वनमन्त्री शाहीका छोरा पनि बाकुमा
०४ मंसिर २०८१
•
४ मिनेट पाठ
वनमन्त्री शाहीका छोरा पनि बाकुमा
विश्व जलवायु सम्मेलनमा नेपालबाट प्रतिनिधित्व गर्ने वनमन्त्री र कर्मचारीहरू सधैंजसो विवादमा पर्ने गरेका छन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन जाने क्रममा नेपालका वनमन्त्री र कर्मचारी विवादमा पर्ने गरेका हुन्। सरकारी र विकास साझेदारहरूको खर्चमा सहभागी हुन मरिहत्ते गर्ने र परिवारिक सदस्यलाई समेत सम्मेलनमा सहभागी गराउँदा विवादमा पर्ने गरेका छन्। यस पटक वनमन्त्री ऐनबहादुर शाहीले आफ्ना छोरासहित सचिवालयका सदस्यहरूलाई लिएर अजरबैजान पुग्दा नेपालमा चर्को आलोचना भएको छ।




वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, सचिव डा. दीपककुमार खराल, सातजना सहसचिवसहित अन्य दर्जन बढी उपसचिव र अधिकृत तथा कर्मचारी अजरबैजानको बाकु पुगेका छन्। उनी सोमबार राति स्वदेश फर्कने कार्यतालिका रहेको थियो।

सम्मेलनमा भाग लिन तीनजना व्यक्तिलाई सरकारी खर्च व्यहोर्ने भए पनि उनले ३२ जना सरकारी कर्मचारी र दर्जनौं व्यक्ति तथा छोरा र सचिवालयका सदस्यलाई लिएर बाकु पुगेका छन्। उनको साथमा पुगेका कर्मचारी जलवायुविज्ञ नभई असम्बन्धित व्यक्ति भएकाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत चासो राखेपछि वनमन्त्री शाही विवादमा  परेका हुन्।

बाकुमा जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख सिन्धुनाथ ढुंगाना, क्षति र हानि न्यूनीकरण (लस एन्ड ड्यामेज) का बोर्ड सदस्य डा. महेश्वर ढकाल, जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका पूर्वप्रमुख बुद्धिसागर पौडेल, वन विभागका उपमहानिर्देशक धनञ्जय लामिछाने, मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख भूपाल बराल, वनस्पति विभागका प्रमुख सञ्जीवकुमार राई र रेड कार्यान्वयन तथा चुरेका प्रमुख नवराज पुडासैनी बाकु पुगेका छन्।

तीमध्ये बराल काठमाडौं आइसकेका छन्। त्यो सम्मेलनमा सिन्धु ढुंगानाबाहेक अन्यको कुनै परिभाषित जिम्मेवारी छैन। ढुंगाना नेपालको तर्फबाट जलवायु परिवर्तन हेर्ने फोकल पर्सन हुन्। उनको राष्ट्रसङ्घीय संरचनाका सबै पक्ष र प्रक्रियामा सहभागिता आवश्यक मानिन्छ। उनको सहभागितालाई कोही कसैले प्रश्न उठाएका छैनन्। तर लेखादेखि कानुनसम्मका कर्मचारीको कुनै पनि भूमिका र जिम्मेवारी नभएकाले प्रश्न उठाइएको छ। अख्तियारले चासो राखेपछि मन्त्रालयका सहसचिव भुपाल बराल अहिले जवाफ लेखिरहेका छन्।

हालका वनमन्त्री शाही मात्र होइन, सन् २००९ को कोप सम्मेलनमा सहभागी हुन गएका तत्कालीन वनमन्त्री दीपक बोहरा पनि उत्तिकै बद्नाम भएका थिए। प्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्व गरेको तत्कालीन सरकारमा सबैभन्दा ‘बदनाम’ पात्र बनेका छन्।

तत्कालीन वनमन्त्री दीपक बोहराले कोप सम्मेलनमा नाति, श्रीमती र सचिवालयका सबै सदस्य लिएर कोपनहेगन पुगेका थिए। कोपनहेगनको विश्व जलवायु सम्मेलनमा ठुलो संख्यामा असम्बन्धितलाई लैजाने, चितवन राष्ट्रिय निकुञ्जभित्र रिसोर्ट सञ्चालन गर्न दिने, साइटिस सन्धिविपरीत रक्तचन्दनको लिलाम गर्ने, दुर्लभ वन्यजन्तुका आखेटोपहार जलाउने विवादास्पद कृत्य र निर्णयका कारण उनी कार्यकालभरि नै चर्चामा रहेका थिए।

त्यतिबेला कोपनहेगन सम्मेलनमा मार्च पासमा श्रीमती, नाति, पिएहरू नै सहभागी भएका थिए। मार्चपासमा भाग लिन वनमन्त्री दीपक बोहराले श्रीमती उन्नती, नाति र नातिनी स्वातीसहित आफ्ना पिए र आफन्त गरी नौजनालाई कोपनहेगन लगेपछि त्यतिबेला ठूलै चर्चा र विरोध भएको थियो। त्यतिबेला पिएहरू धर्म केसी, ताहिर भाट, समर सिंह, पुण्य दाहालसहित उनी नजिकका शंकर खत्री, धनुसिंह ठकुरीलगायत सहभागी गराएका थिए।

अहिलेका वनमन्त्री शाहीले कर्मचारीका अतिरिक्त स्वकीय सचिव लेकविक्रम शाही र मन्त्रीका छोरा राजेन्द्र शाहीलाई पनि सहभागी गराएका थिए। उता वनराज्यमन्त्री रूपा विकले आफ्ना सचिवालयका सदस्यहरू लान नपाएको असन्तुष्टि नै जनाएकी थिइन्।

त्यसैगरी २६औं सम्मेलनमा भाग लिन बेलायत गएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि जम्बो टोली लिएर गएका थिए। स्कटल्यान्डको ग्लास्गोमा भएको कोपमा सहभागी हुन उनी ३२ सदस्यीय टोली लिएर बेलायत गएका थिए।

त्यतिबेला उनको टोलीमा तत्कालीन वन तथा वातावरणमन्त्री रामसहाय यादव, वन तथा वातावरण सचिव पेमनारायण कँडेल, अर्थ सचिव मधुकुमार मरासिनी, ऊर्जा सचिव देवेन्द्र कार्की, गृहसचिव टेकनारायण पाण्डे,परराष्ट्र सचिव भरतराज पौड्याल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीलगायत असम्बन्धित सचिवहरूसमेत सहभागी भएका थिए।

गत वर्ष दुबईमा सम्पन्न भएको कोप–२८ मा पनि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालीन वन तथा वातावरणमन्त्री वीरेन्द्र यादवले ४० भन्दा बढी व्यक्तिलाई सहभागी गराएका थिए।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
४२ मिनेट अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस