आइपुगे ऐनअनुसार अगाडि बढ्ने बताउँछन् । उनले भने, 'अदालत हुँदै आयो भने त्यो निर्वाचन अपराध ठहरिन्छ र आयोगले ऐनअनुसार कारबाही अगाडि बढाउँछ । मैले पनि सुनेको हो त्यो विषय तर, यतिकै भरमा अगाडि बढ्नु भएन । पुष्टि हुनुपर्छ ।'
जे होस्, सम्बन्धित विषयमा छानबिन हुनुपर्ने माग बृहत् रूपमा उठेको छ । विषय उठिसकेपछि यसमा राज्यका सम्बन्धित संयन्त्रहरूले खोजीनीति र पुष्टि भए कारबाही अगाडि बढाउनुपर्ने माग चौतर्फी उठिरहेको छ ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन्। सोमबार (आज) रास्वपा मुख्यालय वनस्थली च:मति नै पुगेर राउतले लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन्।
हस्ताक्षर गरेपछि राउतले आफूले हौसिएर लामिछानेको पक्षमा हस्ताक्षर नगरेको प्रष्ट्याए। ''हामी पनि न्यायका लागि लड्दै आएका हौँ। यो हस्ताक्षर हौसिएर गरेका होइनौँ,' उनले भने, 'बुझेरै हस्ताक्षर गरेका हौँ।'
लामिछानेको पार्टी रास्वपाको यो हस्ताक्षर अभियानविरुद्ध मुख्यत: सत्तासीन दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रश्न उठाइरहेका छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरू राष्ट्रय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूले मौन-समर्थन गरेको देखिन्छ।
अरु राजनीतिक पार्टीका नेताहरूले हस्ताक्षर नगरिरहेको सन्दर्भमा राउतले भने हस्ताक्षर गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...