राष्ट्रिय सभा सदस्यका लागि गण्डकीमा सत्ता गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उम्मेदवारी दर्ता गरेका छन्। राष्ट्रिय सभामा गण्डकीबाट हुने ३ सदस्यका लागि उनीहरुले आज मनोनयन दर्ता गरेका हुन्।
गण्डकीमा सत्ता गठबन्धनले भागबन्डा गरेर उम्मेदवारी दर्ता गरेका छन्। जसमा अन्यतर्फ काँग्रेसका किरणबाबु श्रेष्ठ (बागलुङ), अपाङ्गता तथा अल्पसङ्ख्यकतर्फ काँग्रेसकै पदमलाल परियार र महिलातर्फ नेकपा माओवादीकी मनरुपा शर्मा (पर्वत)ले उम्मेदवारी दर्ता गरेकी छन्।
नेकपा एमालेबाट अन्यतर्फ चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता तथा अल्पसङ्ख्यकतर्फ हेमेन्द्र शेरचन (मुस्ताङ) र महिलातर्फ सम्झना देवकोटा (गोरखा)ले उम्मेदवारी दर्ता गरेका छन्।
राप्रपाका उम्मेदवारहरू बायाँबाट क्रमशः रोमबहादुर भण्डारी र गौमाया श्रेष्ठ।यसै गरी, राप्रपाले दुई स्थानमा उम्मेदवारी दिएको छ। राप्रपाबाट अन्यतर्फ रोमबहादुर भण्डारीले उम्मेदवारी दिएको छ भने महिलातर्फ गौमाया श्रेष्ठले उम्मेदवारी दिएकी छन्।
राष्ट्रिय सभामा गण्डकीबाट ३ स्थान रिक्त छ। राष्ट्रिय सभामा गण्डकीमा खुल्ला (अन्य), अल्पसंख्यक तथा अपाङ्गता र महिला गरेर ३ स्थान रिक्त रहेको हो। रिक्त स्थानका लागि आगामी माघ ११ गते सातै प्रदेशमा निर्वाचन हुँदैछ।
राष्ट्रिय सभा निर्वाचनको मत परिणाम आएसँगै त्यहाँ दलीय हैसियत पनि बदलिन पुगेको छ। बिहीबार सम्पन्न निर्वाचनको परिणाम पछि फागुन २१ गतेबाट सरकारको नेतृत्वको गरेको माओवादी राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बन्न पुगेको हो।
फागुन २१ मा पदावधि सकिने मनोनीत बाहेक १९ सांसदका लागि भएको निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) रहेको सत्ता गठबन्धनका १८ उम्मेदवार निर्वाचित भएका छन्। कोसी प्रदेशमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी चम्पा कार्की एमाले उम्मेदवार रुक्मिणी कोइरालासँग पराजित भएकी हुन्।
तर, पनि माओवादी केन्द्रबाट उम्मेदवार बनेका अन्य प्रदेशका पाँच उम्मेदवार निर्वाचित भएका छन्। एक सांसद गुमाए पनि राष्ट्रियसभामा सत्तारुढ माओवादी केन्द्र पहिलो दलका रूपमा स्थापित भएको छ ।त्यस्तै, काँग्रेसका १०, नेकपा एकीकृत मसाजवादीका २ र जनता समाजवादी पार्टीका १ जना निर्वाचित भएका छन् । राष्ट्रियसभामा माओवादीका हाल उपाध्यक्षसहित १६ सांसद छन्। आगामी फागुन २१ मा ३ जनाको पदावधि सकिने भए पनि निर्वाचनबाट ५ जना निर्वाचित हुँदा राष्ट्रिय सभामा माओवादीका १८ सांसद पुग्छ। २०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा काँग्रेससहितका दलसँग गठबन्धन गर्दा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जम्मा ३२ स्थानमा जितेर माओवादी तेस्रो भएको थियो।
सोही निर्वाचनबाट प्रतिनिधिसभामा पहिलो दल बनेको काँग्रेस हाल राष्ट्रिय सभामा १० सांसदसहित तेस्रो स्थानमा थियो। फागुन २१बाट काँग्रेसका ४ जनाको पदावधि सकिएर घर फर्किँदा निर्वाचनबाट १० थपिँदा १६ जना पुगेसँगै अब दोस्रो स्थानमा पुग्ने छ। निर्वाचनमार्फत २ सिट जितेको एकीकृत समाजवादीको राष्ट्रिय सभामा उपस्थिति संख्या ८ नै कायम हुने छ।
राष्ट्रिय सभामा पाँचौँ दलको हैसियतमा रहेको जसपाका तीन सांसद छन्। १९ सिटको मत परिणामले राष्ट्रियसभाको पहिलो दल एमालेलाई तेस्रो स्थानमा खुम्च्याइदिएको छ। कोसी प्रदेशमा महिलातर्फ अनपेक्षित जित हात पारेको एमालेले आगामी फागुन २१ पछि १० जनामा सीमित हुनेछ । राष्ट्रिय सभा अध्यक्षसहित एमालेका सांसदको संख्या १८ छ। राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमले एमालेभन्दा बाहिर छन्। कोसी प्रदेशको महिला क्लस्टरमा गठबन्धनका चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी हुन्। पुरुषतर्फ काँग्रेसका कृष्णप्रसाद सिटौला निर्वाचित भए।
मधेस प्रदेशको दुई पदमा भएको निर्वाचन अन्तर्गत अन्य क्लस्टरमा काँग्रेसका आनन्द ढुङ्गाना र महिलातर्फ जसपाका पूजा चौधरी निर्वाचित भए। बागमती प्रदेशमा पनि गठबन्धनका चारै जना विजयी भएका छन्। यो प्रदेशमा महिलातर्फ काँग्रेसका विष्णुदेवी पुडासैनी, काँग्रेसका उम्मेदवार जीतजंग बस्नेत, माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी निर्वाचित भए । गण्डकी प्रदेशमा भएको ३ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भए। यस प्रदेशमा काँग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता र अल्पसंख्यकतर्फ पदमबहादुर परियार र माओवादीबाट मनरुपा शर्मा निर्वाचित भइन्।
लुम्बिनीको दुई पदमा भएको निर्वाचनमा महिलातर्फ काँग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भइन्। कर्णालीमा पनि सत्तारुढ गठबन्धनबाट काँग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा एकीकृत समाजवादीका सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णु विक विकल्प निर्वाचित भए। सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन्। माओवादीकी रेनु चन्द, अपाङ्ग तर्फ काँग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...