संसदीय समितिमा गृहमन्त्री अनुपस्थित
०३ कार्तिक २०८१
•
१ मिनेट पाठ
संसदीय समितिमा गृहमन्त्री अनुपस्थित
राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको शुक्रबार बसेको बैठकमा गृहमन्त्री रमेश लेखक अनुपस्थित भएका छन्। समितिले असोज ११ र १२ गते मुलुकका विभिन्न ठाउँमा बाढीपहिरोबाट भएको जनधनको क्षति र पीडितका पक्षमा सरकारले गरेका कामबारे जानकारी लिन बैठक राखी गृहमन्त्री लेखकलाई बोलाएको थियो।




गृहमन्त्री अनुपस्थित भए पनि समितिको बैठक भने बस्यो। बैठकमा गृहसचिव र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारी भने उपस्थित भए। उनीहरूले सरकारले अहिलेसम्म गरेका राहत वितरण, उद्धार, घाइतेको उपचारलगायत कामबारे समितिलाई जानकारी गराए।

उनीहरूका कुरा सुनेपछि समितिले बाढीपहिरोप र डुबानपीडितलाई राहत, घाइतेको उपचार, हराइरहेका १८ जनाको खोजी, क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण गर्न अझै प्रभावकारी काम गर्न निर्देशन दिएको छ।

गृहमन्त्री लेखकले अन्तिम समयमा आएर आफू निकै व्यस्त रहेकाले बैठकमा आउन नसकेको जानकारी गराएका थिए। बैठकमा गृहमन्त्री उपस्थित नभएपछि केही सदस्यले आलोचना गरेका थिए। 
अर्को समाचार
टिम फेर्दै ओली
०१ साउन २०८२
•
४ मिनेट पाठ
टिम फेर्दै ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार दोस्रो वर्षमा प्रवेश गर्दा मन्त्रीहरूमा त्रास सिर्जना भएको छ। सुरुमा मन्त्रिपरिषद् गठन गर्दा प्रधानमन्त्री ओलीले एक वर्षका लागि मात्रै भनेका थिए। यसैकारण मन्त्रीहरू आफूलाई कुन बेला हटाइने हो भन्ने अन्योलमा छन्।




सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् गठन गर्दा प्रधानमन्त्री ओलीले एक वर्षका लागि भनेको स्मरण गर्दै मन्त्रिपरिषद् पुनर्गठन सामान्य प्रक्रिया रहेको बताएका छन्। ‘शपथग्रहणका क्रममा प्रधानमन्त्रीज्यूले एक वर्षका लागि भन्नुभएको थियो,’ बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले भने। सञ्चारमन्त्रीको यो धारणा सार्वजनिक भएसँगै मन्त्रीहरू कुनै पनि बेला आफ्नो पद गुम्न सक्ने त्रासमा छन्।

सञ्चारमन्त्री गुरुङको अभिव्यक्तिअनुसार प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठन तयारीमा छन्। प्रधानमन्त्रीले एक वर्षअघि मन्त्रीहरूलाई दिएको सन्देश पनि यही थियो। मन्त्रिपरिषद्मा हेरफेरको तयारी गरे पनि प्रधानमन्त्रीले यस विषयमा सत्ता गठबन्धन दल नेपाली कांग्रेससँग पनि छलफल गरी सहमति जुटाउनुपर्छ। ‘मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषय एमालेको मात्र होइन अर्थात् प्रधानमन्त्रीले चाहेर मात्र हुँदैन। यसमा सत्ता साझेदारीमा रहेको नेपाली कांग्रेसको पनि सहमति हुनुपर्छ। यसकारण यो सजिलो विषय छैन,’ प्रधानमन्त्री ओलीको सचिवालय स्रोतले भन्यो।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्लाई थप प्रभावकारी बनाउन केही मन्त्री बदल्न चाहेका छन्। ‘प्रधानमन्त्रीले विवादमा आएका मन्त्रीलाई परिवर्तन गर्न चाहनुभएको छ,’ स्रोतले भन्यो। अघिल्लो वर्षको असार ३० गते प्रधानमन्त्री नियुक्त ओलीले भोलिपल्ट २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए।

अब पुनर्गठन हुँदा कोको मन्त्री हट्ने र रहने भन्ने निश्चित भएको छैन। प्रतिनिधिसभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाए पनि कार्यसम्पादन प्रभावकारी नभएपछि मन्त्री फेरबदलको कसरतमा प्रधानमन्त्री जुटेका हुन्। यो विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि एकदुई चरणमा प्रधानमन्त्री ओलीको कुराकानी भैसकेको स्रोतको दाबी छ।

ओली निकट स्रोतका अनुसार एमालेबाट सरकारमा सहभागी मन्त्रीमध्ये सबैभन्दा कमजोर कार्यसम्पादन भएकालाई हटाएर नयाँ ल्याउने तयारी छ। ‘कार्यसम्पादनमा कोको कमजोर छन् भन्ने प्रधानमन्त्रीलाई थाहा हुन्छ, अरुलाई  हुँदैन,’ स्रोत भन्छ।

प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजागाईंले पनि मन्त्रिपरिषद् पुनर्गठनको सम्भावनातर्फ संकेत गरेका छन्। ‘मन्त्रिपरिषद् पुनर्गठन हुनसक्छ, यस विषयमा सत्ता साझेदार दलहरूसँग छलफल हुन्छ, छलफल हुन बाँकी छ,’ बजागाईंले भने।

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीसँग विशेष सम्बन्ध भएका केहीले मन्त्री हुने अवसर पाएका छन्।

प्रधानमन्त्री ओलीले सरकार बनेको एक सय दिन पुगेपछि पनि कार्यसम्पादन राम्रो नभए मन्त्रीबाट हटाउने चेतावनी दिएका थिए। एमालेबाट अहिले विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री, पृथ्वी सुब्बा गुरुङ सञ्चारमन्त्री, रघुजी पन्त शिक्षामन्त्री, भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री, दामोदर अर्याल उद्योगमन्त्री, बलराम अधिकारी भूमिमन्त्री, मानवीर राई रक्षामन्त्री, देवेन्द्र दाहाल भौतिकमन्त्री छन्। पन्त वैशाख र न्यौपाने मंगलबार मन्त्री नियुक्त भएका हुन्। अरु सबैको एक वर्षअघि मन्त्री भएका हुन्। पौडेल र गुरुङले भने पुनर्गठन हुँदा पनि निरन्तरता पाउने सम्भावना बढी छ। रक्षामन्त्री राईको पनि कार्यसम्पादन मूल्यांकन राम्रो भएको बताइन्छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी पनि विवादमा परेका छन्।

कांगेसका तर्फबाट मन्त्रिपरिषद्मा प्रकाशमान सिंह उपप्रधान तथा सहरी विकासमन्त्री, रमेश लेखक गृहमन्त्री, आरजु राणा देउवा परराष्ट्रमन्त्री, ऐनबहादुर शाही वनमन्त्री, बद्री पाण्डे पर्यटनमन्त्री, प्रदीप पौडेल स्वास्थ्यमन्त्री, दीपक खड्का ऊर्जामन्त्री, रामनाथ अधिकारी कृषिमन्त्री, अजयकुमार चौरसिया कानुनमन्त्री छन्। त्यस्तै जसपा अशोक राई समूहबाट प्रदीप यादव र नवलकिशोर साह सुडी मन्त्री छन्।

राष्ट्रियसभामा सरकारको बहुमत गुम्यो

राष्ट्रियसभामा सरकारले बहुमत गुमाएको छ। तीन सिट भएको जनता समाजवादी पार्टी (जसपा) नेपालले दिएको समर्थन फिर्ता लिएसँगै सरकारले राष्ट्रियसभामा बहुमत गुमाएको हो। प्रतिनिधिसभामा झन्डै दुई तिहाइ बहुमतनजिक रहेको सरकार राष्ट्रियसभामा अल्पमतमा परेको हो।

५९ सदस्यीय राष्ट्रियसभामा सत्तापक्षका २८ सांसद छन्। राष्ट्रियसभामा नेपाली कांग्रेसका १६, नेकपा एमालेका ११ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का एक सांसद छन्। जसपा नेपालको समर्थन रहँदा सरकारका पक्षमा ३१ सासद थिए।

राष्ट्रियसभामा सरकार अल्पमतमा पर्दा विपक्षमा बहुमत पुगेको छ। राष्ट्रियसभामा नेकपा माओवादी केन्द्रका १७, नेकपा एकीकृत समाजवादीका आठ, जसपा नेपालका तीन र राष्ट्रिय जनमोर्चाका एका सांसद छन्। वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन्। उनी नेकपा एकीकृत समाजवादी प्रवेश गर्दैछन्।

राष्ट्रियसभामा दुई तिहाइ नहुँदा सरकार सतबुँदे समझदारी कार्यान्वयनमा कमजोर बनेको छ। गत वर्षको असार १७ गते सरकार बनाउने समझदारी गर्दा कांग्रेस–एमालेले संविधान संशोधनको विषयलाई जोडतोडका साथ उठाएका थिए तर राष्ट्रियसभामा आवश्यक बहुमत पुर्‍याउन सकस भएकै कारण त्यो अजेन्डा समझदारीमा मात्र सीमित छ।

जसपा नेपालले पनि समर्थन फिर्ता लिँदा राष्ट्रियसभामा सरकार झन् कमजोर बनेको छ। राष्ट्रियसभामा संख्या सकसको कथा सुनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन २०८७ सालमा हुने बताएका थिए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस