मधेश प्रदेशमा राष्ट्रियसभा सदस्यको लागि भएको निर्वाचनमा मतदान कार्य सम्पन्न भएको छ। मधेस प्रदेशबाट राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यको लागि बिहीबार मतदान भएको हो।
स्थानीय तह तर्फबाट नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गरी २ सय ६७ र प्रदेशसभा सदस्य तर्फबाट १ सय ६ जना मतदानमा सहभागी भएको निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईले जानकारी दिए।
जनकपुरधामस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको लागि समय तोकिएको थियो।
प्रदेशका विभिन्न पालिका गरी पाँच प्रतिनिधि कारबाहीमा परेका कारण उनीहरूको नाम मतदाता नामावलीमा समावेश गरिएको थिएन। यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य अभिराम शर्मा हत्या अभियोगमा फरार रहेका छन्।
प्रदेशमा रिक्त दुई सदस्यमध्ये एकमा सत्ता गठबन्धनबाट आनन्द ढुंगाना, एमालेका विजेता झा र जनमत पार्टीका रामाशंकर महासेठ उम्मेदवार छन्। अर्को एक सदस्यमा महिलातर्फ सत्ता गठबन्धनका पूजा चौधरी र एमालेका उषादेवी थरूनीको उम्मेदवारी परेको छ।