नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा लोकतन्त्र र गणतन्त्रको रक्षा कम्युनिस्ट पार्टीले मात्रै गर्न सक्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन । उनले कम्युनिस्ट पार्टीहरूले लोकतन्त्रको पनि संवाहकको रुपमा आफ्नो स्थान बनाएको बताए। उनले कम्युनिस्ट पार्टीलाई परिवर्तनको संवाहकको रुपमा जनताले विश्वास गरेको धारणा राखे। उनले नेपाल समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको पनि बताए।
अध्यक्ष नेपालले अब समाजवादी क्रान्तिको कार्यक्रम आवश्यक भइसकेको धारणा राखे। उनले कम्युनिस्ट पार्टीहरूमा अहिले व्यक्तिवाद हाबी भएको बताए। उनले नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनभित्र पनि भ्रष्टीकरणको प्रवृत्ति सबैभन्दा प्रमुख समस्या बनेको बताए।
उनले भ्रष्टीकरणका विरुद्धमा नलडेसम्म र जनतालाई केन्द्रबिन्दुमा राखेर देशलाई अघि बढाउने कुरामा नलागेसम्म देश बन्न नसक्ने बताए।अध्यक्ष नेपालले समाजवादी क्रान्तिको विषय अब बहस र छलफलको विषय बन्नुपर्ने बताए।