‘फुलको आँखा हुनेले सबैतिर मगमग फुलको बास्ना महसुस गर्छन्, काँडाको आँखा हुनेले थुक्न र बान्ता गर्न मात्रै आउँछ। कुरा बुझ्नुभयो कि भएन, संकेतले मात्रै भनेको।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा लगाएपछि झाँक्रीले लुम्बिनीमा दिएको एक भाषण अहिले नेकपा एसभित्र विवादको विषय बनेको छ।
अहिले पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेकपा एसभित्रै अध्यक्ष नेपालले पद छाड्नुपर्ने पहिलो आवाज उनै झाँक्रीले उठाएकी छन्।
नेकपा (एकीकृत समाजवादी)की नेता झाँक्रीलाई विगतमा उनले गरेका तीन वटा उदाहरण प्रस्तुत गर्दै आन्दोलनका एक सक्रिय शिक्षक बिश्वर सिंह मेवाहाङले रमिताको सही अर्थ खोज्न आग्रह गरेका हुन् ।