सीके राउतलाई ‘युगपुरुष’ भन्दै जयकान्तको अपिल: सहमतिका माध्यममार्फत समाधान खोजौँ
२६ असार २०८२
•
३ मिनेट पाठ
सीके राउतलाई ‘युगपुरुष’ भन्दै जयकान्तको अपिल: सहमतिका माध्यममार्फत समाधान खोजौँ
डा. सीके राउत नेतृत्वको जनमत पार्टीभित्र एकपछि अर्को विवाद उठिरहेका छन्। पार्टीकै कतिपय नेताहरूले अध्यक्ष राउतले पार्टीलाई ‘परिवारवाद’मा फसाएको आरोप लगाउने गरेका छन्। पार्टीभित्रको यो पछिल्लो विवाद हो।




यसको कारण भने अध्यक्ष राउतले आफ्नो सहोदर दाजु डा. जयकान्त राउतलाई राष्ट्रिय उपाध्यक्षसहित एकैपटक तीन पदमा मनोनीत गरेको विषय हो। यसपछि पार्टीका राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साह, राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण साह, केन्द्रीय सदस्य वीरेन्द्र यादवलगायतका नेताहरूले चरम असन्तुष्ट जनाएका मात्रै छैनन्, ‘काउन्टर’मा ‘जनस्वाभिमान यात्रा’ समेत गर्दैछन्, जुन, भोलि सुरु हुँदैछ।

त्यसअगावै भर्खरै राष्ट्रिय उपाध्यक्ष मनोनीत डा. जयकान्त राउतले एक अपिल जारी गरेका छन्। पार्टी अध्यक्ष राउत अर्थात् आफ्ना भाइलाई ‘युगपुरुष’को संज्ञा दिँदै जयकान्तले विवादको समाधान संवादमार्फत खोजिनुपर्ने बताएका छन्। ‘व्यक्तिगत असन्तुष्टिहरूलाई परिपक्व राजनीतिक चेतनाबाट सम्बोधन गरौँ, पार्टीभित्र संवाद, सहकार्य र सहमतिका माध्यममार्फत समाधान खोजौँ अर्थात् असन्तुष्टिलाई आत्ममन्थनको माध्यम बनाऔँ, विचलनको होइन,’ जयकान्तले लेखेका छन्।

उनले अध्यक्ष राउतको गुणगान गाउँदै उनको नेतृत्व नै मधेसका लागि राम्रो हुने बताएका छन्। राउत असफल हुनु भनेको मधेस नै असफल हुनु भएको जिकिर उनको छ। ‘सीके राउत जस्तो कुशल, स्वच्छ छविको, त्यागी, बौद्धिक, दूरदर्शी नेतृत्वमाथि विगत केही महिनादेखि सुनयोजित रूपमा निरन्तर चरम घेराबन्दी हुँदै आएका छन्। यस्ता प्रयासहरूलाई असफल पार्न र स्वराज स्थापनाको लागि हामी सबैले उच्च मनोबलका साथ, एकताबद्ध भई विवेकशील र दूरदर्शी ढङ्गले अघि बढ्न अत्यावश्यक भएको छ। सीके राउतलाई असफल बनाउनु भनेको समग्र मधेश र मधेशीको  विचार र मुद्दा असफल हुनु हो। जुन हामी सबैको लागि दुर्भाग्य हुनेछ। समस्त मधेशीको भाग्य र भविष्य फेरि गुलामीको अन्धकार गोलचक्रमा फस्नेछ। यस्तो सक्षम, योग्य र दूरदर्शी नेतृत्व पाउन मधेशले फेरि दशकौं कुर्नुपर्ने हुन्छ। किन भने भनिन्छ— युगपुरुष युगमा एक चोटी जन्म लिन्छ।’

जयकान्तले अवसरवादलाई अन्त्य गर्नुपर्ने, सबै नेता-कार्यकर्ता पार्टी र नेतृत्वप्रति जिम्मेवार, इमान्दार र निष्ठावान् बन्नुपर्ने, हरेक नेता-कार्यकर्ताको योगदानको मापन वैज्ञानिक मूल्याङ्कन प्रणालीबाट गर्नुपर्ने, विरोधीहरूबाट परिचालित एजेन्ट र घुसपैठियाहरूबाट बच्नुपर्ने बताएका छन्।

यता अध्यक्ष राउतसँग असन्तुष्ट पक्षीय नेताहरूले जयकान्तले माग गरेकै विषयहरू वर्षौँदेखि उठाइरहेका छन्। स्वयम् जयकान्त राष्ट्रिय उपाध्यक्ष मनोनीत हुँदा पनि नेताहरूले नेताहरूको पार्टीभित्र योगदानमा आधारित मूल्याङ्कन नभएको बताएका छन्। उनीहरूले पार्टी निर्माणार्थ नेताहरूलाई ‘बाइपास’ गरेर अरुलाई नै राजनीतिक लाभ दिलाइएको बताएका छन्। 

राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साहले अब आफूहरूको जिम्मेवारी स्वराजी आन्दोलनको मूल मर्मलाई बचाउनु रहेछ भनेर बुझेको बताएका छन्। ‘जनतासँग साँचो हिसाब गर्न सक्ने स्वच्छ, सत्य र वैकल्पिक राजनीति निर्माण गर्नु अब हाम्रो जिम्मेवारी हो,’ उनले भनेका छन्, ‘हामीले एक वैज्ञानिक, एक विद्वान् भनेर विश्वास गरेका थियौँ। तर, आज उहाँको अभिव्यक्तिमा असक्षमता, अहङ्कार र आत्मकेन्द्रितता स्पष्ट देखिन्छ। पार्टी केवल उहाँको व्यक्तिगत सम्पत्ति होइन, यो सयौं स्वराजीको बलिदान, संघर्ष र योगदानबाट बनेको हो।’

उनले जनस्वाभिमान यात्रामार्फत सत्य बोल्नेहरूको आवाजलाई 'संस्कृति' बनाउने बताएका छन्। 'हामी नयाँ राजनीति गर्ने सपना देख्यौँ। तर, हामीमाथि पुरानै शैलीको अत्याचार दोहोरिएको छ। सत्य बोल्नेहरूको आवाज दबाउने होइन, सुन्ने संस्कृति बनाऔँ। भविष्य भडुवा भन्नेले बनाउँदैन, भविष्य प्रश्न गर्नेहरूले बनाउँछन्,' उनले भनेका छन्।

यो पनि पढ्नुहोस्

जनमत विवाद : ‘जनस्वाभिमान यात्रा’मा निस्किँदै अध्यक्ष राउतसँग असन्तुष्ट नेताहरू
अर्को समाचार
सीके राउतले गरे रवि लामिछानेको पक्षमा हस्ताक्षर
३० असार २०८२
•
१ मिनेट पाठ
सीके राउतले गरे रवि लामिछानेको पक्षमा हस्ताक्षर
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन्। सोमबार (आज) रास्वपा मुख्यालय वनस्थली च:मति नै पुगेर राउतले लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन्।




हस्ताक्षर गरेपछि राउतले आफूले हौसिएर लामिछानेको पक्षमा हस्ताक्षर नगरेको प्रष्ट्याए। ''हामी पनि न्यायका लागि लड्दै आएका हौँ। यो हस्ताक्षर हौसिएर गरेका होइनौँ,' उनले भने, 'बुझेरै हस्ताक्षर गरेका हौँ।'

लामिछानेको पार्टी रास्वपाको यो हस्ताक्षर अभियानविरुद्ध मुख्यत: सत्तासीन दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रश्न उठाइरहेका छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरू राष्ट्रय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूले मौन-समर्थन गरेको देखिन्छ।

अरु राजनीतिक पार्टीका नेताहरूले हस्ताक्षर नगरिरहेको सन्दर्भमा राउतले भने हस्ताक्षर गरेका हुन्।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस