सत्ता साझेदारसँगै असन्तुष्ट प्रधानमन्त्री
०८ असार २०८१
•
६ मिनेट पाठ
सत्ता साझेदारसँगै असन्तुष्ट प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारूढ साझेदारसँगै असन्तुष्टि व्यक्त गरेका छन्। नयाँ समीकरण बनेको साढे तीन महिना बित्दानबित्दै उनले प्रतिनिधिसभाको बिहीबारको बैठकमा त्यस्तो असन्तुष्टि जनाएका हुन्। फागुन २१ गते नेपाली कांग्रेसलगायतसँगको गठबन्धन तोडेर उनले नेकपा एमालेसहितका दलहरूसँग नयाँ समीकरण गरेका थिए।




बिहीबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएको थियो। प्रश्नोत्तर सकिएलगत्तै व्यक्त उनको भनाइले सरकार सञ्चालनमा कठिनाइ महसुस भइरहेको संकेत गरेको थियो। सत्तापक्षले नै आफूलाई अवमूल्यन गरेको आशय उनले प्रकट गरे। ‘सदनको परम्परा, प्रचलन, गरिमा जे भने पनि प्रधानमन्त्रीले बोल्ने दिन सत्तापक्ष र प्रतिपक्ष सबै नेताहरू, माननीयहरू उपस्थित हुने प्रचलन नेपालको इतिहासमा स्थापित रहे पनि क्रमशः त्यो पातलिन थालेको छ,’ उनले भने, ‘यसले हामीले प्रधानमन्त्रीलाई नै अलिकति अवमूल्यन गरेको त होइन ? यो प्रक्रिया जारी रहे हामी सबैले आफैले आफैलाई अवमूल्यन गरेको ठहरिनेछ।’ उनको यो भनाइ सत्तापक्षतर्फ नै लक्षित रहेको विश्लेषण गरिएको छ।

प्रधानमन्त्री दाहाल रोस्ट्रममा बोल्दा सत्तापक्षतर्फ एमाले संसदीय दलका नेता केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादी (नेकपा एस) का संसदीय दलका नेता माधवकुमार नेपाललगायत अनुपस्थित थिए। सत्तापक्षका शीर्ष नेता नै अनुपस्थित भएको देखेपछि प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा पनि केहीबेर मात्र प्रधानमन्त्रीको भनाइ सुनेर बाहिरिएका थिए।

संसदीय अभ्यासमा संसद्मा प्रधानमन्त्री र विपक्षी दलको नेता बोल्दा सबै दलका संसदीय दलका नेता उपस्थित हुने चलन छ । सत्तारूढ गठबन्धनमा माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) लगायत छन् । प्रतिनिधिसभाको बैठकपछि प्रधानमन्त्री दाहालले सत्ता साझेदार एमाले अध्यक्ष ओली र रास्वपा सभापति रवि लामिछानेसँग छलफल गरेका थिए।

प्रधानमन्त्री दाहाल आगामी आर्थिक वर्ष २०८१/८२ का लागि मन्त्रालयहरूले गरेका अधिकांश योजना छनोटप्रति पनि बेखुसी देखिए। सांसदहरूले सोधेको प्रश्नको उत्तर दिने क्रममा उनले भने, ‘मन्त्रालयगत विनियोजन गर्दा जे भएको छ ठीक भएको छ भन्ने पक्षमा म छैन। यसमा परिमार्जन आवश्यक छ।’

सांसदहरूले संघको बजेटमा ससाना आयोजना परेको र मन्त्रीको क्षेत्रमा मात्र बढी बजेट लगिएको भन्दै प्रश्न गरेका थिए। प्रधानमन्त्री दाहालले ३ करोड रूपैयाँभन्दा कमका आयोजना प्रदेश र स्थानीय तहमार्फत कार्यान्वयन गर्ने प्रतिबद्धतामा सरकार अडिग रहेको बताए। उनले योजना छनोट र निर्माणमा सरकारको निर्देशनको गम्भीरतापूर्वक पालना नभएको पाइएको बताए।

‘भन्दाभन्दै पनि साना आयोजना राखिएका छन् । त्यस्ता आयोजनाहरू संघले कार्यान्वयन गर्दैन, प्रदेश र स्थानीय तहलाई कार्यान्वयन गर्न दिने व्यवस्था गरिनेछ,’ उनले भने ।

मन्त्रीहरूले योजना निर्माण गर्दा तथा कार्यक्रम बनाउँदा सरकारले बनाएको निर्देशिका पालना नगरेको पनि प्रधानमन्त्री दाहालले बताए। संसदको नीति तथा कार्यक्रममा पर्याप्त छलफल भएर बजेट निर्माण हुने अपेक्षा गरिए पनि संसद्को कामकारबाही नियमित हुन नसक्दा अपेक्षाबमोजिम बजेटको रूपान्तरण गर्न नसकिएको उनको भनाइ थियो। उनले बजेट लैजान मन्त्री नै बन्नुनपर्ने पनि बताए। ‘बजेट तथा योजना लैजान मन्त्री नै बन्नुपर्ने होइन। सकेसम्म समानुपातिक ढंगले बजेट विनियोजन गरिएको छ,’ उनले भने। आगामी दिनमा अझै बजेट र योजनाको विनियोजन समानुपातिक ढंगले गर्नमा जोड दिइने उनको प्रतिबद्धता थियो। 

प्रधानमन्त्री दाहालले बजेटमार्फत प्रस्तुत भएको गण्डकी आर्थिक त्रिभुजको नमुना परियोजना नेपालको आर्थिक तथा सामाजिक विकासमा कोसेढुंगा साबित हुने बताए। उनले यो परियोजनाबाट यातायात पूर्वाधारको विकास मात्र नभई उद्योग, ऊर्जा, कृषि तथा पर्यटन क्षेत्रको विकाससँगै रोजगारीका अवसरहरू सिर्जना हुने लक्ष्य लिइएको बताए।

प्रश्नोत्तरमा १० सांसदले गरेको प्रश्नको प्रधानमन्त्री दाहालले उत्तर दिएका थिए । प्रधानमन्त्री दाहालले आफ्नो भनाइ राख्ने क्रममा हालैको भारत भ्रमण र राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणबारे पनि सदनलाई जानकारी गराएका थिए। प्रधानमन्त्रीले नेपाल र भारतका धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्धन गर्ने सहमति कार्यान्वयनका लागि गम्भिरताका साथ अघि बढाएको बताए। 

उनले रामायण सर्किटलगायत शिव, बुद्ध र किरात सर्किटहरूको विकास गर्न यस वर्ष बजेट सुनिश्चित गरिएको जानकारी दिए। ‘नेपाल र भारतबीच १५ वटा धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सम्बन्धमा भएको द्विपक्षीय सहमति कार्यान्वयन गर्न सरकार गम्भीर छ,’ प्रधानमन्त्रीले भने, ‘रामायण सर्किट लगायतका शिव, बुद्ध र किरात सर्किटहरूको विकास गर्न यो वर्ष बजेट सुनिश्चित गरिएको छ।’

प्रधानमन्त्री दाहालले जनकपुर क्षेत्रको पर्यटकीय विकासका लागि हाल ९८ वर्ष पुरानो गोपाल धर्मशाला रहेको स्थानमा नयाँ परियोजना कार्यान्वयन गर्न विस्तृत परियोजना प्रतिवेदन तयार पारिएको र कार्यान्वयनको प्रक्रिया अघि बढेको जानकारी दिए। उनले देशका विभिन्न भागमा रहेका गुठी जग्गालगायत सबै प्रकारका जग्गासम्बन्धी समस्या सम्बोधन गर्न सरकार संवेदनशील रहेको बताए। 

जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित ८५ हजार ६९० अस्थायी आवासका लाभग्राही पहिचान भई अस्थायी आवास व्यवस्थापन प्राधिकरणबाट तीन अर्ब १६ करोड रूपैयाँ जिल्ला विपत् व्यवस्थापन समितिको कोषमा निकासा भइसकेको प्रधानमन्त्रीको भनाइ छ। बाँकी १ अर्ब १२ करोड ४५ लाख रकम निकासाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ को ८ (ग) बमोजिम नेपाल सरकारले आवश्यक ठाने राजदूतलाई पदावधि पूरा हुनुअगावै निर्णय गरी फिर्ता बोलाउन सक्ने प्रावधान रहेको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले गठबन्धन फेरिएको तीन महिनापछि मात्र फिर्ता बोलाइएको बताए । राष्ट्रिय गौरवको आयोजनाका रूपमा सम्पन्न पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयासरत रहेको बताउँदै उनले यसमा चाँडै नै निष्कर्ष आउने बताए । उनले भने, ‘अहिले ऋण तिर्ने स्रोत र आधारको विषयभन्दा पनि उपयुक्त मोडालिटी विकास गरी विमानस्थलको सञ्चालन गर्न सरकार दृढ छ।’

प्रधानमन्त्री दाहालले देशभरबाट सहकारीसम्बन्धी उजुरी र गुनासो संकलन, विश्लेषण गरी समस्याग्रस्त अवस्थाको पहिचान गर्न एक उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने प्रक्रिया अघि बढाइएको पनि बताए। समितिको सिफारिसका आधारमा त्यस्ता संस्थाहरूलाई समस्याग्रस्त घोषणा गरी सम्पत्तिको व्यवस्थापन र दायित्व भुक्तानी (बचत फिर्तासमेत) को कार्य अघि बढाइने उनले बताए। ‘त्यसका लागि प्रदेश र स्थानीय तहको नियमन क्षेत्राधिकारमा पर्ने सहकारी संस्थाहरूको सहकारी विभाग, प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय र सम्बन्धित स्थानीय तहबाट विवरण लिइन्छ,’ उनले भने।

प्रधानमन्त्री दाहालले तीनवटा समस्याग्रस्त सहकारीको रकम फिर्ता गराइसकेको जानकारी दिए। ‘हालसम्म २० सहकारीलाई समस्याग्रस्त घोषणा गरी सहकारी व्यवस्थापन समितिमार्फत बचत फिर्ताको प्रक्रिया अगाडि बढाइएको छ,’ उनले भने, ‘समस्याग्रस्त घोषणा भएका सबै सहकारी संस्थाका बचतकर्ताबाट ५९ हजार ५८७ वटा निवेदन परेका छन् । तिनै निवेदनका आधारमा ३६ अर्ब २८ करोड ९२ लाख ८१ हजार ७८० को दायित्व यकिन भएको छ। हालसम्म ७७ करोड २४ लाख ४६ हजार ४५८ रूपैयाँ बचत रकम पीडितलाई फिर्ता भुक्तानी गरिसकिएको छ।’
अर्को समाचार
हेटौंडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
०२ साउन २०८२
•
१ मिनेट पाठ
हेटौंडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले हेटौंडा सिमेन्ट उद्योगका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  




आज यहाँ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा सक्रिय संयुक्त ट्रेड युनियनका प्रतिनिधिको ध्यानाकर्षण पत्र बुझ्दै उनले उद्योगका समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताए।  

अध्यक्ष दाहालले आफू सरकारको नेतृत्वमा रहेका बेला घाटामा गएका र रुग्ण उद्योग सञ्चालनमा ल्याउन पटकपटक छलफल गरेको स्मरण गर्दै हेटौंडा सिमेन्ट उद्योगमा देखिएका समस्या समाधान गर्न र ट्रेड युनियनका माग सम्बोधन गर्न प्रतिपक्षी दलको नेताको हैसियतले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।  

उनले सरकारी उद्योग, कलकारखानाको पुनर्संरचना र सुधारका लागि माओवादी केन्द्रले चासो र पहल लिँदै आएको भन्दै श्रमिक वर्ग र देशको हितमा हुने काममा आफू सधैं साथमा रहने विश्वास दिलाए।  

ध्यानाकर्षण पत्रमा उद्योग सञ्चालनमा लापरबाही भएको, कर्मचारीका माग बेवास्ता गरिएको र उपभोक्ताको हितविपरीत क्रियाकलाप भइरहेकाले यस्ता गतिविधि रोक्न तथा उद्योगका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरिएको छ।  

टोलीमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला इन्चार्ज विजय गौतमलगायत ट्रेड युनियनका नेताहरू सहभागी थिए। रासस
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस