इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल लागायत अन्य भिभिआइपीहरू वसन्तपुर आइपुगेका छन्। उनीहरु न्युरोडबाटै हिँडेर वसन्तपुर पुगेका हुन्।
इन्द्रजात्रा अवलोकनकालागि राष्ट्रपति रामचन्द्र पौडेल सहित सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, उपराष्ट्रपति रामसहायप्रसाद यादव, काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती लगायत वसन्तपुर पुगेका छन्।
उनीहरूलाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्वागत गरेकी थिइन्।
हरेक वर्ष काठमाडौँको हनुमानढोका दरबार परिसरमा मनाईने इन्द्रजात्रा अन्तर्गत जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा हुने गर्छ।
तस्बिर: रत्न श्रेष्ठ/रासस
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई। ष्ट्रियसभाका अध्यक्ष गगणेशप्रसाद तिमिल्सिना।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती।काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह। राष्ट्रपति रामचन्द्र पौडेल। राष्ट्रपति रामचन्द्र पौडेल।उपराष्ट्रपति रामसहायप्रसाद यादव। सभामुख देवराज घिमिरे। इन्द्रजात्राको अवसरमा कुमारी, गणेश र भैरवको रथ यात्रा का लागि जीवित देवी ‘कुमारी’ कुमारी घर प्रवेश गराई रथ जात्राका लागि पुन: रथमा विराजमान गराई परिक्रमा गर्ने क्रममा।
सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति रामचन्द्र पौडल जुद्ध सालिकदेखि हनुमाढोका दरबार क्षेत्रस्थित गद्दबैठकसम्म पैदल हिडे।
इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद् सालिकबाट पैदल गएको यो पहिलोपटक हो। यसअघिका राष्ट्रपति र राजा गद्द बैठकअघिसम्म नै गाडीमा जाने गरेका थिए।
काठमाडौं महानगरले विश्व सम्पदा क्षेत्रमा नो भेहकल जोन (सवारी साधन निषेधित क्षेत्र) घोषणा गरेको छ। सोहि अनुसार राष्ट्रपति पौडल पैदल गएका हुन्।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले ईन्द्रजात्रा अवलोकन गर्न बसन्तपुर पैदल गएकोमा राष्ट्रपति पौडललाई धन्यवाद दिएका छन्।
शाहले सामाजिक सञ्जालमा लेखेका छन्, 'सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले काठमाडौँ महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको नो भेहकल जोन ९सवारी साधन निषेधित क्षेत्र० मा सवारी साधन प्रवेश गराइदिनु भएन। उहाँहरुले जुद्ध सालिकदेखि पैदल नै गई जात्रा अवलोकन गरिदिनु भो। हामीलाई विश्वास छ, यसबाट सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने छ। सामान्य जस्तो लागे पनि काठमाडौँका सम्पदा संरक्षणमा यो अर्को फड्को हो। हाम्रो अनुरोधको परिवर्तनलाई स्विकार गरिदिनु भएकोमा आभारी छौँ।'
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...