मधेसका मतदाता खोस्ने दाउमा नयाँ–पुराना दल
१५ मंसिर २०८०
•
६ मिनेट पाठ
मधेसका मतदाता खोस्ने दाउमा नयाँ–पुराना दल
देशभर बढ्दै गइरहेको अवस्था विरुद्धको माहौलले अहिलेको व्यवस्थालाई समेत चुनौती दिँदैछ। यस अन्योलमा आ–आफ्नो दाउ पर्खिँदै छन् विभिन्न नयाँ“–पुराना राजनीतिक दल। यही मौकामा आम मतदातालाई आफ्नो पोल्टामा पार्ने कसरत र खेलकुदहरू भइरहेका छन्। विशेषगरी त्यस्ता कसरत र खेलकुद ‘मधेस प्रदेश’मा भइरहेको छ।  




अवस्था र व्यवस्था परिवर्तनको सङ्घर्षमा संवेदनशील तथा अर्थपूर्ण भूमिका खेल्ने भूमि हो मधेस। यो भूमिको माहौल देशको भन्दा फरक छैन। अझ मधेसमा बेथिति विरुद्धको स्वर समाजदेखि सदनसम्मै गुन्जिरहेको छ। आमजनदेखि सांसदसम्म बेथितिको विपक्षमा आवाज बुलन्द बनाउँदै छन्।  

गत मङ्गलवारको मधेस प्रदेशसभा बैठकमा सांसदहरूले मधेसमा बढ्दो बेथितिबारे चर्को विरोध जनाए। भ्रष्टाचारकै कारण सङ्घीयतामाथि प्रश्न उठ्न थालेको उनीहरूको कथन थियो। सांसदहरूले प्रदेश सरकारले कमिसनमुखी योजना वितरण गर्दा भ्रष्टाचार मौलाएको आरोप लगाए।  

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का सांसद जयनुल राइनले सहिदहरूको बलिदानपूर्ण विद्रोहबाट प्राप्त सङ्घीयतामाथि बेथिति(भ्रष्टाचार)ले खतरा बढाएको बताए।  

‘संघीयताका लागि हाँसाहाँसी ज्यान फाल्नेहरूको परिवार नै सङ्घीयतामाथि प्रश्न उठाउँदै छन्। संघीयतालाई भव्य स्वागत गर्नेहरूले नै अहिले विरोधका आवाज बुलन्द गर्दै छन्, सांसद राइनले भने,‘बढ्दो बेथितिको आयतनलाई घटाउन सकेनौ भने गाह्रो छ। संघीय व्यवस्था गलत होइन। तर, व्यवस्था चलाउने व्यक्तिले गल्ती गर्दा व्यवस्थामाथि प्रश्न उठेको छ। बेथिति(भ्रष्टाचार) रोकिए व्यवस्था(संघीयता)माथि कुनै खतरा हुँदैन।’

अर्का सांसद युवराज भट्टराईले व्यवस्था(संघीयता) विरुद्ध उठेको आवाजको कारण बेथिति(भ्रष्टाचार) रहेको बताए। ‘भ्रष्टाचार रोक्न सबैले सङ्कल्प लिनुपर्छ। सधैँ संघीय सरकारलाई प्रश्न र गाली गरेर आफूलाई चोख्याउने काम बन्द गर्नुपर्छ। प्रदेश सरकारले ६ वर्षमा जनतालाई सन्तुष्ट बनाउन के–के गरे समीक्षा गर्नु आवश्यक छ,’ उनले भने।

यसैगरी सांसद प्रमोद यादवले प्रदेश सरकारका मन्त्रीहरू आफन्त र पार्टी कार्यकर्ता पोस्ने बजेट ल्याउँदा व्यवस्थामाथि निराशा बढेको बताए। यो व्यवस्थाले पनि आफन्त नै पोसिँदो रहेछ। सांसद राजेन्द्र चौधरीले संघीयताको उद्गम भूमि मधेसमा बजेट कार्यान्वयनमा हुँदै आएको ढिलाइ, अपारदर्शिता, अनियमितताले निराशा र नकारात्मकता बढाएको बताए।  

बेथिति विरुद्ध आवाज बुलन्द गर्दै मधेसको राजनीतिमा उदाएको सिके राउत नेतृत्वको जनमत पार्टीलाई पछ्याउँदै अहिले राष्ट्रिय स्वतन्त्र पार्टी पनि मधेस झरेको छ। तर, यी दुबैमा फरक संघीयताको पक्षधरताको विषयमा छ। जनमत संघीयताको पक्षधरमा छ भने राष्ट्रिय स्वतन्त्र पार्टी यसमा मौन छ। बेथिति अन्त्यको मुद्दा भने मिल्छ।

संघीयताबारे मौन रास्वपाले पछिल्लो उपनिर्वाचनमा मधेसमा आफ्नो शक्ति परीक्षण गरेको थियो।

उपनिर्वाचनमा मधेस प्रदेशको बारा–२ बाट रास्वपाले उम्मेदवार बनाएका रमेश खरेलको जमानत जफत भएको थियो। प्रतिनिधिसभामा ३२ सिट रहेको मधेसका आठ जिल्लाबाट प्राप्त हुने शक्ति राष्ट्रिय दलका लागि महत्त्वपूर्ण हुन्छ भने राम्रै बुझेको रास्वपा अन्योलपूर्ण मधेसको मतलाई आफ्नो पोल्टामा पार्न जोडतोडले लागेका छन्।  

रास्वपाको कमजोर प्रभाव रहेको मधेसमा रणनीतिक रूपमा रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरू आफ्नो पक्षमा माहौल बनाउन कसरत गरिरहेका छन्।  

मधेस झरेका रास्वपा अध्यक्ष रवि लामिछानेले ‘इमान बोकेर म मधेस झरेको छु’, दोहर्‍याउँदै आएका छन्। उनले व्याप्त बेथितिले अन्धकार मधेसप्रति टिप्पणी गरे ‘जब इमानदार मानिस साथ हुन्छन्, त्यतिखेर सबैतिर उज्यालो फैलिन्छ।’

मधेस बसाइँको क्रममा रविले मधेसको अन्योललाई पक्षमा पार्न व्याप्त भ्रष्टाचारमाथि नै केन्द्रित रहे। आगामी निर्वाचनमा मधेसको भाग्य कसले लुट्यो भन्ने फैसला हुने भविष्यवाणी गरे। मधेसवादी दललाई लक्षित गर्दै उनले प्रश्न गरे,‘मधेसको मान्छे मै हुँ, मधेसको मसिहा मै हुँ भन्ने मान्छेहरूले के गरे? मधेसका नाममा लुट्ने लुटेराहरूको हिसाब जस्ताको त्यस्तै बाहिर आउने विश्वास बाँड्दै उनले मधेसको मतलाई रिझाउने प्रयत्न गरे।’

मिसन २०८४ लाई लक्ष्य गरी राजनीतिक र रणनीतिक गतिविधि अघि बढाएको रास्वपा मधेसबाट राम्रो भोट आएन भने यो अभियान सफल हुँदैन भने राम्रै बुझेका छन्। त्यसैले, हाम्रो प्रभाव र सङ्गठन बलियो बनाउन मधेस केन्द्रित भएका हुन। रास्वापाले आफ्नो प्रभाव बलियो बनाउनैका लागि पार्टीको पहिलो महत्त्वपूर्ण बैठक महोत्तरीको सीमावर्ती जलेश्वरमा सम्पन्न गरेका छन्।  

बैठकबाट पारित राजनीतिक प्रतिवेदनमा व्यवस्थाका(शासकीय संरचना)बारेमा रास्वपाले भनेको छ, ‘अहिलेको प्रदेश संरचनाले हामीलाई कहीँ लैजादैंन। त्यसमाथि यो भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्ती केन्द्र बनेको छ। यसको विकल्प सोच्न एकछिन पनि ढिला गर्नु हुन्न। अहिलेको प्रदेश संरचना दलका नेता–कार्यकर्ता व्यवस्थापन गर्नकै लागि बनाइएको प्रतीत हुँदै गएको छ।’

‘एक हदसम्म हेर्दा हो कि झैँ पनि लाग्छ। आफ्नो उपादेयता पुष्टि गर्न नसक्दा आम नागरिक प्रदेश स्तरको संरचनाप्रति असन्तुष्ट छन्। नागरिकका आवाज सुने/नसुनेझैं गर्ने, असन्तुष्टि देखे/नदेखेझैँ गर्ने र नागरिकको भावना बुझे/नबुझेझैं गर्ने दल, राजनीतिक दल हुन सक्दैन। त्यसैले प्रदेश संरचनाबारे नागरिकको धारणा र असन्तुष्टिमा हामीले पनि बारम्बार आवाज उठाइरहेका छौँ। प्रदेश संरचना परिवर्तन अत्यावश्यक छ,’राजनीतिक प्रतिवेदनमा जोड दिँदै भनिएको छ। राजनीतिक प्रतिवेदनमा चितवन ‘क्रान्ति’कै मोडलमा मुलुकको अवस्था बदल्न सकिने जिकिर गरिएको छ।

मधेस मामिलामा विद्यावारिधि गरेका डा. विजय मिश्रको विश्लेषणमा मधेस अहिले सबै पक्ष र दलका लागि आकर्षक र महत्त्वपूर्ण केन्द्र बनेको बताए। मिसन ०८४ अघि र मिसन ०८४ भनेर दुई थरी पक्षले आफ्नो ताकत मधेसमै अजमाइरहेका छन्। ०८४ अघि नै व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने पक्षले धार्मिक र बेथितिका मुद्दा बोकेका छन्। मिसन ०८४ को निर्वाचनमा आफ्नो दबदबा बनाउने दलहरूले लोकतन्त्र, संघीयता, राष्ट्रियतालाई मुद्दा बनाएका छन्। जनसाङ्ख्यिक र मतको हिसाबले मधेस प्रदेश महत्त्वपूर्ण भएकोले सबैका लागि मधेस ताकत बटुल्ने केन्द्र बनेको मिश्रको विश्लेषण छ ।

मधेसमा सबैले आफ्नो मुद्दा, धारणा र विचार पस्किनु स्वाभाविक रहेको विश्लेषक तुलानाराण साह बताउँछन्। विचार धेरै थरी भएपनि मानिस आफूलाई चाहिने मात्र ग्रहण गर्ने हो। मधेसमा बेथिति(भ्रष्टाचारलगायत) र पहिचान(संघीयतालगायत)को मुद्दा बिक्ने उनको विश्लेषण छ। पहिचान बिनाको मुद्दा मधेसमा बिक्ने देखिँदैन।  

कारण, पहिचानका लागि मधेसले थुप्रै बलिदानपूर्ण सङ्घर्ष र विद्रोह खेपेका छन्, उनले भने,‘बलिदानी दिएर पाएको पहिचान मधेसले कदापि गुमाउन चाहँदैन।’ त्यसैगरी, अब मधेसले बेथितिलाई पनि चुपचाप ग्रहण गर्दैन उनले भने,‘बेथितिका खिलाफ रियाक्ट गर्छ र विकल्प रोज्छन्।’  

०७९ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मधेसमा कूल मतदाताको सङ्ख्या ३३ लाख ८६ हजार ६२८ थियो। १८ लाख २७ हजार ८५४ पुरुष र १५ लाख ५८ हजार ७०४ महिला र ७० जना अन्य मतदाता थिए। प्रदेशगत रूपमा जनसङ्ख्या सबैभन्दा धेरै मधेस प्रदेशमा ६१ लाख २६ हजार २ सय ८८ छ।

जनसङ्ख्या र मतदाताको सङ्ख्या धेरै भएकाले राष्ट्रिय राजनीतिमा मधेस प्रदेश अर्थपूर्ण महत्त्व राख्छ। मधेसलाई किनाराकृत गरेर कुनैपनि दल र पक्ष राष्ट्रिय रूपमा स्थापित हुन नसक्ने इतिहास छ।
अर्को समाचार
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
४ मिनेट अघि
•
१ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।




डिजिटल पार्लियामेन्ट प्रणाली लागू भएपछि नागरिकले आफ्नो निर्वाचन क्षेत्रका जनप्रतिनिधि संसद् बैठकमा कति पटक उपस्थित भए भन्ने विवरण मोबाइलबाटै हेर्न सक्ने उनको भनाइ छ।

पाल्पाको दमकडामा शनिबार आयोजित लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको दोस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै उनले आगामी दिनमा सांसदहरू सदनमा कति बजे प्रवेश गरे र कति बजे बाहिरिए भन्ने विवरणसमेत सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए।

यसबाट जनप्रतिनिधिलाई थप जवाफदेही बनाउनुका साथै संसदीय गतिविधिमा नागरिकको पहुँच र निगरानी बढ्ने विश्वास उनले व्यक्त गरे।

कानुन निर्माण गर्ने, कार्यान्वयन गर्ने र न्याय सम्पादन गर्ने निकाय इमानदार र जिम्मेवार भए मुलुकलाई समृद्ध बनाउन लामो समय नलाग्ने सभामुख अर्यालको भनाइ छ।

कानुन निर्माण र कार्यान्वयन गर्ने निकाय इमानदार भए नेपालजस्तो मुलुकलाई समृद्ध बनाउन १० वर्ष पर्याप्त हुने उनले उल्लेख गरे।

सभामुख अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिए। सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका कानुनी तथा व्यावहारिक समस्या समाधान गर्न सरकारले केही कानुन संशोधनको प्रक्रिया अघि बढाएको उनले जानकारी दिए।

सरकारका कामकारबाहीका विषयमा विभिन्न कोणबाट प्रश्न उठ्नु स्वाभाविक भए पनि निर्णय गर्दा कानुनी प्रक्रिया पालना हुने गरेको अर्यालले बताए।

कानुन निर्माण गर्दा नेपालको भौगोलिक अवस्था, नागरिकको आवश्यकता, चेतनाको स्तर र प्रविधिको विकासलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो।

पुराना कानुनलाई समय र आवश्यकताअनुसार संशोधन गर्ने तथा संविधानले व्यवस्था गरेअनुसार निर्माण हुन बाँकी कानुन बनाउने जिम्मेवारी आफूहरूको रहेको सुनाए।
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
यो पनि पढौँ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस