प्रस्तावित राजदूतमाथि प्रश्नैप्रश्न, आज उजुरीकर्तासँग छलफल गर्दै संसदीय सुनुवाइ समिति
१४ भदौ २०८१
•
४ मिनेट पाठ
प्रस्तावित राजदूतमाथि प्रश्नैप्रश्न, आज उजुरीकर्तासँग छलफल गर्दै संसदीय सुनुवाइ समिति
राजदूत नियुक्त हुने व्यक्ति अत्यन्तै योग्य, अनुभवी र राजनीतिक तथा कूटनीतिक क्षमता भएको हुनुपर्ने मान्यता राखिएको हुन्छ। हरेक देशका सरकारले राजदूतको रूपमा नियुक्त गर्दा आफ्नो देशको अन्तर्राष्ट्रिय छवि र सम्बन्धलाई प्रभावकारी रूपमा प्रतिनिधित्व गर्न सक्ने व्यक्तिलाई सिफारिस गर्दछ। जसमा कूटनीतिक क्षमता, अन्तर्राष्ट्रिय सम्बन्धमा ज्ञान, सांस्कृतिक ज्ञान, राजनीतिक तटस्थता, नेतृत्व र व्यवस्थापन क्षमता, भाषाको ज्ञान, नैतिकता र इमानदारितालगायत गुणलाई आधार मानिन्छ।




तर, यहाँ हरेक सरकारले नियुक्त गरेका राजदूतमाथि पार्टीको दूत भएको भन्दै प्रश्न उठिरहेको हुन्छ। हालै सरकारले प्रस्ताव गरेका १७ राजदूतको अवस्था पनि त्यस्तै देखिएको छ। संसदीय सुनुवाइ समितिमा परेका उजुरीमा चारजनाविरुद्ध नौ उजुरीबारे आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा छलफल हुँदैछ।

इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितविरुद्ध चारवटा उजुरी परेका छन् भने मलेसियका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमिल्सिनाविरुद्ध तीनवटा उजुरी परेका छन्। भारतका लागि प्रस्तावित राजदूत शंकर शर्मा र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठविरुद्ध एकएकवटा उजुरी परेका छन्। उजुरी कर्तासँग समितिले शुक्रबार छलफल गरेपछि आइतबार प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ गर्ने समितिले जनाएको छ। इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितले त्रिभुवन विश्वविद्यालयअन्तर्गत पद्यकन्या बहुमुखी क्याम्पसमा प्रमुख हुँदा सूचना लुकाउँदै संविधानको धारा २७ को व्यवस्था उल्लंघन गरेका थिए। धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ भनिएको छ।

तर, क्याम्पस प्रमुख पण्डितले सूचना लुकाएपछि राष्ट्रिय सूचना आयोगले १५ हजार जरिबाना हुने निर्णय सुनाएको थियो। आयोगको यो निर्णयविरुद्ध उनले उच्च अदालत पाटनमा पुनरावेदन गरे पनि १५ हजार जरिवानालाई सदर गरेको थियो। संविधानको उल्लंघन गर्ने र १५ हजार जरिवाना तिर्ने व्यक्ति राजदूत हुँदा राज्यको इज्जतमाथि नै आँच आउने हुँदा यसलाई रोक्न उजुरीमा आग्रह गरिएको छ।

यसैगरी, मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिम्सिनाविरुद्ध नेपाल रेडक्रस सोसाइटीमा तदर्थ समितिको अध्यक्ष रहँदा कार्यालयको लेटर प्याड, छापको दुरूपयोग गरेको र यसविरुद्ध काठामाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो। यो उजुरीबारे अनुसन्धान गरिरहेको अवस्था भएकाले यस्तो व्यक्तिलाई राजदूत बनाउन उपक्त हुँदैन भन्दै उनीविरुद्ध पनि समितिमा उजुरी परेको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ साउन १२ गते सञ्जीव थापाको अध्यक्षतामा रहेको नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति विघटन गर्दै तिम्सिनाको अध्यक्षतामा तदर्थ समिति गठन भएको थियो। तिम्सिनामाथि नेपाल रेडक्रस सोसाइटीको कार्यालय तोडफोड गरेको आरोपसमेत लागेको छ। उनले २०७९ वैशाखमा रेडक्रस कार्यालय तोडफोड गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। तिम्सिनाले २०८० असारमा काठमाडौंमा अधिवेशनको आह्वान गरी नेपाल रेडक्रस सोसाइटीमा समानान्तर केन्द्रीय कार्यसमिति गठन गरेका थिए।

यसैगरी, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्राध्यापक कपिलमान श्रेष्ठविरुद्ध संवैधानिक र कानुनी प्रश्न उठाउँदै उजुरी परेको छ। संविधानको धारा २४८ (८) विरुद्ध रहेको भनिएको छ। संविधानको धारा २४८ मा राष्ट्रिय मानवअधिकार आयोग गठनसम्बन्धी व्यवस्था छ। संविधानको धारा २४८ को उपधारा ८ मा राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष वा सदस्य भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य नहुने उल्लेख छ।

यो व्यवस्थाअनुसार श्रेष्ठ राजदूत हुन नसक्ने दाबी उजुरीमा रहेको छ। पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्री अध्यक्ष हुँदा सदस्यका रूपमा रहेका उनले २०५७ देखि २०६२ सम्म काम गरेका थिए। भारतका लागि प्रस्तावित राजदूत शंकरप्रसाद शर्माविरुद्ध ‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५’ लाई उल्लंघन भएको भन्दै उजुरी परेको छ। निर्देशिकाको नियम २१ ले कार्यरत मुलुकमा निरन्तरता हुने गरी अर्को कार्यकालका लागि नियुक्त गर्न नमिल्ने व्यवस्था छ। भारतमा राजदूतमा कार्यरत उनलाई पुष्पकमल दाहाल नेतृत्वको पूर्ववर्ती सरकारले गत जेठ २१ गते फिर्ता बोलाउने निर्णय गरेको थियो। कांग्रेस एमालेको नयाँ गठबन्धनले पुनः उनलाई भारतका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेपछि निर्देशिका आकर्षित भएको हो।
अर्को समाचार
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
९ घण्टा अघि
•
० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।




पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा यही शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण आयोजना गरिनेछ।

अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने उनले बताए।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्नेछन्। कार्यक्रममा पार्टी उपसभापति सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्यलगायत पदाधिकारी तथा नेताहरू सहभागी हुनेछन्।

दुईदिने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, मूल्यमान्यता, अनुशासन र राजनीतिक संस्कारबारे प्रशिक्षण दिइनेछ।

साथै, क्यान्डिडेट क्लब तथा लिडरसिप एकेडेमीको अवधारणा र कार्यदिशा, पार्टी संगठनको सशक्तीकरण, परिचालन, विस्तार तथा संरचनागत सुदृढीकरणका विषयमा छलफल हुनेछ।

प्रशिक्षणको पहिलो दिन जिल्ला तथा पालिका तहका पार्टी नेतृत्वसँग संगठनको अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र निर्वाचन तयारीबारे केन्द्रीय नेतृत्वले छलफल गर्ने कार्यक्रम छ।

दोस्रो दिन स्थानीय तथा प्रदेश निर्वाचनको रणनीति, पार्टीको भूमिका, वाचापत्र तथा प्रतिबद्धताको कार्यान्वयन, नीति, कार्ययोजना र परिणाममुखी कार्यसम्पादनका विषयमा प्रशिक्षण दिइनेछ।

त्यसैगरी, पार्टीको ब्रान्डिङ, प्रचारप्रसार तथा सामाजिक सञ्जालको प्रयोगबारे पनि प्रशिक्षण दिइने प्रवक्ता खरेलले जानकारी दिए।

कार्यक्रमको अन्तिम सत्रमा सभापति लामिछानेले पार्टीको राजनीतिक कार्यदिशा, प्राथमिकता र रणनीतिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस