संसद् सम्बोधनको विशेष तयारी
१३ कार्तिक २०८०
•
२ मिनेट पाठ
संसद् सम्बोधनको विशेष तयारी
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्को संयुक्त बैठकमा गर्ने सम्बोधनका लागि संसद्मा आवश्यक तयारी गरिएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले महासचिव गुटेरेसले मंगलबार दिउँसो ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी गराउँदै औपचारिक पोसाकमा आउन सांसदलाई आग्रह गरे । राष्ट्रप्रमुखले संसद्मा सम्बोधन गर्नेजसरी नै संसद्मा तयारी गरिएको छ । संसद् सचिवालयले गुटेरेसको सम्बोधनमा उपस्थितिका लागि विशिष्ट व्यक्तित्वलाई आमन्त्रण गरेको जनाएको छ ।  




मुलुकमा गणतन्त्र स्थापनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्लाई सम्बोधन गरेका थिए । त्यसपछि संसद्लाई सम्बोधन गर्ने नेपालबाहिरका विशिष्ट व्यक्ति गुटेरेस हुने भएका छन् । मोदीले २०७१ साउन १८ गते संसद्लाई सम्बोधन गरेका थिए । २०७६ असोज २५ र २६ गते चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण गरेका थिए । राष्ट्रसंघका तत्कालीन महासचिव बान की मुन २०६५ कात्तिक १५ गते नेपाल आएका थिए । तर उनीहरूले संसद्लाई सम्बोधन गरेनन् । मुनले शान्ति र परिवर्तन सुदृढीकरणमा राष्ट्रसंघको सहायतालाई निरन्तरता दिने प्रतिबद्धता दोहो¥याउन नेपाल भ्रमणमा आएको बताएका थिए । उनी लगभग २० घन्टा नेपाल बसेका थिए । हिमालको दृश्यावलोकनदेखि बुद्धको जन्मस्थल लुम्बिनीको दर्शनसम्म गरेर उनी फर्केका थिए ।

संसद्को नियमावलीमा कुनै विदेशी राष्ट्रको प्रमुख, सरकार प्रमुख, सभामुख, अध्यक्ष वा संयुक्त राष्ट्रसंघका महासचिवले बैठकलाई सम्बोधन गर्ने व्यवस्थाका लागि नेपाल सरकारले अनुरोध गरे सभामुखले अनुमति दिन सक्ने व्यवस्था छ । सम्बोधन गर्ने त्यस्तो पदाधिकारीलाई सभामुखले आफ्नो आसनको दायाँतर्फ राख्न सक्ने व्यवस्था नियमावलीमा छ ।  

संसद् सचिवालयले गुटेरेसको सम्बोधन सुन्न संवैधानिक निकायका पदाधिकारी, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र रजिस्ट्रार, न्यायपरिषद् सचिवालयका सचिव, महान्यायाधिवक्ता र नायब महान्यायाधिवक्ता, विभिन्न मन्त्रालयका सचिव, राष्ट्रपति कार्यालयका सचिव, उपराष्ट्रपति कार्यालयका सचिव, महालेखा परीक्षकको कार्यालयका सचिव, महालेखा नियन्त्रक कार्यालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, भाषा आयोगका पदाधिकारी, नेपाल कानुन आयोगका पदाधिकारी, सत्यनिरूपण तथा मेलमिलाप आयोगका सचिव, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव, प्रधानसेनापति, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई आन्मन्त्रण गरेको छ ।
अर्को समाचार
अधिवेशनसँगको अपेक्षा
२३ माघ २०८०
•
३ मिनेट पाठ
अधिवेशनसँगको अपेक्षा
संघीय संसद्को हिउँदे अधिवेशन सोमबार सुरु भएको छ। अधिवेशन सुरू हुनु आफैंमा महत्त्वको घटना हो। त्यसमा पनि केही वर्षयता हाम्रो संसद प्रभावकारी हुन नसकेको अनुभव भएकाले सुधारको अपेक्षा स्वाभाविक हो। संसद भन्नाले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैलाई बुझ्ने गरिन्छ। यस सन्दर्भमा यो हिउँदे अधिवेशनका क्रममा सरकार र सांसदहरूले निर्वाह गर्ने भूमिकाको चौतर्फीरूपमा चासो बढेको छ। मुलुक जसरी बाटो बिराइरहेको छ, यस्तो अवस्थालाई सही ठाउँमा ल्याउन सक्ने/नसक्ने विषयसँग पनि जोडिएकाले यस्तो आमजिज्ञासा हुनु स्वाभाविक हुन्छ।




संसद् विधान बनाउने थलो हो। त्यसैले सांसदलाई विधायक भनिन्छ। उनीहरूले बनाउने विधान (कानुन) अनुसार नै मुलुक चल्ने भएकाले विधायन कार्यप्रयित सबैले ध्यान दिनु आवश्यक पनि छ। यस अर्थमा सांसद गम्भीर, अध्ययनशील र परिपक्व हुनु जरुरी छ। संसद्का अभिव्यक्ति, सांसदका गतिविधि र यसको समग्र सञ्चालनले यसको परिपक्वता दर्शाउँछ। आज संसद्ले सम्बोधन गर्नुपर्ने अनेकन विषय मुलुकमा छन्। देशको अर्थतन्त्रमा संकुचन छ, विकास निर्माणका कामले गति लिएको छैन, सुशासन कायम हुन पाएनजस्ता अनेकन समस्या देशमा छन्। त्यसैले पनि संसदीय व्यवस्था अपनाएका मुलुकमा संसद् अधिवेशन विशेष चर्चालायक हुने गर्छ।

नेपालको सन्दर्भमा अघिल्ला संसद् बैठकहरू प्रशंसालायक हुन नसकेका तीतो यथार्थ हामीबीच ताजै छ। संसद् बैठक प्रभावकारी भयो कि भएन भन्ने थाहा पाउन संसद् कति समय चल्यो, त्यसमा सांसदहरू कति सक्रिय भएर लागे, उनीहरूले उठाएका विषय कस्ता कस्ता थिए भन्नेतर्फ विश्लेषण गर्नु आवश्यक हुन्छ। जुन मूल्यांकनको आधार पनि हो र परिणामको मापन पनि।

सांसद सुविधा व्यवस्थापन शाखाको रेकर्डअनुसार पार्टी सभापति समेत रहेका नेपाली कांग्रेसका सांसद शेरबहादुर देउवा गत असोजमा ८ दिन चलेको प्रतिनिधि सभाको बैठकमा एक दिन पनि उपस्थित भएनन्। त्यसैगरी नेकपा एकिकृत समाजवादीका माधवकुमार नेपाल पनि एक दिन पनि उपस्थित भएनन्। यो त नेताहरूको मात्र कुरा हो। नेता नै यसरी लापरबाह देखिएपछि उनका कार्यकर्ता गए कि गएनन् भन्ने प्रश्नको खासै अर्थ रहँदैन। तर पनि विडम्बना त यो छ कि उपस्थिति नै नभए पनि तलव/भत्ता भने सबैले बुझ्ने गरेका छन्। जसका लागि मासिक करोडौँ रुपियाँ खर्च हुने गरेको छ।

एकातिर जे कामका लागि चुनिएको हो त्यही कामप्रति लापरबाही गर्ने अर्कोतर्फ गर्दै नगरेको कामबापतको तलब/भत्ता/सुविधाचाहिँ नछाड्ने प्रवृत्ति नेपालका सांसदमा हाबी छ। त्यति मात्र हैन, स्वकीय सचिवको सुविधा र राजधानीमा आफ्नै घर भएकाले समेत घर भाडाबापतको रकमसमेत बुझ्ने गरेका छन्। यसरी सुविधाचाहिँ मिल्ने/नमिल्ने सबै लिने तर संसद् बैठकमा उपस्थित भएर निर्वाह गर्नुपर्ने भूमिकामा चाहिँ चुक्ने सांसदको प्रवृत्ति नै संसद् बैठकहरू प्रभावी हुन नसक्नुको मुख्य कारण हो।

मुलुकमा यतिबेला विभिन्न कोणबाट गणतन्त्रमाथि प्रहार भइसकेको छ। यसका लागि सबैभन्दा जिम्मेवार राजनीतिक दलका नेता र सांसद देखिएका छन्। माओवादी हिंसाका कारण प्रभावितहरूका पीडा कानुन अभावमा अझै सुल्झिन सकेको छैन। प्रहरी ऐनलगायत दर्जनौँ ऐनले सार्थक रूप नपाउँदा मुलुकका ठूला संगठनहरू लथालिंग हुने क्रममा छन्। चेन अफ कमान्ड बिथोलिने अवस्थामा पुगेको छ तर पनि सांसदहरूले यसलाई गम्भीररूपमा लिन सकेका छैनन्। यही कारण सिर्जित असन्तुष्टिहरूसमेत विकेन्द्रित भइरहेका छन् अर्थात् प्रदेश सरकारहरूसमेत आन्दोलित हुने मनस्थितिमा पुगेका छन्।

पहिलो कुरा त सांसदहरू बैठकमै उपस्थित हुँदैनन्। भइहाले पनि तार्किक र तथ्यगत ढंगले प्रस्तुत हुँदैनन् किनकि यसका लागि आवश्यक पर्ने अध्ययनमा उनीहरूको रुचि देखिँदैन। अझ कतिपय विषयमा त दलको ह्विप वा निर्देशनअनुसार आँखा चिम्लेर समर्थन जनाउँछन्। यस्तो अवस्थामा सांसदको भूमिकामाथि प्रश्न उठ्नु स्वाभाविक हो। जसले संसद् अधिवेशनहरूको औचित्यमाथिसमेत प्रश्न सिर्जना गरेको छ। यस्तो अवस्थामा मुलुकमा थिति बसाल्ने हो, गणतन्त्रलाई दिगो तुल्याउने हो र संसदीय व्यवस्थालाई अमर बनाउने हो भने दलका नेता र सांसदले आफ्नो कार्यशैली यो अधिवेशनदेखि नै परिवर्तन गर्नुपर्छ। हैन भने यो अधिवेशन पनि पटके कर्मकाण्डभन्दा पृथक हुने छैन। 
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस